Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

सवारी साधनलाई आगोले छुँदा जंगलमा आगलागी, पाँच जनाको मृत्यु

लसएन्जेलस। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण शुक्रबार मात्र पाँच जनाको ज्यान गएको छ । क्यालिफोर्निया राज्यको उत्तरी भागबाट यात्रा गरिरहेका व्यक्तिहरुको सवारी साधनलाई आगोले छोएको थियो । त्यसपछि ती सवारीमा रहेका पाँच जनाको ज्यान गएको बताइएको छ । उक्त जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको छ । समय समयमा सरकारले आगो निभाएको बताएपनि पूर्ण रुपमा जंगलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको बताइएको छ । उद्धारका लागि केही व्यक्तिहरुलाई खटाइएको भए पनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन । क्यालिफोर्निया राज्यको उत्तरतर्फ रहेको बुटे काउन्टीमा ती व्यक्ति यसरी आगोमा परेका हुन् । शुक्रबार देखिएको यो आगलागी क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १३० किलोमीटर उत्तरमा रहेको उक्त काउन्टीको जंगलमा हो । सो क्षेत्रमा गत वर्ष पनि बढी मात्रामा आगो लागेको बताइएको थियो । सो क्षेत्रमा अग्निनियन्त्रक र अरु उद्धारकर्मीहरु परिचालन गरिएको भए पनि आगो निन्त्रणमा लिन सकिएको छैन । तर अधिकारीहरुले सो आगलागी जंगलमा भएको आगलागीबाट नभएको बताएका छन् । उनीहरुले प्रारम्भिक रुपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरुकै कारण जंगलमा आगलागी भएको र उनीहरुको ज्यान गएको बताएका छन् । तर यस कुराको पुष्टि भने भएको छैन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । यस विषयमा यहाँको वन विभागले भने कुनै थप सूचना दिएको छैन । प्रहरीले आगो लागेर जलेका पाँच ओटा शव भेटिएको र अरु दुई जना जलेका व्यक्तिको उपचार जारी रहेको बताएको छ । साथै प्रहरीले मारिएका व्यक्ति उक्त जंगलमा विगतदेखि नै लागेका आगोका कारण हो या शुक्रबार दुर्घटना भएको हो भन्ने बारेमा खोजी भइरहेको बताएको छ । एपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending