Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सञ्चारको सहज पहुँचमा पुगे पहाडी क्षेत्रका बासिन्दा

\"\"परासी। पश्चिम नवलपरासीको विकट पहाडी क्षेत्रका बासिन्दा सञ्चार सेवाको सहज पहुँचमा पुगेका छन् । पश्चिम नवलपरासी तराई भए पनि यहाँ विकट पहाडी क्षेत्र पनि छ । पाल्पाको सीमासँग जोडिएका केही पहाडी बस्ती सुनवल र बर्दघाट नगरपालिकाअन्तर्गत पर्दछन् । नगरपालिकाभित्र परे पनि पहाडी क्षेत्रका बस्ती विकट छन् । त्यहाँका नागरिक यातायात, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतको असहजतामा बाँच्दै आएका छन् । त्यही विकट पहाडी क्षेत्रका नागरिकलाई लक्षित गरी बर्दघाट नगरपालिकाको पहाडी क्षेत्र संसारकोटमा नगरपालिकाको पहलमा नेपाल टेलिकमले जीएसएम मोबाइल बीटीएस टावर सञ्चालनमा ल्याएको छ । टावर सञ्चालन भएपछि अहिले त्यस क्षेत्रका नागरिक सञ्चारको सहज पहुँचमा पुगेका छन् । नगरपालिकाको वडा नं २ मा पर्ने सो क्षेत्र बर्दघाट बजारबाट करीब दुई घण्टा उकालो पैदलयात्रापछि पुग्न सकिन्छ । सडकको ट्र्याक खुले पनि यातायातको साधन सञ्चालनमा नआएकाले सो क्षेत्र नगर भए पनि विकट छ । त्यहाँ टावर सञ्चालन भएपछि बर्दघाट–२ को आमबास, बाँसखोला, सुखौरा, पटुके, तिल्केनी, संसारकोटलगायतका पहाडी बस्तीका गाउँलेलाई सहज भएको छ । मोबाइल टावर नहुँदा यसअघि सो क्षेत्रका नागरिकलाई सञ्चारमा निकै असहजता थियो । नेपाल टेलिकमको टावर स्थापना भएपछि खुशी हुँदै संसारकोटका स्थानीय प्रेम सोमइ मगरले भने– “हाम्रो गाउँसहित पहाडी क्षेत्रका धेरै युवाहरु वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा छन्, तर मोबाइलको नेटवर्क सहज नहुँदा घरपरिवारसँग कुराकानी गर्न निकै असहज थियो, कतै फोन गर्न परे तत्काल फोन नलाग्ने, लागिहाले पनि आवाज नबुझिनेजस्ता समस्या हामीले भोग्दै आएका थियौँ, अव निकै सहज भएको छ ।” टावर सञ्चालन भएसँगै सो क्षेत्रमा इन्टरनेट प्रयोगमा पनि सहजता आउने नेपाल टेलिकमले जनाएको छ । सहज रूपमा मोबाइल प्रयोग गर्न पाएपछि बर्दघाटका उच्च पहाडी भेगका नागरिकमा खुशीयाली छाएको छ । केही दिनअघि सो सेवाको शुभारम्भ गर्दै बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले अब नागरिकले सहज रूपमा सञ्चार सेवा प्रयोग गर्न पाउने भन्दै बर्दघाट नगरपालिकाको पहाडी भेगलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजनामा सञ्चारको सहज पहुँचले एउटा इँट्टा थपेको बताए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending