Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

अस्पतालमा भिडियो एक्सरे सेवा ठप्प, सेवाग्राही मर्कामा

पाल्पा। रामपुर अस्पतालमा सञ्चालन हुँदै आएको भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा भिडियो एक्सरे मेसिन छ तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ । भिडियो एक्सरे सेवाका लागि अस्पतालमा एकजना रेडियोलोजिष्ट डाक्टरको दरबन्दी छ । दरबन्दी अनुसार डाक्टर नहुँदा यहाँका नागरिकले आफ्नै गाउँ ठाउँकै अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन् । अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महङ्गो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको बिरामी गुनासो गर्छन् । दुई महीनादेखि यहाँ रहेको भिडियो एक्सरे मेसिन चालु नभएको अस्पतालका निमिक्त प्रमुख विनेश झा बताउछन् । अस्पतालमा दबरन्दी छ, तर दरबन्दी अनुसारका डाक्टर नहुँदा भएका सामान पनि प्रयोगमा ल्याउन सकिएको छैन झाले भने, “भिडियो एक्सरे मेसिन सञ्चालन गर्न दरबन्दी अनुसारको डाक्टर नहुनु अर्कोतर्फ तालीम प्राप्त डाक्टरको अभावमा सेवा दिन नसकिएको उहाँ स्वीकार गर्छन् ।” एक्सरे सेवा सुचारु गर्न सम्बन्धित निकायमा जानकारी गराए पनि अहिलेसम्म समस्याको समाधान हुन नसकेको अस्पतालले जनाएको छ । अस्पतालमा भिडियो एक्सरे सेवा नपाउँदा बिरामीले सास्ती खेप्नु परेको रामपुर नगरपलिका ५ बस्ने बुद्धिसरा दरै बताउछन् । उनी मुटुको समस्याले अस्पतालमा उपचार गराउन आएका थिए । डाक्टरले भिडियो एक्सरे गर्ने सल्लाह दिएपछि अन्यत्र क्लिनिकतिर धाउनु पर्दा निकै समस्या परेको बताए । एक्सरेकै लागि अस्पताल आएकी लीलादेवी खनाल पनि अस्तालले सेवा बन्द गरेको बताएपछि उनी फर्किए । “भिडियो एक्सरे गर्नकै लागि आएको, मेसिन बन्द छ, भनेर डाक्टरले भनेपछि उपचार नै नगरी फकिर्यो” खनालले भने । दैनिकजसो भिडियो एक्सरे गर्ने बिरामीको यहाँ खाली हुदैन । भिडियो एक्सरेकै लागि मात्र टाढाटाढाबाट पनि बिरामी अस्पतालसम्म आउने गर्छन् । तर सेवा नपाउँदा त्यसै फर्कन बाध्य भएका छन् । अस्पतालमा दरबन्दी छ, तर डाक्टर नै नभएपछि सेवा नै बन्द हुँदा बिरामी मारमा परेको स्वास्थ्य शाखा रामपुरमा संयोजक तीर्थप्रसाद ढुङ्गाना बताउछन् । यस विषयमा स्थानीय तहले तत्काल समस्याको समाधान गर्ने उपायतिर त्यति चासो देखाएको पाइदैन ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending