Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सप्तरीमा ३३ बालिका र ११ महिला बलात्कृत

सप्तरी। सप्तरीमा ११ महीनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित भएको घटना सार्वजनिक भएको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलित मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको प्रकाशन पूर्व राजविराजमा शुक्रबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । जसमा बालिका बलात्कारका ३३ र महिला बलात्कारका ११ तथा बालिका बलात्कार प्रयासका १३ र महिला बलात्कार प्रयासका चार घटना सार्वजनिक भएको छ । इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बालिका बलात्कारको ३२ घटनामा दुई र तीन वर्षीया समेत गरी ३३ बालिका पीडित भए । १२ देखि ६५ वर्षीय वृद्धसमेत ४३ आरोपितमध्ये १७ थुनामा र ११ विरुद्ध पक्राउ पूर्जी जारी भयो भने छ फरार छन् । बाल बिज्याइको आरोपमा दुई संरक्षकको जिम्मामा, दुई बालकको कैद सजाय स्थगन भएको छ । तीन जनाले सफाइ पाए, एक जना धरौटीमा रिहा भए भने एक मङ्सिर १ गते पक्राउ परेका छन् । महिला बलात्कारको ११ घटनामा १९ वर्षीयादेखि ७० वर्षीयासम्म पीडित बनेको घटना अभिलेख गरिएको छ । आरोपित २४ जनामा १७ वर्षीयदेखि ६५ वर्षीयसम्मका रहेका छन् । जसमध्ये १० थुनामा, सात फरार, छ जनामाथि पक्राउ पूर्जी वारेण्ट जारी भएको छ भने एकजनाले सफाइ पाएका छन् । महिला यौन दुव्र्यवहारका चार घटनामा चार महिला पीडित र पाँच आरोपित देखिएको छ । आरोपितमध्ये दुई जनामाथि पक्राउ पूर्जी, दुई जना धरौटीमा रिहा भए भने एक जनाले सफाइ पाएका छन् । बालिका यौन दुव्र्यवहारका १३ घटनामा तीन र छ वर्षका बालिकासमेत पीडित बने । आरोपित १३ वर्षीयदेखि ६५ वर्षीयसम्म १६ जना रहेका छन् । जसमध्ये तीन बालक बालसुधारगृहमा, एक संरक्षकको जिम्मामा र एक बालक थुनामा छन् । एक जनालाई कैद सजाय, पाँच थुनामा, एक जनामाथि पक्राउ पूर्जी जारी, एक जना फरार छन् भने तीन जना धरौटीमा रिहा भएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy