मंसिर ९ गते, २०७५ आइतवार 25th November, 2018 Sun१४:१०:४९ मा प्रकाशित
कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारमा तनाव देखिएको छ । पछिल्लो तनावको विषय राहतको पैसा रहेको श्रोतको दावी छ ।
यही तनावका कारण निर्मलाका बुवा यज्ञराज पन्त मानसिकरुपमा विमारी भएको समेत श्रोतको दावी छ ।
निर्मला यज्ञराजको जेठी श्रीमती दुर्गादेवी पन्तबाट जन्मेकी छोरी हुन । उनकी कान्छी श्रीमती भने भीमदत्तनगरकै वडा नं। २ भासीमा बस्ने गर्दछिन् ।
“यसअघि पनि निर्मलाका बुवाले मानसिकरुपमा अस्वभाविक व्यवहार गरेका थिए ।” श्रोतले भन्यो, “त्यो बेला कान्छीका लागि नयाँ घर बनेको समय थियो । अहिलेकै जस्तो बिरामी भएपछि त्यो बेला निर्मलाकी आमा समेत भेटन गएकी थिइन ।”
छिमकीहरुका अनुसार, निर्मलाकी कान्छी श्रीमतीले राहतको रकम आफूले समेत पाउनुपर्ने बताउँदै आएकी छिन् ।
शनिवारको पत्रकार सम्मेलनमा अधिकारकर्मी माया नेगीले खुलेआम नै यो कुराको पुष्टि गर्दै निर्मलाकी कान्छी आमाले आफ्नै श्रीमानको हत्या गर्न खोजेको समेत गम्भीर आरोप लगाइन ।
आफूले निर्मलाको परिवारले पाउने रकम जेठी श्रीमतीले पाउनुपर्ने बताएपछि कान्छी श्रीमती र निर्मलाका बुवाले आफूसँग दुव्र्यवहार गरेको उनको दावी थियो ।
्
निर्मला परिवारले भीमदत्त नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार, केन्द्र सरकार तथा देश, विदेशका बिभिन्न संस्थाबाट सहयोग प्राप्त गरेका छन् ।
सरकारले प्रदान गर्ने सहयोग भने उनीहरुले बुझेका छैनन् ।
पछिल्लो समयमा बेलायतबाट प्राप्त सहयोग रकम जेठी श्रीमतीले बुझेको भन्दै कान्छी श्रीमती असन्तुष्ट भएको छिमेकी बताउँछन् ।
“अचम्म लाग्ने कुरा त के छ भने श्रीमान बिरामी हुँदा समेत कान्छीलाई खासै मतलब भएको देखिएन ।” धर्नामा साथ दिँदै आएका एक स्थानीयले भने, “अझ उपचारका लागि समेत निर्मलाकै आमा जानु पर्ने अवस्था भयो । कम्तीमा उनी गइदिए यता निर्मलाको आमाले अरु व्यवहार मिलाउन पाउँथिन ।”
तर कान्छी श्रीमतीले भने श्रीमानको रकम भन्दा न्याय ठूलो भएको प्रतिक्रिया दिएको उनले बताए । “मेरो लोग्नेले शुरु गरेको अनसन हो, म कहाँ छोड्छु र ?” ती स्थानीयले भने, “उनको नियत न्याय भन्दा पनि पैसामा केन्द्रीत त होइन भन्ने प्रश्न अहिले उठेको छ ।”
यज्ञराज पन्तले एक दशक अघि जेठी श्रीमतीलाई छोडेर कान्छीसँग बिहे गरेका थिए ।
त्यसपछि उनी फर्केर पनि निर्मलाको घरमा गएनन् । छोरीहरु कसरी पढिरहेका छन्, घरखर्च कसरी चलेको छ भन्ने कुरा उनले हेरेनन् । निर्मलाकी आमाले भारतबाट नेपालतर्फ साइकलमा सामान ओसार गरेर आएको रकमले घर चलाउँदै आएकी थिइन ।
यो अवस्थामा कान्छी श्रीमतीले देखाएको व्यवहारलाई अस्वभाविक भन्दै उनको टिप्पणी शुरु भएको हो ।
शनिबारको कार्यक्रममा अधिकारकर्मी माया नेगीले आफूमाथि भएको दुव्र्यवहारको प्रतिरोध गर्दै कान्छी श्रीमती र केही अधिकारकर्मीले निर्मलाकी आमालाई अन्याय गर्न खोजेको संकेत गरेकी थिइन ।
श्रोतका अनुसार, निर्मलाकी आमाको बुझाईमा पनि यज्ञराजको मानसिक सन्तुलन बिग्रिनुमा परिवार नै जिम्मेवार छ । कान्छी श्रीमतीले दबाब नदिएको भए, पैसाको कुरा बारम्बार नगरेको भए यज्ञराजले मानसिक सन्तुलन गुमाउने थिएनन भन्ने बुझाई निर्मलाको आमाको समेत रहेको श्रोतले बतायो ।
मानसिक समस्या देखिएपछि अहिले यज्ञराजलाई राजधानी ल्याइएको छ । प्रदेश सरकारले उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने घोषणा गरेको छ ।
शनिवारको पत्रकार सम्मेलनपछि अधिकारकर्मी समेत दुई खेमामा बाँडिएका छन् । यता निर्मलाकी आमा भने एकातिर न्यायको आशा र अर्कोतर्फ लोग्नेको स्वास्थ्यको चिन्तामा पिल्सिएकी छिन् । यसैमा कान्छी श्रीमतीको व्यवहारले उनीमाथि थप पीडा थपिएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: