Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

ट्राफिकले बोलेरोको सिट हटाएपछि यात्रुसँग मनोमानी भाडा असुली

बैतडी। ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन् । सवारीसाधन सञ्चालकले नियमविपरीत जिपमा पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८० भन्दा बढी जिपका सिट झिक्न लगाएको थियो । यसअघि बोलेरो जिपले १५ जनासम्म यात्रु बोक्ने गरेकामा अहिले पाँच जना मात्र बोक्नुपर्ने बाध्यता छ । एउटा जिपमा पाँच जना मात्र बोक्न पाइने भएपछि आवतजावत गर्न निकै मुश्किल भएको दशरथचन्द नगरपालिका–४ का चन्द्रप्रकाश लोहिया बताउछनु । “गाडी कुर्दाकुर्दै दिन बित्छ,” उनले भने, “बसपार्कबाटै जिप नचढे यात्रा गर्नै सकिन्न ।” सवारीसाधान नपाएपछि घण्टौँ हिँडेरै यात्रा गर्नुपर्ने सुर्नया–३ की पवित्रा भट्ट बताउछन् । जिपले चर्को भाडा असुल्ने गरेको उनको भनाइ छ । गोकुलेश्वरदेखि गन्नासम्मको भाडा रु १०० भए पनि अहिले रु २५० सम्म लिने गरेको स्थानीयवासी गङ्गासागर जोशीको गुनासो छ । सीमित मात्रामा चल्ने जिपले यात्रु महङ्गो भाडा तिर्न बाध्य भएको जोशी बताउछन् । प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे बढी भाडा असुल्नेलाई कारवाही गरिने बताउछन् । सम्भावित दुर्घटना न्यूनिकरण गर्न थप गरिएका जिपका सिट हटाउन लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताए । पाँच सिट क्षमताको जिपमा १५ जनासम्म यात्रुसँगै सामान बोक्दा दुर्घटना धेरै हुने गरेको उनको भनाइ छ । पहिला दुर्घटना हुँदा यातायात कम्पनीले क्षतिपूर्ति दिने व्यवस्था भए पनि अहिले सरकारले यातायातमा सिन्डिकेट हटाएपछि दुर्घटनामा परेका यात्रुले क्षतिपूर्ति पाउन सकेका छैनन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy