Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मनकामना दर्शन गर्ने भारतीय पर्यटक ह्वात्तै बढे

चितवन। मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ । गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकारको यात्रा गर्ने गर्दछन् । सो केबुलकार सञ्चालन गर्दै आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थका अनुसार शुरुका वर्षमा भारतीय न्यून भए पनि पछिल्ला वर्षमा उल्लेख्य वृद्धि भएको छ । उहाँका अनुसार गत आवमा नौ लाख ८० हजार १७० ले केबुलकारबाट यात्रा गरेकोमा दुई लाख आठ हजार ४९२ भारतीय पर्यटक रहेका थिए । भारतीय पर्यटकको संख्या २१ दशमलब २७ प्रतिशत थियो । अघिल्लो आव २०७३÷०७४ मा १० लाख ११ हजार ८६७ ले केबलकारको यात्रा गरेकोमा एक लाख ४० हजार ९८४ भारतीय थिए । जुन १३ दशमलब ९३ प्रतिशत हो । कायस्थले वर्षेनी भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको बताए । तर, अन्य मुलुकका पर्यटकको सङ्ख्या एक प्रतिशत हाराहारी छ । मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार भारतको बङ्गाल, महाराष्ट, गुजरात, राजस्थानलगायतका प्रदेशबाट भारतीय पर्यटक आउने क्रम बढ्दो छ । अन्तर्राष्ट्रिय जगत्मा मनकामनामाईको महिमा बढ्दै गएकाले नेपालमा हवाई र सवारी साधनबाट भित्रने पर्यटकले एउटा गन्तव्य मनकामना राख्ने गरेको उनले बताए । भारतबाट सवारी साधनमा काठमाडौँ, पोखरा, लुम्बिनी, सौराहलगायतका ठाउँको भ्रमण गर्न आउने अधिकांश धार्मिक पर्यटक बाटोसमेत पर्ने भएकाले मनकामना छिर्ने गर्दछन् । श्रेष्ठले वर्षात्को समयमा भारतीय पर्यटकले केबुलकार धान्ने गरेको बताए । भारतको कोलकत्ताबाट ठूला दुई बसमा नेपालको विभिन्न स्थानको भ्रमणमा आएका पर्यटकमध्येका एक रतन पैनले तीन पहाड पार गरेर मनकामना माईको दर्शन गर्न पाइने सुनेर दर्शनका लागि यहाँ आएको बताए । उनले भने, “मनकामना दर्शन पछि आफ्नो मनकामना पूरा हुन्छ भनेर हामी आएका हौँ । रमाइलो र आनन्द भयो ।” मनकामना दर्शनपछि फर्कदै गरेका भारत गुजरातका सुनिलकुमार पट्टेलले आफूले सुनेभन्दा राम्रो र रमाइलो लागेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आएपछि नेपालका धार्मिक स्थलमा घुम्न आउनेको भारतीयको सङ्ख्या बढेको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ भारतीय पर्यटकले मनकामना दर्शन गर्ने गरेका छन् । सँगै केबुलकार यात्राबाट रमणीय दृष्यावलोकन गर्न पाउने भएपछि पर्यटक लोभिने गरेका छन् । विसं २०५५ साल मङ्सिर ८ गतेबाट सेवा शुरु गरेको मनकामना दर्शन प्रालिले हालसम्म एक करोड ४३ लाख १२ हजार ४८६ यात्रुलाई मनकामना दर्शनका लागि यात्रा गराएको छ । जम्मा ३१ वटा डिब्बा सञ्चालन गर्दै आएको प्रालिले यात्रुको चाप बढ्दै गएपछि तीनवटा डिब्बा थप गरेको छ । दैनिक नौ हजारसम्म यात्रुलाई सेवा दिएको प्रालिले जनाएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy