'म्याडम मुन'सामु झुक्नुको अर्थ के हुन्छ प्रधानमन्त्री ज्यु ?
मंसिर १८ गते, २०७५ मगलवार 4th December, 2018 Tue१०:३७:५० मा प्रकाशित
युनिफिकेसन चर्चको प्रशंसा र त्यसकी प्रमुख हक जा हान (म्याडम मुन) को सम्मानमा शिर निहुर्याउँदै नेपाललगायत ५० देशका उच्च पदस्थहरूले ‘एसिया प्यासिफिक समिट’ को शनिबार उद्घाटन गरेका छन् ।
कान्तिपुर दैनिकमा मात्र होइन म्याडम मुनको सन्की बक्तब्य आदेस आशिर्वाद आदिले त्यतिखेर सबैखाले मिडिया रंगिन भएका छन ।धर्म निरपेक्ष देशका कम्युनिस्ट प्रधानमन्त्री खडग ओली म्याडम मुनको अघि पाउ परेको लाचार तस्वीर सरकारी नेकपा भित्र नै बिवादित छ । घनश्याम भुसाल र भिम रावलले खुलेर भनेका छ्न हाम्रो प्रधानमन्त्रीको यो ऎतिहासिक भुल हो ।
नेकपा खास विचार भएको पार्टी होइन । यहाँ कयौं दयाल बहादुर शाही छन जो नेताको भजन मण्डली बनाएर जिबिका चलाउछ्न । जताबाट अलि फाइदा हुन्छ त्यतैतिर लाग्नेहरुको थामी नसक्नुको हुल छ। विद्यार्थी संघ छन । झोला भरी चन्दा बोकेर घडेरी खोज्दै हिडेका शैक्षिक माफिया नै विद्यार्थी नेता छन । युवाहरूलाई बैचारिक होइन गुण्डा नाइके बनाउन सिकाइरहेछ नेकपा । दुई तिहाइ छ । जनयुद्ध लडेको अनुभव छ । झापा बिद्रोहको बिरासत छ् । आजकाल नखुको जेलमा बस्दा खाएको गन्ध आउने भैसिको मासु कति सम्झालान ओली । बिर्से होला सायद ।
ओली कमरेड अहिले म्याड्म मुनको मीठो आशिष् सम्झलान । घच्ची प्रसादको रूपमा मुनले वाइन खुवाएको सम्झलान । नेकपाभित्र यो बिषय सामान्य होला । तर यसको राष्ट्रिय अर्थ छ । राजनीतिक अर्थ छ ।
जसको जवाफ दिन उनी तयार हुनुपर्छ कि पर्दैन रु प्रश्न गम्भीर छ । नेपाल धर्म निरपेक्ष राष्ट्र हो । यो देशका प्रधानमन्त्रीलाई कुनै धर्मको ठेकदार वा प्रचारक हुने नैतिक छुट छैन । सबिधानको मर्म पनि यही हो सबै धर्मलाई राज्यले सम्मान गर्नुपर्छ । धर्म प्रती राज्यले खास पक्षधरता लिने कुरा संविधान बिपरितको अराजकता हो । प्रधानमन्त्रीज्युले सोल्टी होटेलमा इसाई गुरुमाको अघि उभिएर राज्यको नै बेइज्जत गरेका हुन । कम्युनिस्ट आदर्शलाई तिलान्जली दिएका हुन । यो मुल्य विघटन प्रक्रियाको कुरुप तस्वीर हो ।यो जनताको मतप्रती अपमान हो । स्वाभिमानी र देशभक्त प्रधानमन्त्री यस्तो गर्नै सक्दैन ।
बिश्वभरी इसाईहरु मिसनरी रूपमा अघि बढेका छन । इसाईकै कारण धेरै देशमा युद्ध बाताबरण बनेको आरोप समेत लगाउने गरिन्छ । यो आरोप पुष्टि भएका छन । यस्तो अबस्थामा नेपाल जस्तो सामरिक महत्त्व बोकेको देशको प्रधानमन्त्रीले समिट उदघाटन गर्ने पुरस्कार थाप्ने सम्मेलन आयोजना गर्दै हिड्ने कुरा सामान्य हुन सक्दैन । यो एकजना ओलीको मात्र मामिला होइन । समग्र मुलुकलाई अफ्ट्यारो पार्ने बिषय बन्न सक्छ । यसैले नेकपाको सरकारले आलेटाले जवाफ दिएर झारा टार्न पाउदैन ।
इसाई समुदाय नेपालमा दिनानुदिन बढिरहेका छन । आधिकारिक तथ्यांक नभए पनि ३५ देखि ४० लाख मानिस यो धर्ममा लागेको अनुमान गरिन्छ । एकखाले मानिसहरू यतातिर आकरशित हुनुको कारण गरिबी स जातीय छुवाछूत स क्षेत्रीय उत्पीडन स धार्मिक मुल्यमान्यता आदि कारण रहेकोे छ । हिन्दु र अन्य धर्ममा देखिएको अन्धविश्वास र रुढीबादी सोचले पनि इसाईको सङ्ख्या बढेको सत्यलाई नजरअन्दाज गर्न मिल्दैन ।
इसाई मिसनमा पैसाको खोलो बगाएको आरोप पनि छ । यो आरोप पनि आम्सिक सत्यता पनि छ। किनकी भोका मानिसका लागि अघाउन्जेल खान पाउनु निकै ठुलो कुरा हो ।नेपाल अनेकौं तबरले भोको देश हो ।
इसाई हरुसग अर्को हतियार पनि समानता ।दलित स जनजाती सअपांग बिधुवा सअसहाय आदिलाई चर्चले आर्श्रय मात्र होइन । खाना नाना र दक्षिणा पनि दिएको छ । समानता र सद्भाव सिकाएको छ । मिलेर बस्न सिकाएको छ ।
मुख्य कुरा हो ।नेपालमा हजारौं चर्च र लाखौं मानिसलाई किन इसाई मिसन मिसाइदैछ रु यो धार्मिक सवाल मात्र होइन र रहन सक्दैन । यसको भुराजनितिक र कुटनैतिक अर्थ रहन्छ । सोल्टी होटेल यत्रो मेला गरिनु र यो देशका प्रधानमन्त्री तीन रातसम्म होटलमै बसेर प्रसन्न देखिनु कारण अब सामान्य हुन सक्दैन ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: