Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

देउवाले सम्बोधन गरेपछि आजै सकिने महासमितिको बैठक

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक विभिन्न पाँच विषयका प्रतिवेदन पारित गर्दै आज समापन हुदैछ । आठ दिनसम्म चलेको बैठकको बन्द सत्रमा आज दिउँसोसम्म विधान मस्यौदा प्रतिवेदनमाथि छलफल हुने र त्यसपछि सबै प्रतिवेदन पारित भई आजै बैठक समापन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान मस्यौदामाथि बोल्ने क्रम विहानै देखि जारी छ । बैठकले विधान मस्यौदा, राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनलाई पारित गर्नेछ । विधान बाहेक अन्य प्रतिवेदनमाथिको छलफल भने सम्पन्न भइसकेको छ । अन्य चार प्रतिवेदनमाथि बैठकको सुरु मै पेश भई छलफल भएपनि विधान मस्यौदा प्रतिवदेन भने शनिबार मात्र पेश भएको हो । विधान मस्यौदामा शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका विषयमा समय मै सहमति हुन नसक्दा उक्त प्रतिवदेन पेश हुन ढिलाइ भएको थियो । शीर्ष नेताबीच लामो रस्साकस्सीपछि शुक्रबार मात्रै पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका बारेमा सहमति भएको थियो । सोही दिन उक्त प्रस्तावलाई पार्टीको केन्द्रीय कार्य समिति बैठकले सर्वसम्मतले पारित गरेको हो । काङ्ग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । महामन्त्री एवं समितिका संयोजक खड्काले केन्द्रीय समिति बैठकबाट पारित विधान मस्यौदालाई शनिबार महासमिति बैठकमा प्रस्तुत गरेका थिए। महासमिति बैठक गत मङ्सिर २९ गते नामावली दर्ता तथा स्वागत र यही पुस १ गते उद्घाटन भई सोही दिनदेखि बन्द सत्र शुरु भएको हो । पाँचै प्रतिवदेनमाथि सबै जिल्ला, निर्वाचन क्षेत्र, वर्ग, समुदाय, भूगोल समेटिने गरी करिब २५० सहभागीले आफ्ना धारणा राखिसक्नुभएको पार्टी केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुलीले बताए । चौध पदाधिकारी, १६७ सदस्यीय केन्द्रीय समिति रहने महासमिति बैठकमा छलफल भइरहेको विधान मस्यौदामा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको १६७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने प्रावधान छ । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ । त्यस्तै आठ सहमहामन्त्रीमा संविधानले व्यवस्था गरेका समावेशिताका सबै क्लष्टर समावेश गरिनेछन् । सबै समावेशीताका आधारमा सदस्यको निर्वाचनका साथै ३३ जना मनोनित हुने व्यवस्था विधान मस्यौदामा छ । काङ्ग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ । महासमितिको निर्धारित बैठक अवधिमा छलफल गर्न समय अपर्याप्त भएको भन्दै बैठक लम्बिएको छ । महासमिति बैठक पुस ४ गतेसम्म सिंहदरबार पश्चिम गेटअघिको एक पार्टी प्यालेसमा भएको थियो भने पुस ५ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको हो । महासमिति बैठकका लागि पार्टी प्यालेसमा रिजर्भ गरिएको निर्धारित समय समाप्त भएपछि बैठक स्थल पार्टी कार्यालय सारिएको थियो । ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको बैठकमा संसदीय निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् । काङ्ग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधान कार्यान्वयन गर्न काङ्ग्रेस नेतृत्वकै सरकारका पालामा गत वर्ष भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएको अवस्थामा यो महासमिति बैठक भएको छ । पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठकले पारित गर्ने प्रतिवेदनको कार्यान्वयनले पार्टीलाई नयाँ ऊर्जा दिने काङ्ग्रेसजनको अपेक्षा छ । महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्को महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ । त्यस्तै महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एकपटक हुने उल्लेख भए पनि विसं २०७२ मा सम्पन्न पार्टीको १३औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । विधानअनुसार महाधिवेशन हुने वर्षमा भने महासमितिको बैठक हँुदैन । –––
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending