Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

पाख्रीन दाइको मृत्युको खबर !

\"\"हिरासतभित्रै जनवादी गायक एवम् आदरणीय दाजु खुसीराम पाख्रीनको मृत्युको खबरले निकै दुःखी तुल्यायो । उहाँको निधन प्रकाश दाहालको श्रद्धाञ्जली तथा चुनावी–सभामा गीत गाउँदा–गाउँदै हृदयघातका कारण भएको रहेछ । खुसीराम पाख्रीनको निधन एउटा अपत्यारिँदो समाचार थियो । चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जली तथा चुनावी–सभामा गाउँदा–गाउँदै असजिलो महसुस भएपछि उहाँलाई अस्पताल लगिएको रहेछ । नारायणी सामुदायिक अस्पताल भरतपुर पु¥याइएका पाख्रीनलाई चिकित्सकहरूले मृत घोषणा गरेका रहेछन् । पाख्रीनले ‘उठ जाग युवाहरू’ बोलको गीत गाएर मञ्चमा बस्नेवित्तिकै ढल्न पुग्नुभएको रहेछ । २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आउनुभएका पाख्रीन दाइले माओवादीको बहुचर्चित चुनबाङ बैठकमा प्रचण्डसहितका माओवादी नेतालाई रुवाउने गीत गाउनुभएको थियो । २०४७ सालतिर कञ्चनपुरको बेलौरी र पुनर्वास क्षेत्रमा जनवादी गीत गाएर सुदूरपश्चिममा समेत कम्युनिस्ट चेतना फैलाउन महत्वपूर्ण योगदान पु¥याउने काम पनि पाख्रीनले नै गर्नुभएको थियो । पाख्रीनले आफ्नो जीवकालमा एक सयभन्दा बढी गीतमा आफैँले स्वर दिनुभएको छ भने ५ सयभन्दा बढी गीत लेख्नुभएको छ । ‘सगरमाथाको काखमा नेपाल देश छ’ भन्ने बोलको गीतबाट जनवादी गीत लेख्न सुरु गर्नुभएका पाख्रीनले जनयुद्धको क्रममा कैयौँ गीत लेख्नुभएको थियो । ‘डाँडाकाँडा फुटालेर बाटो बनायो, के पायो नि कुल्ली दाइले ड्राइभरले ट्याक्सी गुडायो’ सहित उहाँका ‘लाल झुपडीका मान्छेहरू’, ‘न्यायपूर्ण युद्धको लहरले’, ‘रक्तक्रान्तिको बेला हो यो’ र ‘लड्दैछाँै मुक्तियुद्ध’ जस्ता दर्जनौँ चर्चित गीतहरू रहेका छन् । खुसीराम पाख्रीन नेपाली प्रगतिवादी साङ्गीतिक आन्दोलनका एक चर्चित र स्थापित संस्कृतिकर्मी हुनुहुन्थ्यो । वर्गचेतना, वर्गप्रेम र वर्गसत्रुप्रति असीम घृणाका साथ वर्गमुक्तिको लागि सशस्त्र वर्गीय युद्धको पक्षमा आफ्नो सिङ्गो जीवन समर्पित गर्नुभएका खुसीराम सरल र इमानदार मानिनुहुन्थ्यो । २००९ साल कात्तिक ९ गते बाबु सिलधर र आमा फूलसानीको कोखबाट जन्मनुभएका पाख्रीनको जीवन गरिबी, अभाव र विपन्नतामा नै बितेको थियो । २०१४ सालमा बसाइ सरेर चितवनमा बसोबास गर्न थाल्नुभएका सहिदपिता पाख्रीनका दुई छोराहरूमध्ये कान्छा छोरा अमर पाख्रीन २०६१ चैत ८ गते लमजुङको पाचोकमा सेन्ट्री बसेको बेला घेरामा परी दोहोरो भिडन्त हुँदा सहिद हुनुभएको थियो । खुसीराम पाख्रीनले २०३६ सालतिर लेख्नुभएको ‘सगमाथाको कोखमा नेपाल भन्ने देश छ । त्यही नै हाम्रो देश रे ! भोका र नाङ्गाको बास छ’ बोलको गीत पहिलो रचना थियो । भारतले सिक्किम खाएको घटनाविरुद्ध उठेको चर्को विरोध, जुल्फिकार अलि भुट्टोलाई निर्ममतापूर्वक दिएको फासि, पञ्चायती व्यवस्थाको अन्याय, अत्याचार, दमन तथा समाजमा धनी वर्गको अन्याय र थिचोमिचोले उहाँलाई जनवादी गीत लेख्न प्रेरित गरेको थियो । उहाँले चितवनमा पहिलो पटक २०३६ सालमा आमसभामा ‘हाम्री चेली बिरानो गाउँमा, नौडाँडापारि, सम्झेर आमालाई रुन्छिन् धरधरी’ बोलको गीत गाउनुभएको थियो । २०३७ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका खुसीरामले अखिल नेपाल जनसांस्कृतिक सङ्घको केन्द्रीय उपाध्यक्षको भूमिकामा रहेर पनि काम गर्नुभएको थियो । र याे पनि खान नपाएर भोकै मर्न तयार छु तर छाडा गीत गाउँदिन
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies