Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

आखिर को हुन् मङ्ग वान्जू ? जसलाई समात्दा दुई महाशक्तिको तनाव बढ्यो

मङ्गलाई शनिवार भ्यान्कुभर विमानस्थलमा समातिएको थियो। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ फोन कम्पनी ह्वावेइकी वरिष्ठ अधिकारीको पक्राउमा कुनै राजनीतिक हस्तक्षेप नभएको बताए। उनलाई शनिवार भ्यान्कुभर विमानस्थलबाट समातिएपछि अमेरिका र चीनबीच तनाव बढेको ठानिएको छ भने विश्वका प्रमुख सेयर बजारमा पनि त्यसको प्रभाव परेको छ। आखिर को हुन् त मङ्ग वान्जू  ? मङ्ग वान्जू चीनको अग्रणी टेलिकम कम्पनी ह्वावेइकी आर्थिक मामिलासम्बन्धी प्रमुख र सोही कम्पनीका संस्थापककी छोरी हुन्। ह्वावेइ सञ्चार सामग्री र सेवा प्रदान गर्ने संसारकै सबैभन्दा ठूलो त्यस्तो कम्पनी हो। हालै मात्र उसले एप्पल कम्पनीलाई उछिनेर स्मार्टफोन उत्पादनमा सामसङपछि विश्वकै दोस्रो ठूलो कम्पनी बनेको छ। मङ्ग १ डिसेम्बरमा भ्यानकुभरबाट पक्राउ परेकी थिइन् जुन दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिनबीच जी२० सम्मेलनको अवसरमा आर्जेन्टिनामा दुईपक्षीय व्यापारबारे कुराकानी हुँदै थियो। उनीहरूले व्यापारिक तनाव कम गर्न एक उल्लेख्य सम्झौता पनि गरेका थिए। तर अब उनको पक्राउको लगत्तै चीनले आक्रोशपूर्ण प्रतिक्रिया दिएको छ। बीबीसी सम्वाददाता करिस्मा बासवानीका अनुसार क्यानाडामा मङ्ग समातिनुको सङ्केत र गम्भीरता निकै धेरै छ। ह्वावेइ चिनियाँ प्रविधि क्षेत्रको एक मुकुट नै मानिने र मङ्ग त्यसको राजकुमारी मानिने उनी बताउँछिन्। उनका अनुसार पक्राउको कारण स्पष्ट भइसकेको छैन। तर यसलाई एक जना महिला समातिएको वा एउटा कम्पनीलाई नियन्त्रण गर्न खोजिएको भन्ने अर्थमा मात्र सीमित गर्न नसकिने उनको ठम्याइ छ। अब पर्दा उघ्रिएको र विषयले नाटकीय मोड लिने उनले बताइन्। किन पक्राउ परिन् उनी ? उनको पक्राउको विस्तृत कारण खुलाइएको छैन। अमेरिकामा सुपुर्दगीको अनुरोधको आधारमा उनलाई क्यानाडाको भ्यान्कुभरबाट समातिएको बुझिएको छ। क्यानाडाका प्रधानमन्त्री ट्रुडोले उनको गिरफ्तारीमा उनको सरकारले कुनै राजनीतिक हस्तक्षेप नगरेको भन्दै उचित कानुनी निकायहरूले आफ्ना कारबाही गर्ने सन्दर्भमा सो पक्राउ गरिएको बताए। उनले क्यानाडामा स्वतन्त्र न्यायपालिका रहेको भन्दै यो प्रकरणमा राजनीतिक संलग्नता वा हस्तक्षेप नभएको भनेका थिए। जासुसीको डरले चिनियाँ कम्पनीलाई प्रतिबन्ध तर त्यहाँको कानुन अनुसार मुद्दा चलेको विषयमा आफूले यो भन्दा बढी टिप्पणी गर्न नमिल्ने उनले बताए। शुक्रवार त्यहाँको अदालतमा उनको जमानतसम्बन्धी सुनुवाई हुँदैछ। अधिकार हनन् चीनले उनको पक्राउलाई मानव अधिकारको उल्लंघन भन्दै तत्काल रिहाइको माग गरेको छ। चिनियाँ विदेशमन्त्रालयका एकजना प्रवक्ताले संवाददाताहरूसँग कुरा गर्दै कुनै कारण नखुलाई व्यक्तिको गिरफ्तारी हुनुले उसको मानव अधिकार हनन् भएको ठहर्ने बताए। चीनले क्यानाडा र अमेरिकालाई गिरफ्तारीको कारण स्पष्ट पार्न आग्रह गर्दै आफ्नो गम्भीर चासो दर्शाएको जनाएको छ। ह्वावेइ कम्पनीले मङ्गले गल्ती गरेको बारे कुनै जानकारी नभएको बताएको छ। यसअघिका विवरणहरूमा उनको पक्राउ इरानविरुद्ध अमेरिकी प्रतिबन्धको सम्भावित उल्लंघनको विषयसँग जोडिएको बताइएको थियो। तर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले पत्रकारहरूसँग उक्त विषयबारे थप बोल्न अस्वीकार गरे। बरु उनले चिनियाँ कम्पनीहरूको व्यापारिक व्यवहार तथा तिनलाई चिनियाँ सरकारले उसको समग्र कारबाहीका निम्ति कतै अस्त्रका रूपमा प्रयोग गरिरहेको छ कि भन्ने सम्भावनालाई लिएर आफूमा ठूलो चिन्ता रहेको बताए। मङ्गको पक्राउपश्चात् अमेरिका तथा चीनबीचको व्यापारिक युद्ध चर्कने चिन्ताका माझ युरोपेली सेयर बजार दुई वर्षयताकै न्यून विन्दुमा झरेको छ भने एसियाली बजारमा पनि गिरावट आएका छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending