Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल

चितवन। भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र बाँकी पाँच जिल्लामा शिविरमार्फत सेवा दिँदै आएको छ । चितवनको भरतपुरमा केन्द्रीयस्तरको आँखा अस्पताल, शहरी क्लिनिक र पाँच ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा छ । नवलपुरको कावासोती, धादिङको सल्यानटार र बाराको सिम्रनगढमा आँखा उपचार केन्द्र खोलेर सेवा दिँदै आएको छ । यसैगरी सिम्रनगढको आँखा उपचार केन्द्रमा हरेक महीनाको दुई पटक शल्यक्रियासमेत गरिँदैआएको छ भने पर्साको ठोरीमा आँखा अस्पताल सञ्चालन गरेको छ । नेपाल नेत्रज्योति सङ्घका सभापति कृष्णराज धरेलका अनुसार नवलपरासी, सर्लाही, गोरखा, तनहुँ र लमजुङका बिरामी अस्पताल र सेवा केन्द्र भएका ठाउँमा आएर उपचार लिने गरेका छन् । दशवटै जिल्लामा शिविर आयोजना गरी सेवा दिँदै आएको छ । धरेलका अनुसार स्थानीय क्लब, रोटरी क्लब, लायन्स क्लब, विभिन्न सामाजिक सङ्घ संस्था, सेवा फाउण्डेशन अमेरिका, सेवा सोसाइटी क्यानडा, डेक फाउण्डेशन नेदरल्याण्ड, भारतीय र पाकिस्तानी राजदूतावासलगायतले सहयोग पु¥याउँदै आएका छन् । ती संस्थाको सहयोगमा अस्पताल, सेवा केन्द्र र शिविरमार्फत निःशुल्कदेखि न्यून शुल्कमा आँखा परीक्षण, शल्यक्रिया र चश्मा एवं औषधि वितरण गर्दै आएको उहाँले बताए । गत वर्षमात्र अस्पतालले रु एक करोड चार लाख ६८ हजार १५० आँखाको शल्यक्रियामा छुट दिएको थियो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार गत आर्थिक वर्षमा एक लाख ६८ हजार ६७ जनालाई सेवा दिएको थियो । उनका अनुसार तीमध्ये एक लाख १८ हजार ४४५ जनालाई अस्पतालबाट, २६ हजार ६२८ जनालाई आँखा उपचार केन्द्र र २२ हजार ९८५ जनालाई आँखा शिविरमार्फत सेवा दिइएको हो । अस्पतालले गत वर्ष छ हजार ६० जनाको आँखाको शल्यक्रिया गरेको थियो । यस वर्ष एक लाख ३२ हजार अस्पतालबाट, २५ हजार ५०० आँखा शिविरबाट र ४२ हजार ५९५ उपचार केन्द्रबाट गरी दुई लाखभन्दा बढीलाई सेवा दिने अस्पतालले लक्ष्य राखेको घिमिरेले बताए ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy