Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

यसकारण पहिल्यै भिषा लागेको नेपाली जान पाएनन् मलेशिया

काठमाडौं। मलेशियासँग नयाँ श्रम सम्झौता भएको २० दिन पुगिसक्दा पनि पहिल्यै भिसा लागेर त्यहाँ जाने पर्खाइमा रहेका कामदार समेत मलेशिया जान नपाएको व्यवसायीले बताएका छन्। मलेशियामा कामदार पठाउने प्रक्रिया विगत पाँच महिनादेखि रोकिएको छ। अधिकारीहरूले सम्झौताको प्रक्रियागत कार्यान्वयन विधि तयार पार्न गठन गरिएको समूहले केही दिनमा काम सक्ने र लगत्तै कामदारका लागि मलेशिया खुल्ला गरिने बताएका छन्। वैदेशिक रोजगारीका लागि मलेशिया जाने कामदारहरू ठगिएको र उनीहरूले उचित सेवा सुविधा नपाएको भन्दै सरकारले मलेशियामा कामदार पठाउन जेठको पहिलो हप्ता रोक लगाएको थियो। सम्झौता त्यसयता दुई देशका सरकारबीच भएका कैयौँ छलफलपछि कार्तिक १२ गते नयाँ श्रम सम्झौता भएको थियो। तर सम्झौता भएको २० दिन कटिसक्दा पनि कामदार पठाउने बाटो खुलेको छैन। सम्झौताअघि नै भिसा लागेर मलेशिया जाने पर्खाइमा रहेकालाई पठाउने प्रक्रिया शुरू गरिनुपर्ने वैदेशिक रोजगार व्यवासायी महासंघका अध्यक्ष रोहन गुरुङ बताउँछन्। भिसा आइसकेको छ, यसलाई शुरू गरिदिऊँ, बाँकी मिलाउँदै जाऊँला। आइसकेको मागपत्रलाई फेरि पठाउनुपर्ने लगायत कार्यविधिमा उल्लेख गरिएका विषय त मान्दैनौँ भन्नु भएन। त्यस्ता कामदारको सङ्ख्या झण्डै १२ हजार रहेको बताइएको छ। सम्झौता कार्यान्वयनको विधि तयार गर्न समूह गठन भएको छ। गृहकार्य त्यसले काम सकेपछि मात्रै कामदारका लागि मलेशिया खुल्ला गरिने सरकारी भनाइ छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले भने \'उहाँहरूले सिफारिश गरेपछि मन्त्रालयले कुनै ढिलाइ गर्ने छैन। केही प्राविधिक समस्या दुवै समूहमा हुनसक्छन्, छिटो निर्णय गरेपछि कमजोरी हुनुभन्दा पर्याप्त गृहकार्य गरेर यसलाई अघि बढाउँछौँ।\' श्रम सम्झौता लगत्तै दुई देशका टोलीबीच मोटामोटी सहमति भएर कार्यान्वयन विधि पनि तयार भइसकेको बताइएको छ। तर मलेशिया सरकारले केही विषय त्यहाँको संसद्‌ र मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने भएकाले अड्किएको सरकारी अधिकारीहरूको भनाइ छ। कार्यविधि तयार भइसकेपछि पनि केही प्रक्रियामा समय लाग्ने भएकोले वैदेशिक रोजगारीमा मलेशिया जान अझै करिब एक महिना लाग्ने उनीहरूको भनाइ छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending