Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय

इनरुवा । छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले बासको सामग्री बनाउनका लागि भ्याइनभ्याइ छ । सुनसरीको हरिनगर गाउँपालिकासहित जिल्लाका विभिन्न ठाउँमा रहेका मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसको सामग्री बनाउन व्यस्त बनेका हुन् । मरिकहरू छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाएर बेच्ने गरेका छन् । छठमा बासका सामग्रीको माग अत्याधिक हुने भएकाले आफूहरु बाँसका सामग्री बनाउनका लागि व्यस्त बनेको मारिक समुदायका वीरेन्द्र मरिकको भनाइ छ । गाउँगाउँबाट आफूहरुले रु १५० देखि २५० सम्ममा बाँस किनेर ल्याएको र छठमा प्रयोग हुने सामग्री बनाउन व्यस्त बनेकोे मरिक समुदायका व्यक्तिहरू बताउँछन् । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक यस बेलामा राम्रो आम्दानी गर्ने उद्देश्यका साथ बाँसको सामग्री बनाउन व्यस्त हुने गरेको उनीहरूको भनाइ छ । छठ पूजा गर्ने प्रत्येक वर्ष बढेकाले बाँसको सामग्रीको माग पनि बढ्दै गएको छ । छठमा बाँसको सामग्री पु¥याउनलाई आफूहरुले महीना दिन अगाडिबाट काम शुरु गरेको भए पनि अहिले छठ पर्व आएका बेला आफूहरू सोही सामग्री बनाउने काममा व्यस्त बनेको गीता मरिकको भनाइ छ । आफूहरुको रोजगार र पेशा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भएर लागेको र त्यसबाट आएको आम्दनीबाट छोराछोरीलाई शिक्षादिक्षा दिने गरेको बताउँछन मरिक समुदायका व्यक्तिहरू । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने मरिक समुदाय बाँसका सामग्री बनाई स्थानीयको छठलाई सहज पार्ने प्रयासमा रहेको मरिक समुदायका भटाइ मरिकले बताउनुभयो । लौकही, श्रीपुर, मध्यहर्षाही, भोक्राहा, इनरुवा, डुम्राहा र झुम्कालगायतका क्षेत्रका मरिकसमेत छठ लक्षित बाँसको सामग्री बनाउन व्यस्त रहेका छन् । यसरी आधुनिकतासँगै बाँसको सामग्रीको माग घटेको बेला चाडपर्वमा बाँसको सामग्री बिक्री हुने भएकाले त्यसैमा चित्त बुझाउन बाध्य भएका छन् मरिक समुदायहरू । त्यसैले मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसको सामग्री बनाउने व्यावसायीकरणमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy