Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

जनताको मूल्यांकनमा अब्बल बन्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह

आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव

खबरडबली संवाददाता

काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई जनताप्रति थप जिम्मेवार, अनुशासित र जवाफदेही बन्न आग्रह गरेका छन्। उनले सांसदहरूको हरेक गतिविधिलाई आम नागरिकले निरन्तर मूल्यांकन गरिरहेको उल्लेख गर्दै त्यसअनुसारको व्यवहार र कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्।

संघीय संसद् सचिवालयले सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको सांसदहरू लक्षित दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले सांसदहरूले समयपालन, संसदीय मर्यादा र प्रभावकारी भूमिकामा विशेष ध्यान दिनुपर्ने बताए।

उनले सांसदहरूको मूल्यांकन पार्टी नेतृत्वले मात्र नभई जनताले पनि गरिरहेको उल्लेख गर्दै राम्रो कानुन निर्माण, सभ्य आचरण र प्रभावकारी प्रस्तुतिमार्फत जनविश्वास जित्न स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखे।

कार्यक्रम बिहान १० बजे सुरु भए पनि अपेक्षाअनुसार सांसदहरूको उपस्थिति नभएको भन्दै सभामुख अर्यालले असन्तुष्टि जनाए। उनले समयमै उपस्थित हुन र अभिमुखीकरणलाई गम्भीरतापूर्वक लिन सांसदहरूलाई आग्रह गरे।

नवनिर्वाचित सांसदहरू संसदीय प्रक्रियामा अझ अभ्यस्त हुनुपर्ने भएकाले यस्तो अभिमुखीकरण उपयोगी हुने उल्लेख गर्दै उनले प्रशिक्षणका क्रममा मोबाइलको अनावश्यक प्रयोग नगर्न, आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव दिए।

सभामुख अर्यालले दुईदिने अभिमुखीकरणबाट प्राप्त ज्ञान र अनुभव आगामी प्रतिनिधिसभा बैठकहरूमा व्यवहारमै देखिने विश्वास व्यक्त गर्दै त्यसको अनुभूति संसद् सचिवालय, सभामुख र सबैभन्दा बढी मतदाताले गर्न पाउने अपेक्षा गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएको छन्...

जनताको मूल्यांकनमा अब्बल बन्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह

आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव

कैलालीमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार दम्पती घाइते

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...

नार्कमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइयो

काठमाडौँ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) मा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अव...

नेपालगन्ज भन्सारको राजस्व संकलन १० प्रतिशतले वृद्धि

नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको ...

पोखरामा कुलत बढ्दै, हिप्पीले सिकाएको बानी चुनौतीपूर्ण

कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी ना...

यसैवर्ष स्वदेश फर्कन्छु : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना

नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिम...

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending