Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

पोखरामा छठ पर्वको तयारी शुरु

पोखरा। यमपञ्चक पर्व सम्पन्न हुनासाथ पोखरामा छठ पर्व मनाउनेहरु उत्साहका साथ तयारीमा जुटेका छन् । पोखरी, तलाउ, नदी, खोला वा जलाशय भएको क्षेत्रमा यो पर्व मनाइने गरिएकाले पोखराको फेवातालस्थित केदारेश्वर मन्दिरको क्षेत्रमा भव्य रुपमा छठ पर्व मनाउनका लागि घाट निर्माणका साथै सरसफाइका कार्य तदारुकताका साथ शुरु भएको छ । पोखराको नदीपुरमा पनि छठ पर्व व्यापक रुपमा मनाइने गरिन्छ । त्यहाँ पनि छठ पूजाका लागि सरसफाइ तथा घाट निर्माण कार्य भइरहेको छ । पोखरामा तराई जिल्लाका साथै भारतबाट व्यापार तथा रोजगारका लागि परिवारसहित बसोबास गर्दै आइरहेकाले धुमधामका साथ छठ मनाउन जुटेको सप्तरी घर भई हाल पोखरामा व्यापार गर्दै आइरहेका सत्यनारायण मण्डलले जानकारी गराए । विभिन्न भाषाभाषी र समुदायका मानिस एकै ठाउँमा बसेर सौहार्दपूर्ण वातावरणमा छठ पूजा गर्ने गरेका कारण नै यो पर्वले साझा पर्व र समावेशी पर्वका रुपमा पहिचान स्थापित गरेको हो । पर्वका लागि आवश्यक रुपमा पर्ने बाँसका टोकरी, पङ्खा, माटोको भाँडोका साथै अन्य पूजा सामग्री पनि पोखरामा उपलब्ध हुने गरेको छ । त्यस्ता सामानको बिक्री पनि शुरु भइसकेको देखिन्छ । यस पर्वमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला, सुथनी, अलुवा, जुटा, उखु, ठेकुवा, भुसुवा र मीठाइ चढाउने गरिन्छ । लगातार चार दिनसम्म मनाउने गरिएको यो पर्व विधिवत् रुपमा आइतबारदेखि शुरु हुँदैछ । नियम निष्ठाका साथ मनाइने गरिएको यस पर्वको पहिलो दिन आइतबार वर्तालु महिला आत्मशुद्धि गर्छन् । लसुन र प्याज पनि नखाने, अरुवाअरुवाइन अर्थात् शुद्ध भोजन गर्ने गर्छन् । यसलाई ‘नहायखाय’ भनिएको हो । दोस्रो दिन दिनभर उपवासमा बसेर बेलकीको समयमा नयाँ माटोको चुलोमा पूजाका लागि खीर पकाउने गर्छ । सोही खीर घरको देवीदेउतालाई अर्पण गरेपछि परिवारका सदस्यबीच प्रसादका रुपमा वितरण गरी वर्तालुले आपूm पनि प्रसादकै रुपमा ग्रहण गरेर वर्तलाई निरन्तरता दिने गर्छन् । पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन र चौंथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चार दिनको यो पर्व विधिवत् रुपमा सम्पन्न हुने गर्छ । यस पर्वको मुख्य विशेषतामा शक्तिरुपी माता छठ र संसारलाई प्रकाशमान पार्ने सूर्यदेवको संयुक्त रुपमा पूजा गरेर पर्व मनाउने गरिन्छ । परिवारको कल्याण, सन्तान प्राप्ति र छालारोगका साथै विभिन्न रोगबाट मुक्तिका लागि यो पर्व मनाउने गरिन्छ । यो आपूm खुशीले शुरु गर्ने र छोड्ने गर्नु हुँदैन भनी धार्मिक मान्यता छ । भाकल पूर्ण भएपछि मात्र छठ पर्वको शुभारम्भ गरिन्छ । एक पटक शुरु गरेपछि प्रत्येक वर्ष नियमनिष्ठाका साथ यो पर्वलाई निरन्तरता दिने गरिन्छ ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy