काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग उद्घाटन खेलमा नेपाली फुटबलमा पुरानो र चर्चित क्लब न्यूरोड टिम (एनआरटी)ले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गरेको थियो ।
चार पटकको लिग च्याम्पियन एनआरटी एक समय नेपाली फुटबलमा निकै सशक्त टोली रहेको थियो । सो टीम २०१७, २०१९, २०३५ र २०५१ सालको लिग च्याम्पियन हो । आर्थिक सङ्कटले गर्विलो इतिहास बनाएको एनआरटी झनै सङ्कटमा परेको थियो ।
विसं २०६९ सालमा एनआरटीले आर्थिक सङ्कटको कारण देखाउँदै लिग नखेल्ने निर्णय गर्यो । फलस्वरुप एन्फाले एनआटरीलाई कारवाहीस्वरुप ‘बी’ डिभिजनमा घटुवा गराएको थियो भने २०७३ मा ‘बी’ डिभिजन लिगको उपविजेता भएर पुनः ‘ए’ डिभिजनमा फर्कन सफल भएको थियो । एनआरटीले २४ वर्षयता लिग जित्न सकेको छैन । यसपटक पनि उसको लिग जित्ने ध्यान्न भन्दापनि प्रतिस्पर्धामा खरो उत्रने सोचमा छ । क्लबका प्रशिक्षक महेश्वर मुल्मी जारी लिगमा हुने खेलमा प्रतिस्पर्धी टोलीलाई बलियो चुनौती पेश गर्ने रणनीतिमा रहेको बताउनुहुन्छ ।
नयाँ र युवा प्रतिभा टोलीमा रहेपछि जारी लिगका सातौं चरणका खेल सकिँदासम्म एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–२ गोलको बराबरीमा रोकिएसँगै एनआरटी लगातार छ खेलमा हार बेहोरिसकेको छ ।
दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग २–०, तेस्रो खेलमा नवप्रवेशी च्यासल युथ क्लबसँग ५–१, चांैथो खेलमा थ्रीस्टार क्लबसँग १–० र पाँचांै खेलमा नेपाल पुलिस क्लबसँग ३–० गोल छैटौँ खेलमा एपिएफसँग २–१ र सातौँ खेलमा सङ्कटा क्लबसँग १–० ले एनआरटी पराजित भएको छ ।
सो टीमले अहिलेसम्म १७ गोल खाँदा चार गोल मात्र फर्काउन सकेको छ । प्रशिक्षक मुल्मीले यो सिजनका लागि क्लबले खासै तयारी नगरेको बताउनुहुन्छु । यसवर्ष रेलिगेशन नहुने भएर पनि पुछारका क्लब त्यति निराश छैनन् । अङ्क तालिकाको पुछारमा रहँँदा पनि ‘ए’ डिभिजनमै रहने सुविधा भएकाले क्लबहरुले तयारी र खर्चमा लोभ गरेको आरोप समेत लागेको छ ।
मछिन्द्र गोलकै खोजीमा
यता मछिन्द्र क्लबले जित त परको कुरा भयो । जारी लिगमा एक गोल समेत फर्काउन सकेको छैन । सात खेल खेल्दा तीन खेल बराबरी गरेको छ । तीनवटैमा मछिन्द्रले गोलरहित बराबरी खेल्यो । बाँकी चार खेलमा खेलमा मछिन्द्र पराजित भयो । उसले आठ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन ।
साताँै चरणको खेल सकिँदासम्म सात पटकको विजेता मनाङ शत प्रतिशत नतिजा निकाल्दै तालिकाको शीर्ष स्थानमा रहँदा थ्रीस्टार र सङ्कटाले उसलाई उपाधि होडमा पच्छ््याइरहेका छन् । मनाङ्को २१ अङ्क रहेको छ । थ्रीस्टार र सङ्कटाको समान १८ अङ्क छ । उनीहरु क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।
त्यसैगरी लिगमा अपराजित टोली त्रिभुवन आर्मीको १७ अङ्क बनाउँदै चौंथो स्थानमा छ । सातौँ चरणको खेल सकिँदा नेपाल पुलिस र हिमालयन शेर्पाले समान ११ अङ्क जोड्दै क्रमशः पाँचौं र छैठांै स्थानमा रहेको छ । च्यासल १० अङ्क जोड्दै सातौँ स्थानमा रहँदा समान अङ्कसहित एपिएफ आठौँ स्थानमा रहेको छ । छ अङ्क जोडेको सरस्वती नवौँ र पाँच अङ्क जोडेको फ्रेण्ड्स दशौँ स्थानमा छन् । चार अङ्क जोडेर जावलाखेल र ब्रिगेड ११ र १२ औँ स्थानमा रहँदा ३ अङ्क जोडेको मछिन्द्र १३ औँ र एक अङ्क जोडेको एनआरटी अन्तिम स्थानमा रहेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: