सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा बसेको सर्वदलीय बैठकले उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेको हो।
बैठकपछि जारी प्रेस विज्ञप्तिमा नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको ‘बेटी–रोटी’ सम्बन्धमा यस निर्णयले नकारात्मक असर पार्ने निष्कर्ष निकालिएको छ। सीमावर्ती क्षेत्रका बासिन्दाको दैनिक आवतजावत, सामाजिक सम्बन्ध र स्थानीय व्यापार–व्यवसायमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले निर्णय सच्याउनुपर्नेमा जोड दिइएको छ।
दलहरूले सर्लाहीका स्थानीयले विगतदेखि भारतीय नम्बर प्लेटका सवारी साधन ३० किलोमिटर क्षेत्रभित्र सहज रूपमा सञ्चालन गर्दै आएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षाको नाममा नियोजित रूपमा सेवा अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन्।
यस्तै, बिना भन्सार सवारी सञ्चालनमा रोक लगाउने सोचप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ। विज्ञप्तिमार्फत जिल्ला प्रशासन कार्यालयलाई भारतीय नम्बर प्लेटका सवारी साधन पूर्ववत् रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ।
माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनीसमेत सर्वदलीय बैठकले दिएको छ।
उक्त विज्ञप्तिमा नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजनारायण साह, नेकपाका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, राप्रपा नेपालका जिल्ला अध्यक्ष सत्यनारायण यादव, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष गणेश कुमार यादव, जसपाका जिल्ला अध्यक्ष शम्भु यादव तथा उज्यालो नेपालका जिल्ला उपाध्यक्ष रामस्वार्थ महतोले हस्ताक्षर गरेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - ०९:५०
देशका विभिन्न क्षेत्रमा ट्रिपिङ, प्राधिकरण मर्मतमा सक्रिय
जेष्ठ ११ गते, २०८३ - ०९:२१
शपथ रोकियो, सहमति अलपत्र, गठबन्धनभित्रै अविश्वास
जेष्ठ ११ गते, २०८३ - ०९:१६
रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३–८४ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्...
जेष्ठ ११ गते, २०८३ - ०९:१५
मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व...
जेष्ठ ११ गते, २०८३ - ०८:४७
गुल्मी । गुल्मी अस्पताल मा बिहानै बिरामीको भीड लाग्छ । कोही ज्वरो लिएर आएका हुन्छन्, कोही भिडियो एक्स–रे गराउन लाइनमा बसेका हुन्छन्, कोही आकस्मिक कक्ष...
जेष्ठ ११ गते, २०८३ - ०८:४३
काठमाडौं । काठमाडौंका मासु पसलहरू बिहानै खुल्छन् । झुन्ड्याइएका खसीबाख्रा देखेर ग्राहकले मूल्य सोध्छन्, तौल गर्छन् र किनेर फर्किन्छन् । बजार चलिरहेकै ...
जेष्ठ ११ गते, २०८३ - ०८:३५
पूर्वी नेपालमा बाढीपहिरोको बितण्डा, बदलिँदो मौसमसँग जुध्न अझै तयार छैन देश
जेष्ठ ११ गते, २०८३ - ०८:३०
काठमाडाैंं । भारत मा १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । मध्यपूर्वमा चर्किएको तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यव...
जेष्ठ ११ गते, २०८३ - ०८:१७
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यसूचीअनुसार गोलभेँडा, प्याज,...
जेष्ठ ११ गते, २०८३ - ०८:१५
सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले...



प्रतिकृया लेख्नुहोस्: