Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

यसकारण छाेडेकि रैछिन् नायिका स्वस्तिमाले 'दाल भात तरकारी'

काठमाडौं। अभिनेत्री स्वस्तिमा खड्काले नेपाली चलचित्र ‘छक्का पन्जा ३’मा यति सानो भूमिका गरिन् कि, त्यो भूमिका उनले गर्नुहुन्थ्यो या हुन्थेन भनेर चलचित्र रिलिज भएपछि बहस पनि भयो । किनकी, चलचित्रमा उनको केमियो भूमिका थियो भन्दा फरक नपर्ला । ‘छक्का पन्जा २’मा मुख्य नायिकाको रुपमा देखिएकी स्वस्तिमालाई तेश्रो सिरिजमा यति सानो भूमिका किन गर्नुपर्यो भन्ने टिप्पणी पनि भयो । तर, यतिबेला स्वस्तिमालाई ब्रान्डको लोभ लागेको प्रष्ट थियो । उनै स्वस्तिमा खड्काले चलचित्र ‘दाल भात तरकारी’ छाडिन् । यो चलचित्र साइन गर्ने पहिलो कलाकार उनी थिइन् । चलचित्रमा उनी मुख्य नायिकाको भूमिकामा पनि थिइन् । तर, स्वस्तिमाले अन्तिम समयमा आएर यो चलचित्र छाड्दा उनी चतुर कि लोभी भन्ने प्रश्न उब्जेको छ । किनभने, स्वस्तिमाले यो चलचित्र छाड्नुको कारणबारे यसका निर्माता किरण केसीले भनेका छन्– ‘अर्को चलचित्र र हाम्रो चलचित्रको छायांकन समय जुधेकोले स्वस्तिमाले आग्रह गरेपछि सहमतीमा हामीले काम नगर्ने निर्णय गरेका हौ । यसमा उनी ४ जना नायिकाविच छिन् भने अर्कोमा सोलो छिन् । उनले चलचित्र छाड्नुमा यो फ्याक्टरले पनि काम गरेको छ ।’ स्वस्तिमाले यो चलचित्र ‘हजार जुनी सम्म’मा काम गर्नका लागि छाडेकी हुन् । यो चलचित्रमा उनी सोलो नायिकाको रुपमा छिन् । चलचित्र ‘नाई नभन्नु ल ५’ मा काम गरेपछि उनी निर्देशक विकासराज आचार्यसँग सम्बन्ध विगार्ने सोचमा छैनन् । स्वस्तिमाले चलचित्र ‘हजार जुनीसम्म’ गर्ने वा नगर्ने निर्णय गर्न सकेकी थिइनन् । यतिबेला, उनका लागि ‘दाल भात तरकारी’ मुख्य कारण बनेको थियो । तर, अन्तिम समयमा उनले ‘हजार जुनीसम्म’लाई रोजेर ‘दाल भात तरकारी’को टिमबाट अलग हुने निर्णय गरिन् । स्वस्तिमा यतिबेला भने केही चतुर देखिएकी छिन् । ‘छक्का पन्जा ३’मा केमियो भूमिका पनि गर्न तयार स्वस्तिमाले ‘दाल भात तरकारी’मा अन्य ३ जना नायिका छन् भनेर छाड्नुको कारण अर्थपूर्ण छ । किनकी, यो चलचित्रमा नायिका प्रियंका कार्की आइटम गीतमा मात्र छिन् भने बर्षा राउतको पनि विशेष भूमिका रहनेछ । स्वस्तिमालाई अहिले कामको अभाव छैन । उनीसँग प्रशस्त चलचित्र छन् । म्यूजिक भिडियोदेखि चलचित्रबाट आएको अफरले स्वस्तिमा लोभीसँगै चतुर पनि बनेकी छिन् । एजेन्सी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending