Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

ह्वावेइ सङ्कटः चीन र अमेरिकाबीच के एउटा नयाँ शीतयुद्धको शुरूवात हो ?

विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाले व्यापारिक युद्धलाई एक कदम अगाडि बढाएका छन् र प्रविधिको क्षेत्रमा अबका दिनमा कसले अगुवाइ गर्ने भन्ने विषय पेचिलो बनेको छ जुन नयाँ शीतयुद्ध हो। केही हप्ता अघिसम्म चिनियाँ कम्पनी ह्वावेइ विश्वकै सबैभन्दा ठूलो टेलिकम नेटवर्क उपकरण कम्पनीको रूपमा स्थापित थियो। उक्त कम्पनीसँग विश्वभरिका देशलाई फाइभ जी नेटवर्क उपलब्ध गराउनका लागि सम्झौता थियो। तर वाशिङ्गटनले चीनलाई इरानमाथि लगाइएको प्रतिबन्ध तोडेको र पश्चिमा सरकारी एजेन्सीहरूले ह्याकिङ गरेकोजस्तो सङ्‌गीन आरोप लगाएपछि उक्त अनुबन्धन अमेरिका, अस्ट्रेलिया र न्युजिल्याण्ड जस्ता विश्वका केही महत्त्वपूर्ण देशले तोडेका छन्। ब्रिटेन र क्यानडाले पनि सोही बाटो अपनाउन सक्ने सम्भावना छ। र, यसले चीनको ग्लोबल टेक प्लेयरु बन्ने महत्त्वाकांक्षामाथि क्षति पुर्‍याउन सक्छ जसकारण बेइजिङ उक्त घटनाक्रमको विरोध गर्ने मनसायमा देखिन्छ। चिनियाँ उपभोक्ताहरूले समेत अमेरिकी सामानमाथि प्रतिबन्ध लगाइनुपर्ने माग राखेका छन्। उनीहरू यसको शुरूवात एप्पलको फोन र ट्याबलेटबाट होओस् भन्ने चाहन्छन् । जसबारे अमेरिकी मिडियाले समेत अमेरिकाले अघोषित रूपमा गोप्य युद्ध शुरू गरेको हो कि भन्नेबारे आश्चर्यमा परेका छन्। चीन र अमेरिका- शीतयुद्ध २.० ह्वावेइ कम्पनीको मुख्य वित्तीय अधिकारी तथा उक्त कम्पनीका संस्थापककी छोरी मङ्ग वान्जूको क्यानडामा आश्चर्यजनक गिरफ्तारीका कारण दुई देशबीचको विवाद झन् बढेको थियो। उक्त कम्पनीलाई चिनियाँ अधिकारीहरूको नजिक रहेको र इरानलाई टेलिकम उपकरण बेचेको आरोप लगाएको अमेरिकाले मङ्गको सुपुर्दगीको माग गरेको छ। दोषी पाइए उनलाई ३० वर्षसम्मको कारावास सजाय सुनाइन सक्छ। उक्त परिस्थिति जेसुकै भए पनि यसले चीनलाई आफूविरुद्धको नयाँ शीतयुद्धको थालनीको जनाउ घण्टीको रूपमा लिएको छ, ग्राहाम एलिसनले बीबीसीलाई बताए। चिनियाँ अधिकारीहरूले हालको घटनाक्रमलाई अमेरिकाले विश्वव्यापी रूपमा शुरू गरेको टकरावका रूपमा हेरेको बताउँछन् हार्वर्ड केनेडी स्कुलको बेलिस् सेन्टर फर साइन्स एन्ड इन्टरनेशनल अफेयर्सका निर्देशक एलिसन। एशियाली, युरोपेली र अमेरिकी प्रविधि टिप्पणीकारहरूले समेत अमेरिका र चीनको बीचमा हाल भइरहेको घटनाक्रमलाई नयाँ शीतयुद्धको संज्ञा दिइरहेका छन्। मङ्गले कुनै पनि किसिमको गलत काम नगरेको बताएकी छन्। तर उनको नजरबन्दले भने बेइजिङ र वाशिङ्गटनबिच भइरहेको तिक्तता उजागर गरेको छ। एलिसनका अनुसार चीनसँग हरेक क्षेत्र र महत्त्वपूर्ण मानिएका प्रविधिमा प्रतिस्पर्धा हुनेछ। आफ्नो सुरक्षा छाता अन्तर्गत रहेका मुलुकहरूलाई अमेरिकाले गम्भीरतापूर्वक दूरसञ्चार र इन्टरनेट नेटवर्कमा ह्वावेइको उपकरणलाई सुरक्षा चुनौतीसँग जोड्दै खरिद नगर्न प्रेरित गरिरहेको छ, एलिसनले थपे। बहिष्कारले ह्वावेइको व्यापारमा असर पार्न सक्नेछ इरानमाथि लगाइएको प्रतिबन्धको बेवास्ता गर्दै चीनले उसलाई दूरसञ्चारको उपकरण बेचेको र अमेरिकी प्रशासनले लगाएको ह्याकिङ गरेको जस्तो आरोप ह्वावेइको व्यवसायको लागि घातक सिद्ध हुन सक्छ। विभिन्न देशका सरकारले आफ्नो देशको दूरसञ्चार प्रणालीलाई ुुब्याक डोरबाटुु बेइजिङलाई नेटवर्कमा पस्न अनुमति दिने शङ्का गरिएको कम्पनीको हातमा छोड्ला ? सन २०१५ यता ह्वावेइ विश्वकै सबैभन्दा ठूलो दूरसञ्चार नेटवर्क उपकरण कम्पनीको रूपमा स्थापित छ। एरीक्सन, नोकिया, जेडटीई र सामसङ् जस्ता कम्पनीलाई उछिन्दै ह्वावेइउक्त स्थानमा पुगेको हो। ह्वावेइका अनुसार हालसम्म उसले फाइभ जी को २५ व्यावसायिक अनुबन्ध प्राप्त गरेको छ भने १०,००० भन्दा बढी फाईभ जी स्टेशन विभिन्न मुलुकलाई बेचेको छ। सन् २०१८ सम्ममा ह्वावेइले कम्पनीको राजस्व एक सय अर्ब डलर पुग्ने बताएको छ। तर अमेरिका भने उक्त कम्पनीको चिनियाँ सरकारी अघिकारीहरूसँगको निकटताले कम्पनीको उदय रोक्न सक्ने बताएको छ। ह्वावेइले भने सबै किसिमका दावीहरूलाई गलत भन्दै त्यस्तो कुनै ठूलो हमलाको सबुत नभएको, बताएको छ। ह्वावेइले आफ्ना ग्राहकहरूले कम्पनीप्रति अझै पनि विश्वास रहेको टिप्पणी गरेको छ। कम्पनीबारे बजारमा केही डर फैलाउने प्रयास र प्रविधि उद्योगको वृद्धिलाई राजनीतिमार्फत् हस्तक्षेप गरिए पनि हामी गर्वका साथ भन्न सक्छौँ कि हाम्रा ग्राहक हामीप्रति विश्वस्त छन्, ह्वावेइकी प्रमुख कार्यकारी केन हुले बताइन्। उक्त चिनियाँ कम्पनीले अमेरिका, अस्ट्रेलिया र न्युजिल्याण्ड जस्ता सबै प्रमुख अर्थव्यवस्थामा नेटवर्क उपकरण प्रदान गरेको छ। फाइभ आई नामक गुप्तचर सूचना आदानप्रदान गर्ने समूहमध्येको एक ब्रिटेनले पनि बेइजिङलाई ह्याकिङको आरोप लगाएको छ। ब्रिटेनको सिक्रेट इन्टेलिजेन्स् सर्भिस (एमआइ ६) का प्रमुख एलेक्स योङ्गरले हालै आफ्नो देशको दूरसञ्चार नेटवर्कमा ह्वावेइको सहभागिताबारे कुराकानी हुनुपर्ने बताएका थिए। पक्राउ, जवाफी पक्राउ र आरोपहरू विश्वका दुई ठूला अर्थतन्त्रबीच भइरहेको प्रविधि शीतयुद्ध घट्ने कुनै सङ्केत देखिँदैन। डिसेम्बर २० मा अमेरिका र ब्रिटेनले चीनलाई ठूलो चोरी गर्ने अभिप्रायसहित साइबर क्याम्पेन गरेको आरोप लगाएको थियो। हालै मात्र फेरि अमेरिकाले दुई चिनियाँ नागरिकमाथि युरोप, एशिया र अमेरिकामा ुुह्याकिङ क्याम्पेनुु सञ्चालन गरेको आरोप लगाएको थियो। उक्त आरोपको चिनियाँ विदेश मन्त्रालयले भने पूर्ण रूपमा अस्वीकार गरेको छ। ह्वावेइका प्रमुख अधिकृत केन हुका अनुसार कम्पनीमाथि प्रतिबन्ध लगाउने मुलुकहरूले आफै नोक्सानी बेहोर्नुपर्ने बताउँछन्। आधिकारिक प्रतिक्रियाभन्दा पर गएर हेर्दा आम चिनियाँमा समेत प्रभाव परेको देखिन्छ। प्राविधिक टिप्पणीकारहरूले अनलाइनमार्फत् आफ्ना निराशा पोखेका छन् भने उपभोक्ताहरूले एप्पलका सामानको प्रयोग घटाएका छन् र उक्त अमेरिकी कम्पनीका सामान पूर्ण रूपमा बहिष्कारको माग गरेका छन्। तर आम चिनीयाँहरूलाई ह्वावेइका अधिकारीको गिरफ्तारलाई किन व्यक्तिगत रूपमा लेलान्रु यसको उत्तर चिनियाँ सञ्चारमाध्यम र अनलाइन टेक फोरमु हेर्दा फेला पर्छ, ह्वावेइलाई चिनियाँको भविष्यको आशाका रूपमा हेरिएको छ। चीन पनि बलियो र शक्तिशाली हुन सक्छ भन्ने ह्वावेइले देखाउँछ, नाम उल्लेख नगरिएका एक चिनियाँ टिप्पणीकारले बताए। प्रविधि टिप्पणीकार वाक सियादोङका अनुसार अमेरिकालाई उसकै खेलमा पछारेका कारण चीनलाई रोकेर राख्न खोजिएको छ। जेडटीईको भूत चीनकै अर्को प्रविधि कम्पनी जेडटीईमाथि २०१८ मा भएको कारबाहीका कारण पनि ह्वावेइलाई आफ्नो भविष्यबारे चिन्तित हुनुपर्ने देखिन्छ। अमेरिकाको वाणिज्य विभागले उक्त कम्पनीलाई उत्तर कोरिया र इरानमाथि लगाइएको प्रतिबन्धको पालना नगरेको भन्दै कारबाही गरेको थियो जसका कारण जेडटीईको शेयर १ अर्ब अमेरिकी डलरले घटेको थियो। हाल कुनै पनि अमेरिकी कम्पनीलाई जेडटीईसँग कारोबार गर्न प्रतिबन्ध लगाइएको छ। उक्त कम्पनी अमेरिकामा डिजाइन गरिएको चीपमा निर्भर थियो। ब्रिटेनको न्यासनल साइबर सेक्युरिटी सेन्टरुले पनि उक्त कम्पनीको नेटवर्क प्रयोग गरिरहँदा राष्ट्रिय सुरक्षा चुनौतीहरू कम गर्न नसकिने बताएको थियो। विश्वका दुई ठुला शक्तिबीच उत्पन्न भएको समस्याले किन पनि महत्त्व राख्छ भने ह्वावेइमाथि लगाइएका आरोपमध्ये कुनै एक मात्र पनि सत्य सिद्ध भए यसले प्रविधिको क्षेत्रमा विश्वकै महत्त्वपूर्ण खेलाडी बन्ने चिनियाँ महत्त्वाकांक्षीमाथि पूर्णविराम लगाइदिन सक्छ।बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending