नेता किम जङद्वारा 'नौलोअस्त्र' को परीक्षण
मंसिर १ गते, २०७५ शुक्रवार 16th November, 2018 Fri१३:०२:३८ मा प्रकाशित
उत्तर कोरियाली नेता किम जङ-अनले \'उच्च प्रविधियुक्त\' एउटा नयाँ अस्त्रको सफल परीक्षणको सुपरिवेक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
परीक्षण गरिएको नयाँ अस्त्र कस्तो खालको हो भन्नेबारे केसीएनए समाचार संस्थाले विस्तृत विवरण चाहिँ खुलाएको छैन ।
लामो समयपछि अस्त्रको परीक्षण गरिएको मात्रै उसले उल्लेख गरेको छ। तर यो वर्ष जानकारीमा आएको यो पहिलो महत्त्वपूर्ण परीक्षण भएको बताइएको छ ।
गत जुनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किमसँग ऐतिहासिक शिखर बैठक गरेका थिए, जहाँ किमले पारमाणविक निरस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
निरस्त्रीकरण
शिखर बैठकमा भएको सहमतिमा उत्तर कोरियाले निरस्त्रीकरणका काम गर्ने उल्लेख छ ।
तर त्यसका लागि समयसीमा, विस्तृत विवरण वा प्रमाणीकरण प्रक्रियाको संयन्त्रबारे केही उल्लेख गरिएको छैन ।
ट्रम्प-किमबीच दोस्रो शिखर बैठकको मिति तोक्ने विषयमा यसै हप्ता हुने भनिएको बैठक पनि हुन सकेन र सिंगापुरको ऐतिहासिक शिखर बैठकपछि प्योङयाङ र वाशिङटनबीचको सम्बन्धमा पनि तिक्तता देखिन थालेको छ ।
उत्तर कोरियाली सञ्चारमाध्यमले परीक्षण गरिएको अस्त्रको प्रकृतिबारे केही खुलाएको त छैन, तर उसका क्षेप्यास्त्र अखडाको सञ्जालबारे एउटा भूपउपग्रह तस्वीरमा एउटा रिपोर्ट सार्वजनिक भएपछि पछिल्लो खबर आएको हो ।
उत्तर कोरियाबाट कस्तो खालको अस्त्रको परीक्षण गरिएको हो भन्नेबारे अध्ययन गरिरहेको दक्षिण कोरियाले प्रतिक्रिया दिएको छ ।
धेरैले भन्ने गरेका छन्, उत्तर कोरियाले अस्त्र विकास नगर्ने र क्षेप्यास्त्र केन्द्रहरू बन्द गर्ने विषयमा कुनै सहमति जनाएको अवस्था नै होइन ।
उत्तर कोरियाली सञ्चारमाध्यमले के भने ?
केसीएनएले भनेको छ, \'किम जङ-अनले राष्ट्रिय प्रतिरक्षा विज्ञान प्रतिष्ठानमा उच्च प्रविधियुक्त एउटा नयाँ अस्त्र परीक्षणको अवलोकलन गरेकाे छ ।\'
\'उच्च प्रविधियुक्त अस्त्रको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।\'
पछिल्लो परीक्षणप्रति किमले \'ठूलो सन्तुष्टि\' जाहेर गरेको केसीएनएले उल्लेख गरेको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: