काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्यालय तथा कलेजमा विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने विषय अस्वीकार्य भएको निष्कर्ष निकालेको छ।
शनिबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। पार्टीका नेता जगन्नाथ खतिवडाका अनुसार, विद्यार्थी तथा युवा संगठनहरूलाई शैक्षिक संस्थामा प्रतिबन्ध लगाउनु लोकतान्त्रिक मूल्यविपरीत हुने ठहर गरिएको छ।
सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय समावेश गरिएको थियो। उक्त प्रस्तावप्रति विभिन्न राजनीतिक दल निकट विद्यार्थी तथा श्रमिक संगठनहरूले आपत्ति जनाउँदै आएका छन्।
नेकपाले पनि सरकारको यो कदमप्रति असहमति जनाउँदै यसले जनता तथा ट्रेड युनियनहरूको अधिकार कुण्ठित गर्ने जनाएको छ। “विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कुरा बेठिक हो। यसले जनअधिकारमाथि प्रहार गर्छ,” नेता खतिवडाले बैठकको निष्कर्ष सार्वजनिक गर्दै बताए।
पार्टीले यस्तो निर्णयको विरोधमा उभिने स्पष्ट पार्दै लोकतान्त्रिक अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: