Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

उर्जामनन्त्रीले जनकपुर पुगेर भने- चोरी र हुकिङमा साथ दिनुहोस् हामी वितरणमा सुधार गर्छौ

काठमाडौं।  उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले संघ,प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने बताएका छन् । नेकपा २ नम्बर प्रदेशको कसंसदिय दलले जनकपुरमा आयोजना गरेको वर्तमान अवस्थामा उर्जा र सिंचाई विकासमा तीनै तहका सरकारको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम बोल्दै उर्जामन्त्री पुनले यस्तो बताएको हो । उनले तीनैतहका सरकारहरुलाई संविधानले सार्वभौम अधिकार प्रयोग गर्नेसंवैधानिक व्यवस्था गरेको भन्दै त्यसलाई देश र जनताको हितमा उपयोग गर्नुपर्ने धारणा राखे । मन्त्री पुनले नेपाली जनताको बलिदानबाट लोकतन्त्र र संघियता प्राप्त भएको भन्दै यसलाई सस्थागत गर्न सवै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘संविधानले स्पष्ट रुपमा तीन तहको सरकार रहने व्यवस्था गरेको छ, त्यसलाई अवसरको रुपमा लिएर देश विकासमा काम गरौ ।’ मन्त्री पुनले कार्यक्रममा भने । नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले वर्तमान सरकारको प्राथमिकता सुशासन र विकास भएको दावी गरे । उनले त्यसलाई पुरा गर्न सरकार दृढतापुर्वक अघि बढेको भन्दै सहयोग गर्न सवैलाई आग्रह गरे । ‘सुशासन र विकास सरकारको प्राथमिकतामा छ । त्यसमा त्यसमा कुनै वहाना र सम्झौता हुंदैन । सम्मानिय प्रधानमन्त्रीज्युले पनि वारम्वार यो विषयलाई भनेका छन् । सुशासन र विकास हाम्रो प्राथमकितामा छ ।’ मन्त्री पुनले प्रशासनिक पुर्नसंरचनामा समय लाग्दा परिणाम नदेखिएको भन्दै अव सरकारले परिणाम दिने गरी काम गर्ने बताए । उनले संघिय सरकारले शुक्रवार मात्रै २५ वर्षे दिर्घकालिन योजना अघि सारेकोभन्दैमन्त्री पुनले दिघो विकासको लागी सरकारले दृढ संकल्प गरेको बताए । उहाले ठुला आयोजना संघले,मझौला प्रदेशले र साना आयोजना स्थानीय तहले गर्ने व्यवस्था मन्त्रालयले गरेको जानकारी समेत दिए मन्त्री पुनले तराईका केही जिल्लामा चोरी र हुकि¨को समस्या भएको भन्दै त्यसलाई रोक्न जनप्रतिनिधहरुसंग आग्रह गरे । उनले भने ‘चोरी र हुकि¨मा साथ दिनुहोस हामी वितरणमा सुधार गर्छौ ।’ मन्त्री पुनले तीन वर्षमा देशभरी विद्युतीकरण गर्ने दावी गरे । दुई वर्षभित्र दुई नम्बर प्रदेशभरी विद्युतीकरण गर्ने योजना मन्त्रालयको भएको भन्दै त्यसमा स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न उनले आग्रह गरे । मन्त्री पुनलेठुला आयोजना बनाइसकेपछि प्रदेशमा हस्तान्तरण गर्ने सरकारको तयारी रहेको बताए । चुरेको संरक्षणमा जोड दिंदै मन्त्री पुनले तटवन्ध निर्माण गर्दा जनताको सहभागिता हुनुपर्ने र गुणस्तर र पारदर्शीतामा ध्यान पुर्याउन पनि उनले आग्रह गरे । उर्जा मन्त्रालयले ३ हजार ५ मेगावाट जलविद्युत अजनताको लगानीमा संचालन गर्ने तयारी गरेको भन्दै उनले तराईमा २ सय मेगावाट सोलार परियोजना बनाउने घोषणा समेत गरे ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending