Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

२१ प्रतिशतले घट्यो पुड्कोपन

काठमाडौँ। बीस वर्षमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको सङ्ख्या २१ प्रतिशतले घटेको छ । सन् १९९६ मा ५७ प्रतिशत बालबालिकामा रहेको पुड्कोपन हाल ३६ प्रतिशतमा झरेको नेपाल जनस्वास्थ्य प्रतिष्ठानले शनिबार सार्वजनिक गरेको ‘नेपालमा पुड्कोपना न्यूनीकरण अध्ययन’ प्रतिवेदनमा तथ्याङ्क उल्लेख छ । पछिल्लो समय बालबालिकाको पोषण, मातृशिशु स्वास्थ्य, आमाको खानपान, खानेपानी तथा सरसफाइमा सुधार, आमा सुरक्षा कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविकाको उदाहरणीय भूमिकाले नेपालले पुड्कोपना न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताइएको छ । प्रतिष्ठानका अध्यक्ष डा महेश मास्केले विशेषगरी बालबालिकाको पोषण तथा बालस्वास्थ्यका क्षेत्रमा नेपाललले उल्लेखनीय सुधार गरेकाले पुड्कोपन घटेको बताए । बालरोग विशेषज्ञ प्रा डा रमेशकान्त अधिकारीका अनुसार सन् १९७५ मा पाँच वर्षमुनिका ७० प्रतिशत बालबालिका पुड्का थिए । उनले भने, “कुपोषण नै पुड्कोपनको प्रमुख कारकत्व हो, पोषणका क्षेत्रमा पछिल्लो समय सुधार आएको छ, तर ग्रामीण क्षेत्रका बालबालिका पुड्कोपन तुलनात्मकरुपमा घट्न सकेको छैन ।” चिकित्सकका अनुसार गर्भधारणदेखि दुई वर्षमुनिका बालबालिकामा पुड्कोपन शुरुआत हुन्छ । राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले कुपोषण अन्त्यका लागि बहुक्षेत्रीय पोषण योजनालाई विभिन्न मन्त्रालयमार्फत कार्यान्वयन भइराखेको जानकारी दिए । जनस्वास्थ्यविज्ञ डा बद्रीराज पाण्डेले ग्रामीण क्षेत्रका बालबालिकामा पुड्कोपन नियन्त्रण अझै चुनौती रहेको बताए । अध्ययनमा सहभागी राजकुमार सुवेदीले सबै प्रदेशका बालबालिकामा पुड्कोपनसम्बन्धी अध्ययन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending