Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

नेकपा सचिवालयबाट प्रदेश कमिटीलाई वैधानिकता

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूको नामावली अनुमोदन गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सातवटै प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूको नामावली अनुमोदन गरेको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - ‘प्रदेश कमिटीलाई पूर्णता दिने सन्दर्भमा दुई सदस्यीय कार्यदलले पेस गरेको प्रस्तावलाई सुझाब दिँदै पारित गरिएको छ,’ वरिष्ठ नेता झलनाथ खनालले नयाँ पत्रिकासँग भने । प्रदेश कमिटीमा तत्कालीन एमालेबाट प्रदेश कमिटीका पूर्वसदस्यहरू, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरू, जिल्ला कमिटीका अध्यक्ष र अञ्चल कमिटीका सदस्यहरूलाई राखिएको छ । त्यस्तै, तत्कालीन माओवादीबाट वरिष्ठतालाई आधार मानेर तत्कालीन पोलिटब्युरो र केन्द्रीय सदस्यहरूको नाम राखिएको छ । केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्यहरू भने सम्बन्धित प्रदेशमा पदेन सदस्य रहनेछन् । पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्य विभाजन, जनसंगठनहरूको एकीकरणलगायत एजेन्डा सचिवालयमा छलफलका लागि प्रस्तावित छ । नेपाल–खनाल र श्रेष्ठका असहमति सचिवालय बैठकले प्रदेश कमिटीको नामावली पारित गरे पनि मुख्यमन्त्रीहरूलाई प्रदेशको इन्चार्ज बनाउन नहुने भन्दै वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले असहमति राखेका छन् । ५ असोजको बैठकले प्रदेशका पदाधिकारीहरू तोक्ने निर्णय गरेको थियो । जसअनुसार गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ मा मुख्यमन्त्री शंकर पोखरेल इन्चार्ज छन् । सो निर्णयप्रति वरिष्ठ नेता नेपाल र श्रेष्ठले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । अर्का वरिष्ठ नेता खनालले नोट अफ डिसेन्ट नलेखे पनि एउटै व्यक्तिलाई पार्टी र सरकार दुवैतिर महŒवपूर्ण जिम्मेवारी दिन नहुने अडान राख्दै आएका छन् । ‘अहिलेलाई इन्चार्जहरूको सन्दर्भमा पुरानै निर्णय पारित भएको छ । तर, स्थायी समितिमा के हुन्छ, त्यो स्थायी समितिले नै गर्ने कुरा हो,’ खनालले भने, ‘तर, मुख्यमन्त्रीहरूलाई दोहोरो महत्वपूर्ण जिम्मेवारी दिइनुहुँदैन भने विचार यथावत छ ।’ राजधानीका विशेष कमिटी केन्द्र मातहत बैठकले काठमाडौंमा रहेका चार विशेष जिल्ला कमिटीलाई तत्कालका लागि केन्द्र मातहत राख्ने निर्णय गरेको छ । युवा–विद्यार्थी विशेष, मजदुर विशेष, पेसागत बुद्धिजीवी विशेष र उद्यमी–व्यवसायी विशेष जिल्ला कमिटीलाई पछि छुट्टै संयन्त्र वा कमिटी मातहत रहने गरी अहिलेलाई सीधै केन्द्रीय कमिटी मातहत राख्ने बैठकले निर्णय गरेको हो । ‘वर्गीय संगठनसँग जोडिएका पार्टीका विशेष जिल्ला कमिटीलाई हाल केन्द्रले हेर्ने निर्णय गरिएको हो,’ खनालले भने ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending