मंसिर ८ गते, २०७५ शनिवार 24th November, 2018 Sat१३:५६:५४ मा प्रकाशित
कञ्चनपुर।अनसनमा बसेका निर्मला पन्तका बुवाको मानसिक अवस्था समस्याग्रस्त देखिएको छ ।
रात्रीकालिन समयमा समेत अनसन सुरु भएपछि उनले मानसिक सन्तुलन गुमाएका हुन ।
निर्मला पन्तकी आमाका अनुसार, राती अनसन बस्न थालेपछि उनी आफ्नै सुरमा बोल्ने, हिँडने गर्न थालेका छन् ।
यतिमात्रै होइन, उनी लुगा समेत फुकालेर हिँडने गरेका छन् ।
अनसनस्थलबाट निस्केर जथाभावी बोल्दै सडकमा हिँडन थालेपछि पन्तकी आमाले उनको उपचारका लागि अपील गरेकी छिन् ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । हत्यालगत्तै भारतबाट फर्केका निर्मलाका बुवाको अवस्था सामान्य नै भएपनि अनसनमा बस्न थालेपछि उनको मानसिक स्वास्थ्यमा परिवर्तन देखिएको निर्मलाकी आमाले बताईन ।
निर्मला पन्तकी आमाले कान्छी श्रीमतीसँग बिहे गरेर भीमदत्तनगरको भासीमा घर बनाएपछि पनि एकपटक यसैगरी उनको मानसिक सन्तुलनमा समस्या देखिएको थियो ।
“पहिला घर बनाउँदा पनि यस्तै समस्या देखिएको थियो ।” निर्मला पन्तकी आमाले भनिन, “त्यतिबेला म पनि भेटन गएकी थिएँ । तर अहिले अलि बढी नै भएको छ, वहाँको उपचारका लागि सरकारले पहल गरिदिनु पर्यो ।”
दिनभरी अनसनमा बस्दा बिभिन्न व्यक्तिहरुसँग भेट हुने र राती अनसनमा बस्दा समेत सुत्न नपाइने कारणले समस्या भएको हुनसक्ने आमाको भनाई छ । त्यसैपनि गहिरो निन्द्रा नपर्ने निर्मलाका बुवा राती अनसन बस्नुपर्ने भएपछि थप मानसिक तनावमा आएको हुनसक्ने उनको भनाई छ ।
केही महिला अधिकारकर्मीहरुको दबाबमा राती पनि अनसन बस्ने कार्यक्रम तय भएको थियो ।
गोजीमा विषादी सल्फास
यसैबीच निर्मला पन्तका बुवाको बारेमा डरलाग्दो तथ्य खुलासा भएको छ । अनसनस्थलमा बस्दै आएका एकजनाले दिएको जानकारी अनुसार, निर्मला पन्तका बुवाको गोजीमा विषादीका रुपमा प्रयोग गरिने सल्फास नामक औषधीको गोली भेटिएको हो ।
सल्फासलाई किरा लाग्नबाट जोगाउन गहुँलगायतका अन्न भण्डारको बेला प्रयोग गरिन्छ । यो घातक विषादी हो । चिकित्सकको प्रेस्किप्सन बिना यो किन्न पाईंदैन ।
मनसिकरुपमा सन्तुलित नभएका उनले कहाँबाट सल्फास ल्याए भन्ने कुरा खुल्न सकेको छैन ।
“उनी आफै सल्फास किनेर ल्याउन सक्दैनन ।” श्रोतले भन्यो, “सल्फास जसले पायो त्यसले किन्न पनि सक्दैन । तर उनको गोजीमा भेटिएपछि यसले डरलाग्दो संकेत गरेको छ ।”
आखिर कसले राख्यो त गोजीमा सल्फास ? यो प्रश्न अहिले चौतर्फी उठेको छ ।
सल्फास राख्ने व्यक्तिले लुकाएर चुपचाप राखिएको हुनसक्ने अनुमान श्रोतको छ । “यदि भनेर दिएको भए उनले खाइसक्थे होलान तर यो नजानिदो तरिकाले राखिएको देखिन्छ ।” श्रोतको भनाई छ ।
निर्मला पन्तको हत्या भएको तीन महिना बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन ।
स्थानीय प्रसासनले अनसनको विषयलाई सामान्यरुपमा लिएको र अनसनको क्रममा समेत दुर्घटना हुनसक्ने सम्भावना नजरअन्दाज गरिएको आरोप श्रोतको छ ।
भोली अनसनकै क्रममा केही भइदियो भने यसले झन ठूलो समस्या निम्त्याउनेतर्फ प्रसासन चनाखो हुनुपर्ने उनले बताए ।
यसैबीच नेकपाका प्रदेश नेताहरुले निर्मलाका बुवाको उपचारका लागि पहल गर्न शीर्ष नेतृत्वसमक्ष छलफल गरेको जनाएका छन् ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: