Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

घाटाको चक्रव्यूहमा नेपाल, ३ महिनामा ३ खर्ब ४९ अर्ब घाटा

काठमाडौँ । विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा छ । नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारत र चीनसँग रहेको छ । पछिल्लो तीन महीनाको विवरणअनुसार भारतसँग रु दुई खर्ब २२ अर्ब ९५ करोड ९२ लाख पाँच हजार बराबरको व्यापार घाटा छ । भारतबाट मात्रै रु दुई खर्ब ३६ अर्ब १२ करोड ३४ लाख १९ हजार बराबरको माल वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ भने रु १३ अर्ब १६ करोड ४२ लाख १४ हजार बराबरको वस्तु मात्रै निर्यात भएको छ ।व्यापार घाटाको दोस्रो स्थानमा रहेको चीनबाट पछिल्लो तीन महीनामा रु ५३ अर्ब ११ करोड ५६ लाख ८५ हजार बराबरको वस्तु आयात भएको छ । सो अवधिमा नेपालबाट रु ५६ करोड ४० लाख बराबरको माल वस्तु मात्रै निर्यात भएको छ । नेपाल र चीनबीचको व्यापार घाटा रु ५२ अर्ब ५५ करोड १५ लाख ८९ हजार रहेको छ । नेपालको तेस्रो व्यापार घाटा युरोपेली देश फ्रान्ससँग रहेको छ । रु १४ अर्ब २६ करोड ५३ लाख बराबरको माल वस्तु सो देशबाट आयात भएको छ भने नेपालबाट रु ३५ करोड २२ लाख ८८ हजार बराबरको सामान मात्रै निर्यात हुँदा व्यापार घाटा रु १३ अर्ब ९१ करोड ३० लाख १३ हजार हुन पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा छ । यस्तै युनाइटेड अरब इमिरेट्स ९युएइ० सँगको व्यापार घाटा चौथो स्थानमा रहेको छ । उक्त देशबाट रु सात अर्ब ९० करोड ८३ लाख ८५ हजार बराबरको सामान आयात भएकामा नेपालबाट रु तीन करोड ७५ लाख ४७ हजार बराबरको सामान मात्रै निर्यात भएको छ । सो देशसँग नेपालको व्यापार घाटा रु सात अर्ब ८७ करोड ८३ लाख ८० हजार बराबर छ । नेपालको व्यापार घाटा रहेका देशमा थाइल्याण्ड, स्वीट्जरल्याण्ड, इन्डोनेशिया, क्यानडा, मलेसिया, अर्जेन्टिना, युक्रेन, साउदी अरब, दक्षिण अफ्रिका, इटाली, भियतनाम, दक्षिण कोरिया, अष्टे«लिया, तुर्केमेनिस्तान, चीनको ताइवान, जापान, सिङ्गापुर, हङ्कङलगायत ११२ देश रहेका छन् । अल्वानियाबाट रु एक लाख १४ हजार बराबरको माल सामान आयात भएको छ भने नेपालबाट सो देशमा कुनै पनि माल वस्तु निर्यात हुन सकेको छैन । रुवाण्डाबाट रु एक लाख २२ हजार बराबरको मालसामान आयात भएकामा नेपालबाट रु दुई लाख २० हजार बराबरको निर्यात भएको छ । संयुक्त राज्य अमेरिकासँग भने नेपालको व्यापारमा फाइदा रहेको विभागको पछिल्लो विवरणमा उल्लेख छ । अमेरिकामा रु तीन अर्ब १९ करोड ७८ लाख ५९ हजार बराबरको व्यापार भएको छ । सो देशबाट नेपालमा रु दुई अर्ब ५२ करोड ९५ लाख ३५ हजार बराबरको समान आयात भएकामा रु ६६ करोड ८३ लाख बराबरको नाफा रहेको छ । नेपालको व्यापारमा नाफा रहेका देशमा नर्वे, फिनल्याण्ड, अष्ट्रिया, माल्दिभ्स, मोरक्को, इस्टोनिया, अफगानिस्तान, लेवनान, एल साल्भाडोर, उरुग्वे, साइप्रस लगायतका देश छन् । पछिल्लो तीन महीनामा रु तीन खर्ब ४९ अर्ब ८४ करोड २३ लाख २८ हजार बराबरको व्यापार घाटा हुन पुगेको छ । कूल रु तीन खर्ब ७३ अर्ब ५८ करोड ७२ लाख ५८ हजार बराबरको माल वस्तु आयात हुँदा रु २३ अर्ब ७४ करोड ४९ लाख ३० हजार बराबरको मात्रै निर्यात हुन सकेको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy