Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

यस कारण मुस्लिम महिलाको न्यायमा पहुँच भएन

बाँके। बाँके जिल्लाका घरेलु हिंसा पीडित मुस्लिम महिलाहरुले कानूनी उपचारबारेको अनवभज्ञताका कारण न्याय पाउन सकेका छैनन् । यी समुदायका महिलाहरु पीडा सहेर बस्ने तर, बाहिर ननिस्कनाले यस्तो समस्या भएको हो । पछिल्लो समयमा केही महिलाहरु खुलेर बाहिर आउन थालेका छन् । बाहिर आएका महिलाहरु पनि कानूनी प्रक्रियाको त्यति जानकार छैनन् । यसको एक उदाहरण बनेकाे, बाँके जानकी गाउँपालिकाको खाले पिप्रहवाका सैजहाँ तेली । न्यायिक प्रक्रियामा पहुँच नहुँदा उनी समस्यामा परेकाे छ । एक दशक अघि विवाह भएका उनका अहिले दुई बच्चा छन् । श्रीमान् लागुऔषधका दुव्र्यसनी हुन् र लागुऔषधको कारोबारमा संलग्न छन् । लागुपदार्थ खाएर आई दिनहँ\' कुटपिट गर्ने पीडा उनले भोग्दै आएका छन् । कुलतमा फसेर प्रहरीको अति वाञ्छित सूचीमा रहेका श्रीमान्लाई कारवाहीका लागि प्रहरी प्रशासनसँग गुहार्दा समेत प्रहरीले समात्ने तर, दण्ड नदिएर छाड्ने गरेको सैजहाँ बताउछन् । श्रीमान्लाई पाँच–छ पटक पक्डन लगाएर जेल पठाए तर उनी सुध्रेनन् । उनी भन्छन् – “यस्तो भन्दा त उनको अनुहारै नदेखे जाती हुन्थ्यो ।” उनका श्रीमान् कहिलेकाहीँ मात्र घर आउँछन् । आएको बेला साहै्र दुःख दिन्छन् । आफूलाई न्याय पाउने सहज बाटो थाहा नभएर कारवाहीको प्रक्रिया अघि बढाउन नसकिएको उनले बताए । न्यायका लागि भौँतारिरहनु भएका उहाँ स्थानीय तह, प्रहरी चौकी र सामुदायिक मेलमिलाप केन्द्रमा जानुभयो तर, अहिलेसम्म सुनुवाइ भएको छैन । उनी भन्छन् – “म दिनहुँ मेहनत मजदुरी गरी दुई बच्चालाई पालनपोषण गरिरहेकी छु र विद्यालय पठाइरहेकी छु ।” सैजहाँ त एक नमूना मात्र हुन् । यस जिल्लामा उनी जस्तै महिनामा ५० जना जति महिला आफ्ना श्रीमान् तथा घरपरिवारबाट प्रताडित हुने गरेको बताइन्छ । महिला तथा बालबालिका कार्यालयमा त्यस्ता पीडित महिलाहरु बढी आउने गरेका छन् । सामाजिक संस्कार र घरपरिवारका कारण महिलाहरु पीडा सहेर बस्नुपरेको छ । कतिपय महिलाहरु न्याय माग्न नजानेर अलमलमा छन् । आफूहरुको उचित व्यवस्थापन सरकारबाट नहुँदा परिवार छोड्नु भन्दा बरु पीडा सहेरै बस्नु बेस भन्नेहरु पनि थुप्रै छन् । पछिल्लो समयमा जिल्लामा विभिन्न सङ्घसंस्थाले महिला अधिकारका विषयमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि उनीहरु जागरुक बन्दै गएको सम्बद्ध पक्षको दाबी छ । मुस्लिम अगुवा महिला साईदा तेलीका अनुसार गाउँका महिलाहरु महिला अधिकारको कानूनी प्रक्रिया जस्ता विषयमा अनविज्ञ रहेका छन् । मुस्लिम समुदायका महिलालाई घर बाहिर निस्कन नदिने सामाजिक परम्परा, अशिक्षा र गरिबीका कारण उनीहरु घरभित्रै चुलोचौकामा मात्र सीमित रहेका छन् । गैरसरकारी संस्थाहरुको पहलमा बाँके जिल्लाका विभिन्न स्थानमा गठित महिला समूहमा आबद्ध महिलाहरु अहिले सचेत भई कानूनी प्रक्रियाबारे जानकारी पाउन थालेका छन् । सदस्य साईदाले भने – “अरु महिलाका कुरा के गर्ने ? मलाई समेत केही पनि थाहा थिएन । हाम्रो समुदायका पुरुषहरुले महिलालाई घर बाहिर पठाउँदैन्थे । घरभित्र राखेर हाम्रा सबै अधिकार कुण्ठित भएको थियो ।” सो समूह गठनपछि उनीहरुलाई निर्णय लिन मात्र हैन अर्थोपार्जन गर्न पनि मद्दत मिलेको उहाँले बताए । महिलामाथि आइपर्ने विभिन्न समस्या तथा कानूनी उपचारबारे उनीहरुलाई सचेत गराउँदै आत्मनिर्भर र सक्षम बनाउन लागिपरेको पूर्व सांसद मोहमद्दी सिद्दिकी बताउछन् । उहाँका अनुसार जिल्लाका ग्रामीण क्षेत्रका धेरै मुस्लिम महिला पीडा सहेर बसिरहेका छन् । अहिले पनि १० प्रतिशत जति महिलाले आफ्नो पीडा लुकाएर बस्दैआएको बताइन्छ । गैरसरकारी संस्था महासङ्घ बाँकेका अध्यक्ष सपना भट्टराई भन्छन् –“समुदायमा सामाजिक पर्खालहरु धेरै छन् । पीडित भएको अनुभूति हुँदाहुँदै पनि समाजबाट बाहिरिन सकेका छैनन् । न्याय कागजी भएको छ, व्यावहारिक छैन ।” बाँके जिल्लामा विशेष गरी मधेशी मुस्लिम समुदायका महिलाहरुमा बहुविवाह, सम्बन्ध विच्छेद र दाइजोका मुद्दाहरु बढी आउने गरेको मुस्लिम महिला अगुवा मैमुना सिद्दिकी बताउछन् । कानूनी हिसाबले न्याय पाउन झण्झटिलो रहेको उनको अनुभव छ । कानूनी प्रक्रियालाई पनि छोटो र सहज बनाई राजनीतिक हस्तक्षेपमुक्त बनाइएमा यस्ता घटनाको कमी हुने उनको भनाइ छ । बाँके जिल्ला विशेष गरी मधेशी, मुस्लिम तथा पछाडि परेको समुदायका महिलाहरुमा गरिबी र अशिक्षाका कारण कानूनी ज्ञानको अभाव भएको कानून व्यवसायी अधिवक्ता विश्वजीत तिवारी बताउछन् । नेपालमा विद्यमान कानूनले पनि उचित क्षतिपूर्तिको व्यवस्था नगरेकाले महिलाहरु समस्यामा पर्ने गरेको तिवारी बताउछन् । उनले महिलाका पक्षमा अदालतले आदेश दिएपनि कतिपय फैसला पीडक पक्षले कार्यान्वयन नगरिदिँदा पनि महिलाहरु समस्यामा पर्ने गरेको उनी बताउछन् । उनले भने – “न्यायिक निकायमा महिला कर्मचारीको अभावमा पनि पीडित महिलाहरु आफ्ना समस्या अगाडि राख्न सक्दैनन्, विशेष गरी प्रहरी र अदालतमा । ती निकायमा महिला कर्मचारीको व्यवस्था गरी छुट्टै शाखा स्थापना गर्नुपर्दछ ।” महिला हिंसाका उजुरीहरु आउने क्रम प्रहरी कार्यालयमा दिन प्रतिदिन बढिरहेको छ । घटना भइसकेर लामो समय बितेपछि मात्र प्रहरीमा उजुरी आउने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र अर्यालले भने –“शुरुमा महिलाहरु उजुरी दिन्छन् र कानूनी उपचारका लागि प्रक्रिया अघि बढाउँदा उहाँहरुको बयान परिवर्तन हुन्छ । त्यसपछि हाम्रो अनुसन्धान फिलतो भई कारवाही प्रक्रिया अघि बढ्न सक्दैन ।” जिल्ला प्रहरी कार्यालय बाँकेमा आर्थिक वर्ष २०७४/७५ सालमा घरेलु हिंसासम्बन्धी जम्मा ४८३ वटा उजुरी दर्ता भएका छन् । त्यसमा २७ वटा मुद्दा अदालतमा पुगेको र १४ वटामा निवेदक पक्ष नै उपस्थित नभएको जिल्ला प्रहरी कार्यालय बाँके अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बाँकी ४४२ वटा उजुरीको मिलापत्र गराइएको थियो । आव २०७३/७४ मा जम्मा ३९७ वटा उजुरी दर्ता भएका थिए । महिला तथा बालबालिका कार्यालयले जिल्लामा दुई हजार ६०० महिला समूह गठन गरी विभिन्न सेवा प्रदान गर्दै आएको छ । समूहमार्फत महिला सचेतना कार्यक्रम, मध्यस्थतालगायतको काम गर्दै आएको महिला विकास अधिकृत शोभा शाहले बताए । उनका अनुसार सो समूहमा घरेलु हिंसाका विवाद, झगडा, मानसिक तनाव, बहुविवाह जस्ता घटनारु आउने गरेका छन् । बलात्कार जस्ता फौजदारी मुद्दा प्रहरी अदालतमा सिफारिश गर्ने गरिएको छ । उनका अनुसार मुलुक सङ्घीय संरचनामा गएपछि उजुरीको सङ्ख्या घटेको छ । महिला तथा बालबालिका कार्यालयअन्तर्गत साथी संस्थाको सहकार्यमा नेपालगन्जमा सञ्चालन गरिएको पुनःस्थापना केन्द्रमार्फत गत आवमा करीब ३०० भन्दा बढी महिलालाई सेवा प्रदान गरिएको थियो । यस केन्द्रमा महिलालाई खाने, बस्ने, कानुनी सहायता दिने, सीप सिकाउने र आयआर्जनका काम गर्न चाहनेलाई रकम समेत दिने व्यवस्था रहेको सो कार्यालयले जनाएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy