Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

उधारोमा पढाउँदा हैरान

जाजरकोट । पञ्चभयार माध्यमिक विद्यालय नलगाड–८ का शिक्षक इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन् । विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी व्यवस्था नहुँदा निजी स्रोतबाट तलब, भत्ता बेहोर्ने गरी खत्रीलाई दुई वर्षअघि नियुक्त गरिएको थियो । विद्यालयका शिक्षक रवीन्द्र खत्री र मीना बुढा खत्रीले पनि सात महीनाको तलब पाएका छैनन् । तलब माग्दा विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर कतैबाट पैसा ल्याएर तलब दिइने जवाफ विद्यालय प्रशासनले दिने गरेको पीडित शिक्षकले बताएका छन् । उद्यारोमा पढाउँदा, पढाउँदा हैरान भएको उनीहरुको भनाइ छ । सोही वडाकै सूर्यकिरण आधारभूत विद्यालयमा पढाउने शिक्षक गोपाल केसी, हिमकुमारी खत्री, लालबहादुर खत्रीलगायतले विगत सात महीनाको तलब पाएका छैनन् । लेकबेँसी आधारभूत विद्यालय कार्यखेत, धासाइना आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, बारेकोट गाउँपालिका–५ लगायत विद्यालयका शिक्षकले तलब नपाएको बताएका छन् । विद्यार्थी र तहअनुसारको शिक्षक दरबन्दी नहुँदा गाउँलेले आफैँ बेहोर्ने गरी राखिएका शिक्षकले तलब खाना नपाएका हुन् । स्थानीय सामुदायिक वन, विद्यार्थी भर्नाबाट उठेको रकम, गाउँलेले उठाएको रकमबाट शिक्षकलाई तलब दिँदै आएको विद्यालय व्यवस्थापन समितिले जनाएका छन् । कतै विद्यालय निर्माण गर्नका लागि छुट्याएको रकमबाट शिक्षकलाई तलब खुवाएको पनि भेटिएकोे छ । गाउँलेले विद्यालय निःशुल्क निर्माण गरी विद्यालयमा आएको बजेट तलब दिने व्यवस्थासम्म गरेको पञ्च भयार माविका प्रधानाध्यापक हुमप्रकाश सिंहले बताउनुभयो । ऋण काँढेर शिक्षकलाई तलबभत्तासमेत उपलब्ध गराउन बाध्य भएको सिंहले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy