Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

भारतीय बन्दी सतिश अग्रवालको मृत्यु

सप्तरी। राजविराज कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको छ । नागरिकता कीर्ते प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अग्रवालको उपचारका लागि ल्याउँदा बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजले जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार अस्पतालमा ल्याउँदा अग्रवालको मृत्यु भइसकेको थियो । मधुमेह, उच्च रक्तचाप र मुटुरोगका बिरामी अग्रवाललाई अकस्मात् पेट दुखेपछि तत्कालै राजविराजस्थित अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको निमित्त जेलर सत्यनारायण यादवले जानकारी दिए । सात महीनाको अवधिमा उनलाई तीन पटक न्युरो अस्पतालमा उपचार गराएरसमेत ल्याएको जेलर यादवले बताए । शुक्रबार अपराह्न पानीपुरी खाएका अग्रवालले गस्तीका बेला आफूसँग कुराकानीसमेत गरेको जेलर यादवले उल्लेख गरे । अग्रवालकी श्रीमती मोनिका समेत कीर्ते नागरिकतामा फरार रहेकाले श्रीमान्को शव बुझ्न आएकी छैनन् । भारतको हरियाणा जिल्ला इशार नगरपालिका उगालन ग्राम पञ्चायतका अग्रवालले कर्मचारीको मिलेमतोमा ०६४ मङ्सिर २५ गते नागरिकताको प्रतिलिपि लिएको भन्दै सप्तरी प्रहरीले कारवाही चलाएको थियो । राजविराज नगरपालिका–१ घर खुलाई वंशजको आधारमा २०५२ असार १५ गते ५९४३२ नम्बरको नेपाली नागरिकता लिएको झुठा अभिलेख विवरण खडा गरी नागरिकताको प्रतिलिपि दिएको आरोपमा अग्रवालसमेत तीन जना कर्मचारीमाथि समेत मुद्दा चलिरहेको छ । नागरिकता प्रतिलिपिका लागि अनुसूची फारममा सही गरेको आरोपमा राजविराज नगरपालिकाका तत्कालीन वडासचिव राजकुमार देव, अनुसूचीको पछाडि हुँदै नभएको अभिलेखको व्यहोरा भनी लेखेको आरोपमा तत्कालीन फाँटवाला भगवान दाहाल र अभिलेख रुजु नगरी प्रतिलिपि जारी गरेको आरोपमा प्रशासकीय अधिकृत जनक कोइरालामाथि समेत कारवाही चलिरहेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy