Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

विश्वविद्यालयका विद्यार्थीले फूलखेती गर्न थालेपछि...

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक शिक्षासँगै फूलखेती गरेर तिहारमा आम्दानीसमेत गरेका छन् । स्वदेशमै प्रचुर सम्भावना रहेर पनि भारतीय फूलमा निर्भर हुनुपरेको अवस्थामा कृषि शिक्षा पढ्दै गरेका विद्यार्थीले समूह बनाएर फूलखेती गरेका हुन् । विश्वविद्यालयको कृषि शिक्षण सङ्कायका सहायक डीन कल्याणी मिश्रका अनुसार विद्यार्थीले समूह बनाइ जग्गा भाडामा लिएर जिल्लाका विभिन्न ठाउँमा फूलखेती गरेका छन् । विश्वविद्यालय परिसरमा समेत उनीहरुले फूलखेती गरेका छन् । विद्यार्थीले चार÷पाँच वटा समूह बनाएर फूलखेती गरेको मिश्रले बताए । कृषि स्नातकको अन्तिम वर्ष पढ्दै गरेका हेमन्त पौडेलले फूलको माग पु¥याउन नसकेको बताए । चार जनाको समूह मिलेर कल्याणपुर र क्याम्पस परिसरमा फूलखेती गरेको उनले बताए । दुई हजार मालाको माग भए पनि आफूहरुले ७०० माला मात्र पु¥याउन सकेको पौडलको भनाइ थियो । फूलमा अझै पनि कोपिला रहेकाले पछि विवाह, सभा सम्मेलनजस्ता कार्यमा बिक्री गर्नका लागि राखिएका छन् । पौडेलले उत्साहित हुँदै भने, “प्रयोगात्मक कक्षा पनि भयो, आम्दानी पनि भयो ।” स्नातक तेस्रो वर्षमा अध्ययनरत सुमन पौडेलसहितका आठ जना मिलेर पश्चिम चितवनको चनौलीमा चार कट्ठा १० धुर क्षेत्रफलमा फूल लगाएका छन् । उनीहरुले तिहारमा मात्र एक हजार ५०० माला बिक्री गर्ने लक्ष्य राखेको बताए । स्नातकोत्तर पढ्ने समूहले रु ६० देखि ८० सम्ममा माला बेच्दै आएका छन् । स्नातक तेस्रो वर्षमा अध्ययनरत अजय यादवसहितका छ विद्यार्थीले क्यान्सर अस्पताल नजिकै दुई ठाउँमा चारकट्ठामा फूल लगाएका छन् । यादवका अनुसार रु एक लाखको फूल बिक्री गर्ने लक्ष्य राखिएको छ । सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञान उपयोगी बनेको यादवको अनुभव छ । माग बढी भएपछि आफूहरु उत्साहित भएको विद्यार्थी बताउँछन् । विद्यार्थीको उत्साह देखेर आफू प्रभावित भएको भन्दै सहायक डीन मिश्रले आउँदो वर्ष विश्वविद्यालय परिसरमा व्यवस्थित फूल खेती गर्ने योजना बनाएको बताए । कतिपय विद्यार्थीलाई आफूले काठमाडौँबाट फूलका बिरुवा मगाएको र अन्यले स्थानीयस्तरमा बिरुवा किनेको मिश्रले जानकारी दिए । यतिबेला विद्यार्थी फूल टिप्ने, माला उन्ने र बिक्री गर्ने काममा व्यस्त भएका छन् ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy