मंसिर १२ गते, २०७५ बुधवार 28th November, 2018 Wed१५:११:४४ मा प्रकाशित
डोल्पा। दुर्गम जिल्ला डोल्पाका स्थानीय तहका शिक्षाफाँट स्रोतव्यक्तिका भरमा चल्दै आएका छन् ।
जिल्लाका आठवटै स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारीको पदपूर्ति नभएपछि तीनजना स्रोतव्यक्तिका भरमा शिक्षाफाँट चल्दै आएका हुन् ।
त्रिपुरा सुन्दरी, ठूलीभेरी नगरापालिका, काइके, डोल्पो बुद्ध, शेफोक्सुन्डो, छार्काताङसोङ, जगदुल्ला, मुड्केचुला गाउँपालिका तीनजना स्रोतव्यक्तिको भरमा चल्दै आएका छन् ।
कर्मचारीको नाममा तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकामा एकजना प्राविधिक सहायक कार्यरत छन् । विद्यालय निरीक्षकको पदपूर्ति भने भएको छैन ।
प्रत्येक स्थानीय तहमा एक जना विद्यालय निरीक्षक र प्राविधिक सहायकको दरबन्दी अनिवार्य भए पनि अझै पदपूर्ति हुन सकेको छैन ।
जनतालाई प्रत्यक्षरुपमा सरकारको प्रत्याभूति दिलाउन गठन गरिएका स्थानीय तहमा कर्मचारी अभाव भएपछि शिक्षासम्बन्धी कामकाज गर्न निकै समस्या भएको छ ।
“सम्बन्धित फाँटवाला कर्मचारी नहुँदा शिक्षाका कामकाज गर्न समस्या हुनुका साथै एकजना स्रोतव्यक्तिले नगरको शिक्षाफाँट धान्नुपर्ने बाध्यता छ”, त्रिपुरा सुन्दरी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत नेत्रराज गिरीले भने ।
शिक्षाफाँटमा कर्मचारी अभाव हुँदा, शिक्षा योजना निर्माण, विद्यालय निरीक्षण, जिल्लास्तरीय परीक्षा सञ्चालनजस्ता थुप्रै कामकाज गर्न ठूलो समस्या भएको उनको भनाइ छ ।
स्थानीय तहमा विद्यालय निरीक्षक र प्राविधिक सहायकको पदपूर्ति नहुँदा सम्पुर्ण कामकाज एक्लै धान्नुपर्ने बाध्यता रहेको त्रिपुरा सुन्दरी नगरपालिका स्रोतव्यक्ति भीम धरलाले जानकारी दिए । एकले दुईदेखि तीनवटासम्म स्थानीय तह धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्ष बितिसक्दासमेत कर्मचारी नपठाइएपछि जिल्लाका प्रत्येक स्थानीय तहले चित्तबुझ्दो तरीकाले काम गर्न नपाएको जिल्ला प्रशासन शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
“प्रायःसबै स्थानीय तह विद्यालय निरीक्षक र प्राविधिक सहायकविहीन छन्, मुड्केचुला गाउँपालिकामा एकजना प्राविधिक सहायकबाहेक सबै स्थानीय तहमा कर्मचारी पदपूर्तिको अवस्था शून्य छ”, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सिंहराज डाँगीले भने ।
यसपटक कर्मचारी नहुँदा पुस पहिलो सातासम्म सम्पन्न गर्नुपर्ने आधारभूत तह ९१–८० र माध्यामिक तह ९९–१०० को परीक्षा सञ्चालन गर्न समस्या भएको डाँगीले बताउछन् ।
सम्बन्धित स्थानीय तहसँग सहकार्य गर्दै विद्यालयका प्रधानाध्यापकहरुको भेला राखेर जिल्लास्तरीय परीक्षा सञ्चालनको जिम्मा दिइएको समन्वय एकाइको भनाइ छ ।
कर्मचारी अभावमा विद्यालय निरीक्षकले गर्नुपर्ने परीक्षा सञ्चालनदेखि निरीक्षणसम्म स्थानीय तहमा कार्यरत खरिदारदेखि नायब सुब्बाले गर्नुपर्ने बाध्यता रहेको स्थानीय तहले जनाएका छन् ।
अधिकार सम्पन्न स्थानीय सरकारको नियमित कामकाज कर्मचारी अभावका कारण अन्योलमा पर्दै आएको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताउछन् ।
जिल्लास्तरीय परीक्षा चलाउने जिम्मेवारी स्थानीय तहकै भए पनि कर्मचारी नहुँदा यसको व्यवस्थापन गर्न समस्या भएको शाहीको भनाइ छ ।
सम्बन्धित फाँटवाला कर्मचारीको अभावमा जेनतेन चलाइएको कामकाज प्रभावकारी नहुनुका साथै दीर्घकालीन प्रतिफलसमेत नआउने सरोकारवालाको भनाइ छ ।
स्थानीय तहमा शिक्षासम्बन्धी हुने कामकाजलाई प्रभावकारी बनाउन सरकारले यथाशीघ्र कर्मचारी पठाउनुपर्ने डोल्पाका स्थानीय तहको माग छ । रासस
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: