Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

सार्वजनिक सेवामा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा सेवा लिँदा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान रहेको भन्दै तत्काल सुधारको आवश्यकता औँल्याएको छ । आयोगले सरकारी कार्यालयमा विचौलियाको बिगबिगी कायमै भएको भन्ने गुनासो सेवाग्राहीले गरेकाले सार्वजनिक सेवा प्रवाहमा सुधारको आवश्यकता देखिएको जनाएको छ । नागरिकको गुनासोलाई सम्बोधन गर्ने विषयमा सेवाप्रवाह तथा विकास निर्माण सम्बद्ध विभिन्न ३४ वटा विभागका महानिर्देशकसँग आयोगले नियमित छलफल गर्दै आएकोमा बुधबारसमेत त्यस्तो छलफल गरेको र समस्या समाधानका लागि आवश्यक निर्देशनसमेत दिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । सार्वजनिक सेवालाई जनअपेक्षाअनुरुप छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यले निरन्तर समन्वय बैठक र छलफल गरी सुधारका लागि सुझाव दिने र सुझावबमोजिम अवलम्बन गरिएका कार्यको अनुगमनसमेत गर्न आयुक्त डा गणेशराज जोशीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । सो समितिलाई आयोगले सेवाप्रवाह सुधार समन्वय समिति नाम दिएको छ । समितिमा आयोगका सचिव महेश्वर न्यौपाने, सहसचिवहरु रामेश्वर दङ्गाल, प्रदीपकुमार कोइराला तथा सदस्य सचिवमा उपसचिव लक्ष्मीदत्त कलौनी तोकिएको आयोगले जनाएको छ । सरकारी निकायमा सुधारका प्रयास गरिए पनि सेवाग्राहीले अनुभूत गर्न नसकेको, आफ्नो पहिचान नदिई सेवा लिन गएमा सरकारका उच्च अधिकृतस्तरका व्यक्तिले समेत समयमा सेवा पाउने अवस्था नरहेको, सर्वसाधारणले सास्ती खेप्नुपरेको पाइएको छ । आयुक्त डा सावित्री थापा गुरुङले सदाचार र इमान्दारीपूर्वक जनसेवामा समर्पित हुन, असहाय, निमुखा, महिला, वर्गलाई सेवामा पहुँचको लागि सुधार जरुरी रहेको बताए । अर्का आयुक्त राजनारायण पाठकले सेवा प्रवाह गर्ने कर्मचारीले समयको महत्व बुझेर सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्नुपर्ने, अनावश्यक मोबाइल र इन्टरनेटमा झुण्डिने बानीमा सुधार आउनुपर्ने तर्फ जोड दिए । उनले सेवा दिने काउन्टरमा बस्ने कर्मचारीले कार्यालय समयमा मोबाइल स्विच अफ गर्दा राम्रो हुनेसमेत सुझाए । कार्यक्रमका संयोजकसमेत रहेका डा जोशीले सेवा प्रवाहमा सरलीकरण गर्न, जनअपेक्षाअनुरुप सेवामा समसामयिक सुधार गरी प्रभावकारी ढङ्गले सेवा प्रवाह तथा विकास निर्माणका कार्य तोकिएको गुणस्तरमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । छलफलमा सहभागी सबै विभागले विभाग मातहत कार्यालयबाट प्रवाह हुने सेवालाई गुणस्तरीय, प्रभावकारी, छिटोछरितो बनाउन आगामी एक महीनाभित्र कार्यविधि र सुधारको कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएको आयोगले जानकारी दिएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending