Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं- मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सिएमसी दि रेभेनासँग कुनै दुविधा नरहेपनि कम्पनी प्रति विश्वास गर्ने वातावरण नरहेको बताएकि छिन् ।  खानेपानी तथा सरसफाईको क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था वास मिडिया फोरमले सोमबार राजधानीमा आयोजना गरेको ‘संघीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले ठेकेदार कम्पनीसँग सरकारले विश्वास गर्ने आधार तयार भएमात्र काम अघि बढ्ने बताइन् । उनले भनिन्, “ठेकेदार कम्पनी सिएमसीसँग काम गर्न कुनै दुविधा छैन तर उसँग काम गर्नका लागि विश्वसनीय आधार भने हुनुपर्छ । सरकारले उक्त कम्पनीसँग विश्वासको आधार खोजिरहेको छ । पुनः काम गर्ने भन्नेमा विश्वास गर्ने वातावरण नबनिसकेको भएपनि मन्त्रालयले उच्च स्तरमा समस्याको हल खोजिरहेको छ ।” सिएसी कम्पनीको अविश्वासका कारण सो आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढन नसकेको उनको भनाई छ । खानेपानी मन्त्री मगरले मुखैमा आइसकेको सो आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार निकै गम्भीर रहेको पनि उल्लेख गरिन्।  अन्तिम अवस्थामा आएर मेलम्चीको काम रोकिंदा साह्रै दुःख लागेको बताउँदै उनले मेलम्चीको पानी काठमाडौंका बासिन्दालाई बाँड्न आतुर रहेको बताइन् । उनले भनिन्, “ हामी संयमित भएर समस्याको हल गर्न खोजिरहेका छौं । मेलम्चीको काम रोकिएकोमा अरु पक्षले फाइदा नलिईयोस् भन्नका लागि सरकार निकै गम्भीर भएर लागिरहेको छ ।” कार्यक्रममा मन्त्री मगरले खानेपानीको पहुँच भन्दा बाहिर रहेका जनताका लागि मन्त्रालयले नयाँ योजनाहरु समेटेर योजना बुक तयार गरेको जानकारी दिइन् । घण्टौं घण्टासम्म पानीका लागि हिंड्नुपर्ने समस्याको हल गर्न थप योजनाहरु ल्याउन लागिएको उनको भनाई छ । उहाँले खानेपानी मन्त्रालय गठन भएपछि पहिलो पटक खानेपानीसँग सम्बन्धित कानुनहरु निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिइन् । खानेपानीको आपूर्तिसँगै ढल व्यवस्थापन गर्न समेत ढल नीति पारित भएको उहाँले कार्यक्रममा जानकारी दिइन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending