Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

जब शर्मिलालाई बसपार्कमा पुरुषले बहिनी कति पैसा हो भनेर साधे...

ललितपुर। आफन्तलाई लिन बसपार्क पुगेकि शर्मिला कँडेललाई एक पुरुषले मोटसाइकलमा आएर सोधे ‘बहिनी जाने हो ? कति पैसा लिन्छौ ?’ उनलाई झनक्क रीस उठ्यो र ती पुरुषलाई उल्टै प्रतिप्रश्न गरे ‘‘बरु तपाईं चाहीँ भन्नुहोस् कति पैसा लिनुहुन्छ ?’’ ती पुरुष बोलेनन् र सरासर आफ्नो बाटो लागे । गाउँदेखि काठमाडौँसम्म अनि आफन्तदेखि नचिनेकासम्मको हिंसा उनले धेरै सहे । अहिले भने उनी हिंसाको प्रतिवाद गर्न थालेकी छिन् । उनले भने, “हिंसा गर्नेलाई चुप लाग्दा फेरि पनि आफैँलाई वा अरुलाई हिंसा गर्छ तर हामीले प्रतिवाद ग¥यौँ फेरि उसले हिम्मत गर्दैन ।” बाल्यकालदेखि नै हिंसा सहँदै आएका महिला खुलेर हिंसाको विरोध गर्न थालेका छन् । हिंसा सहँदा पटक/पटक दोहोरिने भए पनि हिंसाको विरुद्ध आवाज उठाउँदा हिंसा अन्त्य हुने पीडित बताउँछन् । घर परिवारमा महिलाले बोल्नु हुँदैन सबै कुरा सहनुपर्छ भनेर सिकाएकै कारण पीडा भोगेको भन्दै उनीहरुले अहिले भने हिंसाका विरुद्ध आवाज उठाउन थालेका हुन । लोकदोहोरी गायिकासमेत रहेकी कँडेलको इच्छा नहुँदा नहुँदै सात कक्षामा पढिरहँदा विवाह भयो । विवाहपछि उनले कहिले दाइजोको निहुँमा त कहिले छोरा नपाएको भन्दै पटक÷पटक हिंसा सहनुप¥यो । गर्भवती हुँदा समेत श्रीमान्ले प्रत्येक रात जबरजस्ती गर्दासमेत उनले माइतीको इज्जत राख्न भन्दै आवाज उठाउन सकिनन् । एउटी छोरीलाई जन्म दिएपछि श्रीमान् र उनको परिवारले उनलाई झुक्काएरै गर्भपतन गराउन पोखरा पु¥याए । सहमति पत्रमा हस्ताक्षर गर्दा थाहा पाएरै त्यहाँबाट भागेको दिन सम्झँदा उनीअहिले पनि भक्कानिन् । घर फर्किएपछि श्रीमान्ले उनलाई घाँसको भारीसहित भीरबाट धकेलेर लडाउन प्रयास गरे । उनले भनिन्, “लडेको ठाउँमा माइती पट्टिका आफन्तले भेटेर मात्रै बाँच्न सकेँ ।” कहिले छोरी मान्छे भएर जन्मेपछि सहनैपर्छ भनेर त कहिले विद्रोह गर्दा माइतीको इज्जत जान्छ भनेरै उनले धेरै वर्ष मौनतामा बिताइन् । सन्तानलाई नै जोगाउन नसक्ने भएपछि भने उहाँले रु एक हजार एक सयमा सीमा बेचेर घर छाडे । दोहोरी साँझमा पहिले वेयटर र पछि गायिकाका रुपमा काम गर्न थालिन्। उनले भनिन्, “हिम्मत गरेर बोलेकैले अहिले दुई छोरी पढाउन सकेकी छु ।” शर्मिला जस्तै ललितपुरकी शशीकला सुवेदीले पनि कहिले परिवारकै सदस्य त कहिले आफन्त र कहिले छिमेकीबाट हिंसा भोग्नुपरेको थियो । दिदीहरुको १३ वर्षमा बिहे भएपछि उनको पनि चाँडै बिहे गरिदिने परिवारको इच्छा थियो । उनले भने पढाइ पूरा गर्ने इच्छा राखिन् । प्रवेशिकापछि मामाघरमा बसेर पढ्दा उनीमाथि मामाकै कुदृष्टि प¥यो । विद्यालय पढाउँदा पढाउँदै उनले ट्युसन पढाउन थाले । ट्युसन पढ्ने विद्यार्थीको अभिभावकले गलत दृष्टिकले हेर्न थाले । परिवारले उनको इच्छा विपरीत सौता र छोराछोरी भएकालाई विवाह गरेर दिए । उनले सन्तानको इच्छा राखेपनि पूरा भएन । उनले भने, “श्रीमानले सन्तान नचाहेका रहेछन्, जबरर्जस्ती गर्भपतन गराए ।’’ आमा बन्ने अधिकार खोसिँदा पनि उनी बोल्न सकिनन् । सिङ्गो जिन्दगी सहेर बसे पनि अहिले उनी खुलेर हिंसाका विरुद्ध बोल्न थालेकि छिन् । आफूले जस्तै पीडा अरुले भोग्न नपरोस् भनेर पनि उहाँ हिंसाका विरुद्ध बोल्न प्रेरित गर्न थाल्नु भएको हो । उमेरमा बोल्न नसकेका कुरा कपालका रौं फुल्दै जाँदा बोल्ने हिम्मत आएको देबु पराजुली बताउछिन् । पाँच वर्षको हुँदा पोलियोबाट पीडित भएपछि उनले धेरै अवसरबाट वञ्चित हुनुप¥यो । अहिले काठमाडौँ जस्तो विकसित शहरमा त भौतिक पूर्वाधार छैन भने त्यतिबेला उहाँलाई बाबुआमाले विद्यालयसम्म बोकरै पढाएका थिए । उनले थिए, “डुँडीलाई बोकीबोकी पढाएर के चैँ गर्ने हो र रु भनेर गाउँले र आफन्तहरुले भन्दा बुबा रुएको मैले धेरैपटक देखेको छु ।” जागिरमा लिखितमा नाम निस्कँदा समेत धेरै पटक अपाङ्गता भएकै कारण उनी अन्तरवार्तामा छनोट भएनन् । उनका उमेरका सबैको विवाह हुँदा पनि अपाङ्गता भएकै कारण उनको विवाह भएन । अहिले पनि उनलाई सामाजिक सञ्जालका साथी भेट्न हुरुक्कै हुन्छन् । उनीहरु भेटेपछि भने अपाङ्गता देखेपछि आफैँ टाढा हुन थाल्छन् । उनले भनिन्, “एउटी राम्री केटी देख्नेले मलाई देख्दा कस्तो प्रतिक्रिया दिन्छन् भन्ने बुझ्नकै लागि म भेट्ने गर्छु ।” शताब्दीऔँंदेखिको महिलाको मौनताको इतिहास विस्तारै मेटिदैछ । सानैदेखि भविष्यमा ‘अरुको घरमा जानुपर्छ’ भन्दै परिवारले महिलालाई मौन बस्न सिकाउँछ । विवाहपश्चात पनि कहिले आफ्नो त कहिले माइतीको इज्जतका लागि मौन बस्नेहरु खुलेर हिंसाविरुद्ध बोल्न थालेका हुन् ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending