Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

खबरडबली संवाददाता

काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।

अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ ।सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन र प्रवेश परीक्षाको तयारी गरेको छ । विद्यार्थीको चाप हुने सामुदायिक विद्यालयमा गुणस्तर कायम गर्न भनी सामान्य शुल्क पनि लिने गरिएको छ ।

संविधान र कानुन अनुसार सामुदायिक विद्यालयमा शुल्क लिन पाइँदैन तर अतिरिक्त कक्षा, पूर्वाधार व्यवस्थापन र अङ्ग्रेजी माध्यममार्फत पढाइका लागि सहयोग शुल्क लिइएको ती विद्यालयका प्रधानाध्यकले जनाएका छन् ।

प्रवेश परीक्षाका नाममा विद्यार्थीलाई ‘पास-फेल’ गराउन नपाइने भएकाले भर्ना प्रक्रियालाई सरल बनाउन ती विद्यालयले आन्तरिक मापदण्ड बनाएका छन् । सामुदायिक विद्यालयले यही वैशाख २१ गतेदेखि कक्षा सञ्चालनको तयारी गरेका छन् ।

काठमाडौँको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयले सीमित क्षमताका कारण ४३० जनासम्म नयाँ विद्यार्थी भर्ना लिने तयारी गरेको छ । सो विद्यालयका प्रधानाध्यापक विष्णु घिमिरेले नयाँ भर्नामा धेरै भीड नहोस् भनेर दोस्रो अर्धवार्षिक परीक्षाको नतिजामा कुनै पनि विषयमा ‘एनए’ ९नन् ग्रेडेड० नआएका विद्यार्थीलाई मात्रै फारम भर्न योग्य बनाइएको बताए। सो विद्यालयमा कक्षा १–१२ मा चार हजार ६०० विद्यार्थी अध्ययनरत छन् । 

सो विद्यालयले नेपाल सरकारको वैशाख १५ देखि नयाँ शैक्षिकसत्र आरम्भ गर्ने निर्णय गरेपछि यसअघि वैशाख ३ गते तय गरिएको कक्षा इसिडीदेखि कक्षा ९ सम्मको विद्यार्थी भर्ना कार्यक्रम स्थगन गरी वैशाख १४ गतेबाट इसिडी कक्षा सञ्चालन गरेको छ । कक्षा चारदेखि नौसम्म वैशाख १५ गतेदेखि मात्रै भर्ना सञ्चालन गरेको छ ।

विद्यालयले कक्षा तीन र सातमा नयाँ भर्ना नलिने नीति लिएको छ । हाल सोही विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि वैशाख १५ देखि १८ गतेसम्म माथिल्लो कक्षामा नाम टिपाउन सूचित गरिएको छ ।

“नर्सरीमा भर्नाका लागि सरस्वती पूजाका दिन जो पहिला आए तिनै विद्यार्थीलाई सिट क्षमताअनुसार भर्ना लिएका छौँ । कक्षा चारदेखि माथिको कक्षामा विद्यालयको स्तरअनुसार मापदण्ड बनाएर छान्दै आएका छौँ”, प्रधानाध्यापक घिमिरेले भने, “सरकारको लगानी अपुग भएको स्थितिमा पूर्वाधार व्यवस्थापन र अतिरिक्त कक्षा सञ्चालनका लागि तिर्न सक्ने अभिभावकसँग सहयोग पनि लिँदै आएका छौँ ।”

प्रधानाध्यापक घिमिरेले पानी, बत्तीलगायत पूर्वाधारमा काठमाडौँ महानगरपालिकाको स्रोतबाट धान्न नसकिएको तथा गणित, कम्प्युटरलगायत अतिरिक्त कक्षाका लागि तल्लो कक्षामा वार्षिक चार हजार रुपैयाँ र कक्षा १० मा मासिक ७०० रुपैयाँका दरले सात हजार २०० रुपैयाँसम्म सहयोग शुल्क लिने बाध्य भएको बताए।

काठमाडौँकै त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा कक्षा आठका लागि ३२५ नयाँ विद्यार्थीका लागि स्थान रहेकामा दुई हजार १०० ले आवेदन फारम भरेका छन् ।

विद्यालयका प्रधानाध्यापक हेरम्भराज कँडेलले नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी प्रवेश निर्धारण तथा छनोट प्रक्रिया जारी रहेको बताए।

सो विद्यालयमा कक्षा एकदेखि १२ सम्म चार हजार ४०० विद्यार्थी पढ्छन् । प्रधानाध्यापक कँडेलले सरकारको न्यून बजेटका कारण गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि वर्षभरीका लागि कक्षा एकदेखि आठसम्म न्यूनतम् एक हजार चार सय देखि दुई हजार ९०० रुपियाँसम्म शुल्क लिने गरेको बताए । उनले करिब १०० विपन्न विद्यार्थीलाई भने पोसाकसहित छात्रवृत्ति दिने गरेको जनाए।

काठमाडौँकै बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा नयाँ विद्यार्थीका लागि एक हजार ४०० फाराम वितरण गरिसकेको छ । चाप बढ्न सक्ने भएकाले आजसम्म मात्रै फारम वितरण गरेर प्रवेश निर्धारण प्रक्रियाको तयारी गरिने विद्यालयका प्रधानाध्यापक बाबुराम न्यौपानेले जानकारी दिए।

दुई हजार विद्यार्थी पढ्ने सो विद्यालयले मौखिक र सामान्य तरिकाबाट प्रवेश परीक्षा चलाउने तयारी गरेको छ । सो विद्यालयमा अभिभावकसँग आर्थिक सहायता शुल्क भनेर वार्षिक रूपमा कक्षा हेरेर बढीमा पाँच हजार रुपियाँसम्म शुल्क लिने गरिएको छ ।

रानीपोखरीस्थित दरबार हाइस्कुल (भानु मावि), पुतलीसडकको पद्मोदय मावि, मध्य बानेश्वरको रत्नराज्यलक्ष्मी मावि, बालुवाटारको महेन्द्र राष्ट्रिय मावि, कुमारीगालको श्रम राष्ट्रिय मावि, भक्तपुरको मेघा माविलगायतका विद्यालयमा विद्यार्थीको चाप हुने गरेको छ । उपत्यका बाहिर पनि धेरै विद्यार्थी भएका सामुदायिक विद्यालय सञ्चालित छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रकाशित ‘शैक्षिक सूचना, २०८१’ अनुसार मुलुकभर परम्परागतसमेत गरी २७ हजार २९८ सामुदायिक (सरकारी) र आठ हजार १४९ संस्थागत (निजी) गरी कूल ३५ हजार ४४७ विद्यालय छन् ।

उक्त प्रकाशनले विद्यार्थी सङ्ख्याका आधारमा एक हजार एकदेखि एक हजार ५०० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय ४४९, एक हजार ५०१ देखि दुई हजारसम्म विद्यार्थी भएका १३६ र दुई हजारभन्दा माथि सङ्ख्यामा विद्यार्थी भएका सामुदायिक विद्यालय १०० वटा रहेको देखाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सद्भाव भड्काउने दुस्साहस नगर्न सचेतक परियारको चेतावनी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सङ्घीय संसदीय दलका सचेतक एवम् सांसद प्रकाशचन्द्र परियारले नेपालको ऐतिहासिक सामाजिक सद्भाव र सांस्कृत...

धनुषामा प्रदर्शन चर्किएपछि कर्फ्यु आदेश, जनकपुरसहित विभिन्न क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम । प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहित विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्र...

सुनसरी घटनापछि राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न, सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिबारे समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको...

सुनसरी घटनाको विरोधमा सिरहामा तनाव, गोलबजारमा दुई पक्षबीच झडप

सिरहा । सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शन तनावपूर्ण बनेको छ। सिरहाको गोलबजार क्षेत्रमा अहिले दुई पक्षबीच झडप...

कप्तानगञ्ज गोलीकाण्डमा घाइते अर्का युवकको उपचारको क्रममा मृत्यु

विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्य...

प्रचण्डको प्रश्न : अनुभवी नेतासँग संवाद गर्न प्रधानमन्त्रीलाई केले रोक्यो ?

आफूमात्रै पर्याप्त छु भन्ने अहंकार भए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण

राहदानी विभागमा पासपोर्ट लिनेको भीड, दुई सिफ्टमा सेवा विस्तार

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउनेहरूको भीड ब...

सुनसरी घटनाबारे प्रचण्डको माग: ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, छानबिन होस्’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। बिह...

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

काठमाडौँ। सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई निय...

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ । सन् २०२६ को मे १४ म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending