Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्ति विवाद, जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकसँग स्पष्टीकरण मागियो

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित विवादास्पद नियुक्ति प्रकरणमा दुई उच्च अधिकारीसँग स्पष्टीकरण माग गरेको छ। प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। कृष्णप्रसाद पौडेललाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको हो।

मन्त्रालयले सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा बोर्ड सदस्य नियुक्ति, बैठकमा उपस्थिति तथा निर्णयसम्बन्धी कागजात मिलाउने विषयमा प्रश्न उठेपछि छानबिन अघि बढाएको जनाएको छ। विशेषगरी, ती कागजातहरू मिलाउने कार्यमा कर्मचारीकै संलग्नता रहेको भन्ने आरोप सार्वजनिक भएपछि मन्त्रालयले चासो देखाएको हो।

कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दिपेन्द्र दहालद्वारा हस्ताक्षरित पत्रमा सापकोटा र पौडेललाई उक्त प्रकरणमा आफ्नो भूमिका र संलग्नता भए–नभएको स्पष्ट पार्न तथा यस्तो अवस्था किन उत्पन्न भयो भन्नेबारे विस्तृत जवाफ दिन भनिएको छ।

यस विवादको मूल कारण निस्क्रिय भइसकेकी बोर्ड सदस्य जुनु श्रेष्ठलाई पुन: बैठकमा सहभागी गराइएको विषय रहेको छ। श्रेष्ठ हालै पदमुक्त गरिएका मन्त्री दीपक साहकी श्रीमती हुन्। मन्त्री साहमाथि पदीय मर्यादाको दुरुपयोग गर्दै लामो समयदेखि निष्क्रिय रहेको सदस्यलाई पुन: सक्रिय बनाएको आरोप लागेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रशासकीय अधिकृत र आरके कन्स्ट्रक्सन सञ्चालकविरुद्ध अख्तियारद्वारा मुद्दा, जनही २२ लाख ४४ हजार बिगो माग

काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर।के। कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्की...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। वर्षौंदेखि भाडा नतिर्ने ५६ वटा सटल...

बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्री शाह छलफलमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूसँग छलफल गरेका छन्। छलफल सिंहदरबारस्थित ...

जलेश्वरमा सांसद अमरेश सिंहविरुद्ध आफ्नै पार्टी कार्यकर्ताको गरे नाराबाजी

जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका स्थानीय कार्यकर्ताले प्...

चर्को आलोचना भएपछि गृहमन्त्री गुरुङले हटाए सम्पत्ति विवरणबारे लेखेको पोस्ट

काठमाडौं । सुधन गुरुङले सम्पत्ति विवरणसम्बन्धी सामाजिक सञ्जालमा गरेको टिप्पणी पछि हटाएका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको ...

संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरूले अर्थमन्त्रीलाई बोलाएर आगामी बजेट तथा आर्थिक नीतिबारे छलफल गर्नुप...

अधिकाशं सेवालाई नि:शुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ । धेरैजसो सेवा नि:शुल्कसँगै सेवा विस्तार गरेको सरकारी अस्पतालमा आर्थिक समस्या प...

अम्बे कोशी सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउन थाले

विराटनगर । अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन थालेका छन्। कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस...

सम्पत्ति विवादबारे गृहमन्त्री गुरुङको प्रतिक्रिया: इमान्दारीले कमाएको सम्पत्ति पाप होइन

काठमाडौं । सुधन गुरुङले सरकारमा आउनुअघि इमान्दारीपूर्वक कमाएको सम्पत्ति कुनै ‘पाप’ नभएको बताएका छन्। आइतबार बालेन्द्र शाह ९बालेन० नेतृत्वको सरकारका...

संसदीय अभ्यासबारे सभामुख अर्यालको पूर्वसभामुखहरूसँग छलफल

काठमाडौं । डोलप्रसाद अर्यालले पूर्वसभामुखहरूसँग संसदीय अभ्यासका विषयमा छलफल गरेका छन्। उनले आइतबार देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending