Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

यस कारण अपी क्षेत्र पर्यटकको रोजाइमा पर्छ

दार्चुला। अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने दार्चुलाको अपी हिमाल क्षेत्रमा पदयात्राका लागि विदेशी पर्यटक जान थालेका छन् । लामो समयदेखि आरोहणमा रोक लगाइएको अपी हिमालमा यो वर्षदेखि हिमाल चढ्न खुला गरिएसँगै पर्यटक पदयात्रामा जानेक्रम बढ्न थालेको छ । सात हजार १३२ मिटर उचाइको अपी हिमाल, ६ हजार ७५७ मिटर उचाइको नाम्पा हिमाल, तथा ६ हजार ६७० मिटर उचाइको व्यास हिमालको मनोरम दृश्य एकै पटक एउटै ठाउँबाट देख्न सकिने भएपछि विदेशी पर्यटकको रोजाइमा अपी हिमाल क्षेत्र परेको हो । जिल्लाको दुई वटै बाटो भएर अहिले विदेशी पर्यटक अपी हिमाल आधार शिविरसम्म पुग्छन् । भौगोलिक रुपमा सहज तथा सजिलो बाटोका रुपमा गोकुलेश्वर, लटिनाथ, घुसा हुँदै अपी हिमाल आधार शिविर पुग्ने बाटो सुविधायुक्त छ । गोकुलेश्वर, खलङ्गा, व्यास हुँदै अपी हिमाल पुग्ने त्रिदेशीय सीमा तथा बाटो निर्माण गर्न सके अझै पर्यटक बढाउन सकिने बताइएको छ । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका निमित्त संरक्षण अधिकृत मनोज अवस्थीका अनुसार सो संरक्षण क्षेत्रभित्र हिउँ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, साधारण चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, ब्वाँसो, लङ्गुर, थारलगायत २५ प्रकारका स्तनधारी जनावर पाइन्छ । त्यस्तै डाँफे, मोना, चील, च्याखुरालगायत २४३ प्रजातिका चराचुरुङ्गी पाइने गरेको छ । यीनै जीवजन्तु र चराचुरुङ्गी हेर्न पनि विदेशी पर्यटक पछिल्लो समय उक्त संरक्षण क्षेत्रको अपी हिमालतर्फ पदयात्रा गर्न मन पराउने गरेको संरक्षण अधिकृत अवस्थीको भनाइ छ । यस आर्थिक वर्षको शुरुवातदेखि नै अपी हिमाल क्षेत्रमा पर्यटक आउने क्रम चलेको छ । एक महीनाअघि युरोपियन मुलुक चेक गणतन्त्रका आठ विदेशी अपी हिमालबाट फर्किएपछि पर्यटक आउने क्रम बढेको छ । संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार केही जर्मन नागरिक अपी आधार शिविरतर्फ घुम्न गएका छन् । संरक्षण क्षेत्र कार्यालयबाट १५ दिनको अनुमति लिएर जर्मन नागरिक जोसिफ र जानुस त्यसतर्फ गएको बताइएको छ । संरक्षण क्षेत्र कार्यालय दार्चुलाको अनुमति लिएर हालसम्म ६ विदेशी नागरिक अपी आधार शिविरतर्फ गएका छन् । यस्तै अपी नाम्पा संरक्षण क्षेत्रको रेञ्जपोस्ट विटुले हुँदै विदेशी पर्यटक अपी हिमाल अवलोकनमा जाने गरेका छन् । विटुलेबाट कति पर्यटक गए भन्ने यकिन तथ्याङ्क जिल्लामा आइनसकेको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । यस्तै केही विदेशी पर्यटकहरु पर्यटन विभागबाटै स्वीकृति ल्याएर आउने गरेको कारण यकिन तथ्याङ्क कार्यालयसँग नभएको संरक्षण अधिकृत अवस्थीको भनाइ छ । जिल्लामा आव ०७४/७५ मा २७ र ०७३/७४ मा २५ जना विदेशी पर्यटकले अपी नाम्पा संरक्षण क्षेत्रमा भ्रमण गरेका छन् । यस क्षेत्रको अवलोकनका लागि आउने पर्यटक आउने गरेको रेञ्जपोस्ट विटुलेका इञ्चार्ज भुवनेश्वर चौधरीले बताए । महीनामा तीन–चार जना पर्यटक अपी हिमाल पुगेर फर्किने गरेका छन् । यहाँका आकर्षक पर्यटकीय गन्तव्यस्थलको प्रचार प्रसार हुन सकेको छैन । उनले भने, “पर्यटकका लागि आवश्यक सुविधा सम्पन्न होटल, पथप्रदर्शक तथा घरबाससमेत प्रभावकारी सञ्चालन गर्न सएिको छैन ।” पूर्वाधारका लागि पर्यटन क्षेत्रमा लगानी हुन नसक्दा विदेशी पर्यटक तान्न नसकिएकोे अपी पर्यटन विकास समाजका अध्यक्ष सोवनसिंह लोथ्यालले बताए । जिल्लाका साबिकका २१ गाविस समेटेर अपी नाम्पा संरक्षण क्षेत्र बनेको छ । तर कार्यालयले पर्यटक तान्ने गतिविधि गर्न नसक्दा प्रचार प्रसार हुन नसकेको नेपाल पर्यटन पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव कृष्णसिंह धामीले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy