Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

इन्धनको मूल्य वृद्धिविरूद्ध दर्शनकारी र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुँग्यास प्रहार

फ्रान्सका प्रधानमन्त्री एडवार्डो फिलिपले राजधानी प्यारिसमा पछिल्ला विरोधप्रदर्शनहरूका क्रममा प्रहरीसँग झडपमा उत्रिएका प्रदर्शनकारीहरूको निन्दा गरेका छन्। सार्वजनिक सम्पत्तिमाथि तोडफोड गर्ने र सुरक्षाकर्मीहरुसँग झडपमा उत्रिने मात्र मनसाय भएकाहरूलाई कुनै माफी नदिइने उनले बताए। प्यारिसमा इन्धनको मूल्य वृद्धिविरूद्ध तेस्रो सप्ताहन्तमा पनि सडकप्रदर्शनहरू भइरहेका छन्। विरोधप्रदर्शनहरूका क्रममा आर्क डि ट्रीओम्फजस्ता राष्ट्रिय स्मारकहरूप्रति अपमान देखाइएको कार्यले आफूलाई स्तब्ध तुल्याएको फ्रान्सेली प्रधानमन्त्री फिलिपले बताएका छन्। आर्क डि ट्रीओम्फ स्मारक स्थलमा प्रहरी तथा प्रदर्शनकारीहरूबीच सबैभन्दा ठूला झडपहरू भएका थिए। प्रहरीले चम्किलो पहेँलो रंगको ज्याकेट लगाएका आन्दोलन समूहका प्रदर्शनकारीहरूलाई रोक्न पानीका फोहोरा र अश्रुँग्यास प्रहार गरेका छन्। प्रदर्शनकारीहरूले प्रहरीतर्फ ससाना ढुंगाहरू फालेका थिए अनि प्रहरीले सुरक्षाका लागि राखेका अवरोधहरूमा पहेँलो रंग पोतेका थिए। राजधानीको मध्यभागमा अश्रुँग्यास र आगजानी गरिएका गाडीहरूबाट धुवाँ उडिरहेको देख्न सकिन्थ्यो। एकसय भन्दा धेरै प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ । यो सप्ताहान्तमा प्रदर्शन कारीहरूले गरेको आन्दोलनमा ३६ हजार मानिसहरू सहभागी भएको फ्रान्सेली अधिकारीहरूले बताएका छन्। तीन हप्ताअघि सुरु हुँदा ती प्रदर्शनहरूमा तीन लाख मानिसहरू सहभागी भएको ती अधिकारीहरू बताउँछन्। इन्धनको बढ्दो मूल्य र महँगीको विरोधमा फ्रान्समा विरोधप्रदर्शनहरू सुरु भएका हुन्। फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले यसै उनको सरकारले इन्धन करमा गरेको वृद्धि फिर्ता नगर्ने बताएका छन् । इन्धन करमा गरिएको वृद्धि विश्व तातिँदै जाने अवस्थासँग जुझ्ने फ्रान्सको भावी ऊर्जा रणनीतिको एउटा महत्त्वपूर्ण हिस्सा भएको माक्रोँले बताएका छन्। तर कर लागू हुने तरिकाहरूप्रति आफू लचिलो हुनसक्ने माक्रोँको भनाइ छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy