धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति बढेको हो ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५.२० प्रतिशत बजेट खर्च भएकोमा असार १९ सम्म झन्डै १० प्रतिशतले बजेट खर्च प्रगति भएको छ । असार महिनाको १९ दिनमा मात्रै प्रदेश लेखा नियन्त्रकको कार्यालयले तीन अर्ब २० करोड ७२ लाख रुपियाँ बजेट निकासा दिएको छ ।
जेठ मसान्तसम्म पुँजीगत पाँच अर्ब ५५ करोड ५० लाख (२८ प्रतिशत) र चालु ६ अर्ब २२ करोड ११ लाख (४५.७२ प्रतिशत) गरी जम्मा ११ अर्ब ७७ करोड ६१ लाख रुपियाँ बजेट खर्च भएको थियो ।
असारको १९ गतेसम्म १४ अर्ब ९८ करोड ३३ लाख रुपियाँ बजेट खर्च भइ खर्च प्रतिशत ४४.८१ प्रतिशत पुगेको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख वासुदेव जोशीले जानकारी दिए। उनले असार २० गतेदेखि २५ गतेसम्म अझ बढी बजेट निकासा हुने गरेको उल्लेख गरे।
“असार महिनामा बजेट निकासा अलि बढी नै हुने गर्दछ”, जोशीले भने, “तर, असार २० गतेदेखि खाता सञ्चालन रहेको दिन २५ गतेसम्म अत्यधिक निकासा हुन्छ ।”
असार १९ गतेसम्म प्रदेशका पुँजीगत बजेट सात अर्ब ४६ करोड ८९ लाख रुपियाँ (३७.६७ प्रतिशत) र चालु बजेट सात अर्ब ५१ करोड ४३ लाख रुपियाँ ९५५.२६ प्रतिशत० खर्च भएको जनाइएको छ । अब चालु खर्चभन्दा पनि पुँजीगत खर्च अझ बढ्ने जोशीले उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १५:५६
बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...
श्रावण ३ गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...
श्रावण ३ गते, २०८३ - १५:२६
राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...
श्रावण ३ गते, २०८३ - १५:०३
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बत...
श्रावण ३ गते, २०८३ - १४:४०
काठमाडौं । आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकको ब्राउजर संस्करणमा अस्थायी प्राविधिक समस्या देखिएको छ। समस्या आएपछि धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक ख...
श्रावण ३ गते, २०८३ - १३:४१
जुम्ला । जुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधी फार्मेसी सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा धेरैजसो ज्येष्ठ नागरिक...
श्रावण ३ गते, २०८३ - १२:४३
खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्ध...
श्रावण ३ गते, २०८३ - १२:१४
काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी शक्तिहरूसँग ‘अपव...
श्रावण ३ गते, २०८३ - १०:२१
चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । नारायण...
श्रावण ३ गते, २०८३ - १०:०७
भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाह...



प्रतिकृया लेख्नुहोस्: