Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि मन्त्री पुनको आग्रह

काठमाडौँ। सर्विया भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि सर्वियाका उद्योगी तथा व्यवसायीलाई उत्प्रेरित गरिदिन आग्रह गरेका छन् । मन्त्री पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच शनिबार भएको भेटवार्तामा मन्त्री पुनले सो आग्रह गरेको हो । ‘युरो–एसिया इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन सर्विया पुगेका ऊर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुबै देशका बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमासमेत कुराकानी भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री पुनले केही समय पहिले उपप्रधानमन्त्री इभिकाले गरेको नेपाल भ्रमणप्रति नेपाल सरकार, परराष्ट्रमन्त्री र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवादसमेत व्यक्त गरेका थिए । भेटमा मन्त्री पुनले नेपाल र सर्विया असंलग्न आन्दोलनका सहयात्री मुलुक भएको भन्दै आगामी दिनमा समेत विश्व मञ्चमा प्रस्तुत हुँदा साझा धारणा बनाएर जाने प्रस्तावसमेत राखेका थिए । उनले दुबै देशको सम्बन्ध मजबुत बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानमा जोड दिनुपर्ने बताए । मन्त्री पुनले भेटमा भने, “हामी पुराना सहयात्री मुलुक पनि हौँ, नेपाल र सर्वियाको द्वन्द्व र शान्तीको उस्तै–उस्तै अनुभव छ, आगामी दिनमा विश्वमञ्चमासमेत साझा धारणा बनाएर अघि बढाँैं ।” नेपाल लामो समय द्वन्द्वमा गुज्रेको भन्दै मन्त्री पुनले अहिले देश स्थायित्वको युगमा प्रवेश गरिसकेको र मुलुकमा मजबुत सरकार बनेकाले लगानीको उचित वातावरण बनेको जानकारी सर्वियाली उपप्रधानमन्त्रीलाई गराएका थिए । मन्त्री पुनले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानीको लागि सर्वियाली लगानीकर्तालाई उत्प्रेरित गरिदिन समेत आग्रह गरे । उनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको भन्दै त्यसमा लगानी जुटाउन आफूले पहल गरिरहेको धारणा राखे । सरकारले नेपालमा बाह्य पर्यटकलाई भित्र्याउन नेपाल भ्रमण वर्षको कार्यक्रम अघि सारेको भन्दै त्यसमा सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा पठाउने वातावरण बनाइदिन पनि उनले उपप्रधानमन्त्रीसँग आग्रह गरे । “तपाई आफै पनि नेपाल भ्रमणमा जानुभएको छ, नेपाल निकै सुन्दर छ, सरकारले अघि सारेको अभियानमा सर्वियाली पर्यटकलाई नेपाल भ्रमणको लागि उत्प्रेरित गरेर सहयोग गरे भने हामी आभारी हुने थियौंँ ।’ भेटमा मन्त्री पुनले भने । जवाफमा सर्वियाका उपप्रधानमन्त्री इभिकाले नेपालसँगको सम्बन्ध मजबुत बनाउन सर्विया इच्छुक रहेको भन्दै नेपालमा लगानीको लागि आफूले निजी क्षेत्रलाई उत्प्रेरित गर्ने र सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा जानको लागि वातावरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले इनर्जी फोरममा नेपालले सहभागिता जनाउनुले पनि नेपाल र सर्वियाबीचको सम्बन्ध मजबुत भएको पुष्टि गरेको भन्दै आगामी दिनमा समेत दुबै देशको बिचमा थप सहकार्य हुने विश्वास व्यक्त गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending