Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

टुङ्गो लाग्यो नेकपा एकता प्रक्रिया, यसरी लगाइयो भागबण्डा

डडेल्धुरा। डडेल्धुरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकताको प्रक्रिया टुङ्गिएको छ । जिल्लास्तरीय कार्यदलले जिल्लाका स्थानीय तह र वडामा नेतृत्वको बाँडफाँट गरी पार्टी एकतालाई पूर्णता दिएको छ । जिल्लास्तरीय कार्यदलको बिहीबार सम्पन्न बैठकले एकतापछिको जिल्लाको भागबण्डा टुङ्ग्याएको हो । जिल्लामा रहेका सातवटा स्थानीय तहमध्ये अमरगढी नगरपालिकासहित चार स्थानीय तहमा तत्कालीन एमाले र पर्शुराम नगरपालिकासहित तीन वटा स्थानीय तहमा तत्कालीन माओवादी केन्द्रको नेतृत्व हुने भएको छ । तत्कालीन एमालेलाई अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा नेतृत्व पाउने भएको छ भने तत्कालीन माओवादी केन्द्रले पर्शुराम नगरपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकामा नेतृत्व पाउने सहमति भएको छ । जिल्लाका ५२ वडामा समेत नेतृत्वको बाँडफाँट गरिएको छ । जसअनुसार तत्कालीन एमालेलाई २८ वडा र तत्कालीन माओवादी केन्द्रले २४ वडामा नेतृत्व पाउने भएको छ । नेकपाको कार्यदलको बैठक सकिएपछि बाँडफाँट गरिएका पालिका तथा वडाको विवरण प्रदेश कमिटीमा पठाइने तत्कालीन एमालेका तर्फबाट कार्यदलका सदस्य वीरेन्द्र बस्नेतले जानकारी दिए । बैठकबाट सर्वसम्मतरुपमा भएको भागबण्डालाई प्रदेश कमिटीले अनुमोदन गरेपछि मात्रै गाउँ तथा वडा कमिटीले पूर्णता पाउने तत्कालीन माओवादी केन्द्रबाट कार्यदलका सदस्य मानसिंह मालले बताए । समृद्धिका लागि सबै तह एकजुट समृद्ध डडेल्धुरा निर्माणका लागि यहाँका स्थानीय तह एकजुट भएका छन् । डडेल्धुराका सातवटै स्थानीय तह समग्र विकासका लागि एकजुट भएका छन् । राजनीतिक हिसाबले भिन्न विचारबाट आएका भए पनि समृद्ध डडेल्धुरा निर्माणका लागि एकजुट हुनुपर्ने भन्दै डडेल्धुराका सातवटै स्थानीय तहका जनप्रतिनिधि एकजुट भएका हुन् । यहीअनुरुप प्रत्येक दुई महीनामा पालैपालो स्थानीय तहले बैठकको आयोजना गर्ने गरेका छन् । स्वास्थ्य, शिक्षा, पर्यटनजस्ता विकासका साझा मुद्दाको पहिचान गरी बैठकबाट पास गराइने गरेको स्थानीय तहले जनाएका छन् । जिल्लामा रहेका दुई वटा नगरपालिका र पाँच गाउँपालिका सहित जिल्ला समन्वय समितिका बीच हुने बैठकले जिल्लाको समग्र विकासमा टेवा पुग्नुका साथै एकअर्का स्थानीय तहले गरेको कामको सिको गर्न सकिने जनप्रतिनिधिको भनाइ छ । स्थानीय तहले गरेका राम्रा प्रयासका बारेमा समेत बैठकमा छलफल गरी सिको गर्ने गरेको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए । हालसम्म बसेका बैठकले उपक्षेत्रीय अस्पताल डडेल्धुरालाई मेडिकल कलेजका रुपमा विकास गर्ने, पर्यटनका लागि सातवटै स्थानीय तहमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्नका लागि करिडोर बनाउने, शिक्षा क्षेत्रमा देखिएको विकृति र विसङ्गतिलाई हटाउने, जिल्लामा भइरहेको अतिक्रमणलाई हटाउनका लागि पहल गर्ने लगायतका निर्णय गरेको जनप्रतिनिधिको भनाइ छ । स्थानीय तहका बीचमा हुने आपसी समझदारीबाट जिल्लाको विकासमा सहयोग पुग्ने आम सर्वसाधारणले पनि विश्वास लिएका छन् । डडेल्धुराका स्थानीय तहले गरेको कामलाई देशका अन्य स्थानीय तहले पनि सिको गरी आ–आफ्नो जिल्लाको विकास गर्नमा लाग्नुपर्ने जिल्ला समन्वय समितिको प्रमुख गणेशराज भट्टले बताए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy