Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

नेकपामा दुर्इ अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि चुलिएपछि शीर्ष नेताद्वारा बैठक बहिष्कार

काठमाडौं । सत्तारुढ दल नेकपामा शीर्ष नेताहरूबीच असमझदारी चुलिएको छ। पार्टीको सर्वोच्च कार्यकारी निकायको बैठक वरिष्ठ चार नेताले नै शनिबार बहिष्कार गरेका छन्। दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको कार्यशैलीप्रति विमति जनाउँदै नौ सदस्यीय सचिवालयका चार जना बैठकमा सहभागी भएनन्। बहिष्कार गर्नेमा पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य वामदेव गौतम छन्। यो खबर आजको अन्नपुर्ण पोष्टमा छ- चार सदस्यले बैठक छाडेर हिंडेपछि पार्टीका दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापाको बैठक बसेको थियो। नेकपामा सचिवालयलाई सर्वाधिकार सम्पन्न बनाएको, संगठनात्मक तथा राजनीतिक निर्णय दुई अध्यक्षमा मात्र केन्द्रित गरेको र पार्टी अन्तरिम विधानअनुसार पार्टीका नियमित बैठक नबोलाएकोमा केही समयदेखि स्थायी र केन्द्रीय समिति सदस्यसमेत असन्तुष्ट थिए। यसअघि २१ केन्द्रीय सदस्यले पार्टी अध्यक्षद्वयलाई ६ बुँदे ज्ञापनपत्र पनि बुझाएका थिए। शीर्ष तहमा चुलिँदै गएको असन्तुष्टि शनिबारको बैठकमा प्रकट भएको हो। ‘झण्डै आधा घण्टा हामीले बैठकका लागि कुर्‍यौं, उहाँहरू (दुई अध्यक्ष) आउँदै आउनुभएन’, वरिष्ठ नेता झलनाथ खनालले अन्नपूर्णसाग भने, ‘त्यसपछि बैठक होइन रहेछ भन्ने ठानेर उपस्थित चार जनाले सामूहिक निर्णय गरेर बाहिरियौं।’ बैठकका लागि शनिबार सबैभन्दा पहिले वरिष्ठ नेता नेपाल बालुवाटार पुगेका थिए। दुई अध्यक्ष र महासचिव पौडेल त्यसअघि नै बालुवाटारमा थिए। नेपाल बालुवाटार पुगेपछि महासचिव पौडेलले दुई अध्यक्ष अर्को कार्यकक्षमा २ बजेदेखि नै बैठकका एजेन्डामा केन्द्रित रहेर परामर्शमा रहेको जानकारी गराएका थिए। त्यसपछि पौडेल बैठकमा प्रस्तुत गर्ने केही विषय प्रिन्ट गर्नुपर्ने भन्दै नेपाल बसेको कोठबाट बाहिरिएका थिए। त्यसपछि क्रमशः खनाल, गौतम र श्रेष्ठ बालुवाटार पुगेका थिए। उनीहरूलाई सचिवालय बैठक दिउँसो ३ बजे बस्ने जानकारी गराइएको थियो। निर्धारित समयमै बालुवाटार छिरेका उनीहरू साढे तीनसम्म अध्यक्ष र महासचिव नआएपछि र कुनै खबर समेत नपाएपछि बैठक छोडेर बाहिरिने विषयमा छलफल गरेका थिए। चारजनाबीचको छलफलपछि प्रवक्ता श्रेष्ठले समय पालनासम्बन्धी पूर्वनिर्णय पालना नभएकाले आफू बैठक छाडेर हिंडेको मेसेज दुई अध्यक्षलाई पठाएर निस्केका थिए। श्रेष्ठ हिंडेको केही समयमै अन्य तीन नेता पनि बैठक कक्षबाट बाहिरिए। ‘बैठक भनेर बोलाइयो, यहाँ आएर हामीलाई लामै समय कुराइयो। अपमान महसुस भएपछि हामी हिड्यौं,’ गौतमले सञ्चारकर्मीसँग भने। नेकपामा पार्टी एकताको लामो समयसम्म पनि तल्लो तहमा एकीकरणले पूर्णता पाउन सकेको छैन। मंसिर ७ यता निरन्तर सचिवालय बैठक बसेर संगठनात्मक कामको प्रस्ताव टुंगो लगाउने, स्थायी समिति बैठक बोलाई निर्णय लिने र सरकारको समीक्षा गर्ने कार्यसूची तय भएको थियो। १२ मंसिरयता सचिवालयकै बैठक पनि प्रभावित हँुदै आएको थियो। शुक्रबार पनि सचिवालयको बैठक भनी नेताहरूलाई बालुवाटार बोलाएर अन्तिम समयमा स्थगित गरिएको थियो। ‘सचिवालयको बैठक भनी बोलाइएको समयमै बालुवाटार पुगियो, १५/२० मिनेट कुरियो। बैठक सुरु भएन। बैठक के कारणले ढिला हुन्छ भन्ने खबर पनि आएन,’ प्रवक्ता श्रेष्ठले भने, ‘यसअगाडि समय पालना सम्बन्धमा पार्टीले निर्णय गरेको थियो। त्यसको स्मरण गराउन र पार्टीलाई पद्धतिमा सञ्चालन गर्ने कुरामा सचेत गराउन हामीले बैठक छाडेका हौं।’ नेकपा सचिवालयले साउन पहिलो साता समय पालनासम्बन्धी एजेन्डा बनाएर निर्णय गरेको थियो। अध्यक्षद्वय व्यस्त भए बैठक बस्नुअघि नै सदस्यहरूलाई अनिवार्य जानकारी दिनुपर्ने, नभए बैठकको निर्धारित समय भन्दा बढीमा १५ मिनेटभित्र बैठक सञ्चालन गर्नुपर्ने सचिवालयको निर्णय छ। शनिबार चार नेताले बैठक बहिष्कार गर्दा त्यही निर्णयलाई आधार बनाएका थिए। दुई अध्यक्ष बैठकमा निर्धारित समयभन्दा धेरै ढिलो गरेपछि समय पालनासम्बन्धी निर्णय भएको थियो। ‘यसअगाडि पनि बेलाबेला यही प्रवृत्ति देखिएपछि हामीले बारम्बार ध्यानाकर्षण गराउँदै आएका थियौं। निर्णय गरेपछि लागू गर्नुपर्छ। अझ यो निर्णय गर्नुपर्ने विषय पनि होइन,’ प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीलाई पद्धतिमा लैजानुपर्‍यो। कहिलेकाहीं ढिला हुन सक्छ। त्यसबेला खबर गर्दा एक घण्टा पनि कुर्न सकिएला। सधैं बैठक ढिलो गर्नु त भएन नि। समयको पूर्ण पालना नभएकाले अलिक कठोर बनेका हौं।’ महासचिव विष्णु पौडेलले भने नेताहरूले बैठक बहिष्कार गरेको घटनाबाट आफूहरू अचम्भित भएको प्रतिक्रिया दिए। ‘अध्यक्षद्वय पूर्वसांसद तथा क्यान्सर बिरामी नेता मणि खम्बुसँगको छलफलमा हुनुहुन्थ्यो, केही समय ढिला त्यही कारणले भएको हो। तर उहाँहरू किन हिंड्नुभयो रु हामी अचम्भित भएका छौं,’ पौडेलले भने। चार नेताले बैठक बहिष्कार गरेर हिंडेपछि बसेको अन्य पाँच नेताको सचिवालय बैठकले लामो समयपछि स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ। ‘सचिवालयले मंसिर २९ गते स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा बोलाउने निर्णय गरेको छ,’ महासचिव पौडेलले भने। नेकपा स्थायी समिति बैठक २१ असारयता बसेको छैन। कात्तिक १२ र १३ गतेका लागि बोलाइएको बैठक पाँचौ पटक स्थगित भएपछि अनिश्चित बनेको थियो। अध्यक्ष ओली प्रधानमन्त्री भएयता उनको सरकारी निवास बालुवाटारमै नेकपाका बैठक बस्ने गरेका थिए। प्रधानमन्त्री निवासमा पार्टी बैठक बोलाएकोमा पनि नेकपाको आलोचना हँुदै आएको छ। २९ कात्तिकको स्थायी समिति बैठक भने उसले पार्टी कार्यालयमा डाकेको छ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending