प्रभावकारी हुन सकेन बक्स अफिस, बोर्ड र निर्देशकबीचकाे जुहारी कहिलेसम्म चल्ला ?
मंसिर १ गते, २०७५ शनिवार 17th November, 2018 Sat१०:४९:३७ मा प्रकाशित
काठमाडौंँ । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि ‘बक्स अफिस’को विषयले चर्चा बटुलेको थियो । तर, बक्स अफिस लागू भएको चार महिना पुगिसक्दा पनि अलमल कायमै छ । चलचित्र निर्माताहरू खुसी छैनन् भने चलचित्र विकास बोर्डले पनि त्यस विषयमा नियमित जानकारी दिन सकेको छैन ।
यो खबर आजको गोरखापत्रदैनिकमा छ के कति सङ्कलन भएको छ भन्ने राम्रोसँग हेर्न नपाएको गुनासो निर्माताहरूको छ भने अझै कतिपय चलचित्रको इ–टिकटिङ् हुन सकेको छैन । चलचित्र विकास बोर्डले सूचना नै जारी गरेर इ–टिकटिङ गर्न आह्वान गरेपछि अलमल देखिएको हो ।
बक्स अफिस सञ्चालनमा आएसँगै सार्वजनिक चलचित्रको निर्माण पक्षले ‘यति कमायो’ भन्ने दाबी कम भएको थियो । तर, केही समय यता पुनः चलचित्रको यति र उति कारोबार भयो भनेर सार्वजनिकरुपमा दाबी हुन थालेको छ । बक्स अफिसले कारोबारलाई तत्कालै पारदर्शी रूपमा देखाउन सक्नुपर्ने हो र त्यसका लागि दाबीको भर नपर्नु पर्ने हो ।
सङ्कलित रकमबारे जानकारी चलचित्र निर्माण पक्ष वा वितरकले दिएको जानकारीका आधारमा सार्वजनिक गरिन्छ । बक्स अफिस सञ्चालक अर्थात् चलचित्र विकास बोर्डले भने सङ्कलित रकम सार्वजनिक गर्ने अनुमति नभएको दाबी गरेको छ ।
चलचित्र ’छक्का पञ्जा ३’ ले बक्स अफिसमा आफ्नै पहिलो संस्करणको ‘रेकर्ड ब्रेक’ भएको खबर सार्वजनिक ग¥यो । कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले
फेसबुकमार्फत चलचित्रले १७ दिनमा १६ करोड रुपियाँ कारोबार गरेको जानकारी दिनुभएको थियो । तर त्यसका आधिकारिकता भने पुष्टि हुन सकेको छैन । बक्स अफिसले त्यसबारे जानकारी दिएको छैन ।
बक्स र अफिस अलग !
चलचित्र छक्का पञ्जा ३ का निर्माता गिरी बक्स अफिसको काम कारवाहीबाट सन्तुष्ट देखिनुहुन्न । उनी भन्छन्– एकातिर ‘बक्स’ र अर्कातिर ‘अफिस’ छ । छक्का पञ्जा ३ ले ‘रेकर्ड ब्रेक’ गरेको दाबी गर्दै उहाँ थप्नुहुन्छ,‘तर त्यसका जानकारी पाउन सकिएको छैन ।
गएको साउन १ गतेदेखि बक्स अफिस कार्यान्वयनमा आएको हो । चार महिना बितिसक्दा पनि सही उपयोग नभएको गुनासो गर्देै उनले भने,‘बक्स अफिसले त ‘लाइभ’ तथ्याङ्क दिनुपर्ने थियो तर खै ?’
उहाँले छक्का पञ्जा ३ को अहिले दुई वटा शो मात्र रहेको जानकारी दिदै चलचित्रलाई दर्शकले माया गरेको तर त्यही कुरा कारोबारका आधारमा सार्वजनिक हुन नसकेको गुनासो गरे ।
चङ्गा चेट पनि उस्तै
यता चलचित्र चङ्गा चेटको निर्माता तथा वितरक माधव वाग्ले भने आफूलाई बक्स अफिसमार्फत कुनै पनि दिनको कारोबार तथ्याङ्क नपाएको गुनासो गरे ।
उनी भन्छन् ,‘ सञ्चारमाध्यमलाई जानकारी दिन पनि हामीलाई दैनिक तथ्याङ्क त आउनुप¥यो नि रु’, उनले निर्माण गरेकाे चलचित्र ’चङ्गा चेट’ कात्तिक १६ गतेदेखि प्रदर्शन भइरहेको छ । तर, दुई साता बित्दा पनि कारोबार रकम जानकारीमा नआएको भन्दै उनी आक्रोश पाेख्छन्,‘मैले बक्स अफिसको लागि सबै प्रक्रिया पूरा गरिसके तर मलाई ‘तथ्याङक’ भने अहिलेसम्म पनि पठाएको छैन ।’
प्रणालीले काम गरेको दाबी
निर्माताहरूले बक्स अफिसको आलोचना गरे पनि चलचित्र विकास बोर्डले भने त्यसको बचाउ गरेको छ । बोर्डका अध्यक्ष अध्यक्ष निकिता पौडेलले भने ,‘बक्स अफिसले काम गरेको छैन भन्ने कुरा गलत हो । काम प्रभावकारी नै भइरहेको छ ।’
गत साउन १ गते बक्स अफिस लागू गर्नुअघि भएको सहमतिमा निर्माताले चाहेको खण्डमा मात्र बक्स अफिसले कारोबार रकम जानकारी दिने सहमति भएको उहाँले स्पष्ट गर्नुभयो । पौडेलले भने,‘ ‘हामीले कारोबार रकमबारे जानकारी दिन पाउँदैनौ ।’
उनले बक्स अफिसमा कुनै पनि किसिमको प्रविधिक समस्या नदेखिएको र हरेक चलचित्र निर्माता एवं वितरकलाई ‘डाटा’ नियमित पठाएको दावी गरे ।
नेपालका लागि बक्स अफिस व्यवस्थापक मनिष पण्डित भने हाल अमेरिका छन्। पौडेलले भने ,‘यसअघि हरेक चलचित्रका निर्मातालाई कारोबारको एक घन्टामा बक्स अफिस सङ्कलन जानकारी दिइएको थियो ।’
सूचना नै जारी
बक्स अफिस लागू गर्दै ‘इटिकटिङ’लाई अनिवार्य गरे पनि परम्परागत रूपमा नै चलचित्र टिकट प्रयोग आएकोमा बोर्डले आपत्ति जनाएको छ । विभिन्न बहानामा मेनुअल रूपमा नै टिकट बिक्री हुने थालेपछि बोर्डले नयाँ निर्देशन जारी गरेको छ ।
बोर्डले इटिकटिङ प्रणालीमा गइसकेका चलचित्र हलमा परम्परागत रूपमा टिकट बिक्री बन्द गर्न निर्देशन दिएको हो । सोमबार सूचना जारी गर्दै मेनुअल रूपमा टिकट बिक्री गर्ने र विभिन्न बहानामा ‘रियल टाइम कलेक्सन डाटा’ नदिएको गुनासो प्राप्त भएको जनाउँदै बोर्ड कडा रूपमा उत्रिएको हो ।
सोमबार सार्वजनिक सूचनामा भने बोर्डले केही हलले विभिन्न बहाना बनाएर रियल टाइम डाटा सर्भरमा नपठाएको जनाउँदै नियम उल्लङ्घन गर्ने चलचित्र हललाई कारवाहीको चेतावनी दिएको हो । साथै, निर्माता र वितरकले फिल्म प्रदर्शनको पाँच दिन अघि बक्स अफिसमा आवद्ध हुन प्रकिया अपनाउनुपर्ने जानकारी समेत दिएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: