Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

एकै क्षेत्रमा धेरै भएको कारण गैडा मरे

चितवन। सानो ठाउँमा धेरै एकसिङ्गे गैँडा रहँदा पछिल्ला वर्षमा कालगतिबाट यहाँ गैँडा मर्ने क्रम बढेर गएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढेसँगै एक आपसमा जुधेर, एकले अर्कोलाई हानेर, लखेटेर दलदलमा फसाएर गैँडा मर्ने क्रम बढेको हो । चोरी शिकारलाई झण्डै शून्यमा झरेको भए पनि वर्षेनी २५/२६ वटा गैँडा कालगतिबाट मर्न थालेपछि कारणको खोजी गर्न थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कालगतिबाट अर्नाको मृत्युको कारण खोजी गर्न बनाएको समितिले काम भने थालेको छैन । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार सन् २०१५ मा गैँडा गणना भएयता हालसम्म ७९ गैँडा कालगतिले मरेका छन् । आव २०७२/७३ मा १५, आव २०७३/७४ मा २५, आव २०७४/७५ मा २६ र यस आर्थिक वर्षमा १३ वटा गैँडा कालगतिले मरेका छन् । यसै क्रममा २०७२ वैशाखमा एउटा गैँडा चोरी शिकारीले मारेका थिए । ढकालका अनुसार सानो ठाउँमा धेरै गैँडा रहेका कारण कालगतिबाट धेरै मरेको देखिन्छ । निकुञ्जको पूर्व क्षेत्रमा गैँडाको सङ्ख्या केही कम रहेको छ । धेरै गैँडा रहेका पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रमा गैँडा सार्न सकिएमा कालगतिबाट मर्नेको सङ्ख्या घटाउन सकिने उनले बताए । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार सन् २०१५ मा गरिएको गणनामा नेपालमा ६४५ गैँडा भेटिएकामा सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६०५ रहेका थिए । यसैवर्ष पुनः गैँडा गणना गरिँदै छ । त्यसपश्चात् चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लामा पाँच र बर्दियामा तीन गैँडा स्थानान्तरण गरिएको छ । चितवनबाटै चीन सरकारलाई चार गैँडा उपहार दिइएको छ । अर्यालले बुढो भएर, बच्चा जन्माउन नसकेर, भाले लाग्ने समयमा भालेले पोथीलाई हानेर पनि गैँडा मर्ने गरेको बताए । गैँडाको आयु ४० वर्षको हुने गर्दछ । गैँडाको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुमा पनि सजिलै गैँडा देख्न सकिन्छ । मध्यवर्ती आसपासका बस्तीमा गैँडा पस्ने समस्या समेत बढ्दै गएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy