Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

सेनाद्वारा कान्द्राङ्गढीको जीर्णोद्धार

धादिङ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिले मकवानपुरका सेन राज्य संरक्षणका लागि निर्माण गरिएको दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ कान्द्राङ्गढीको नेपाली सेनाले जीर्णोद्धार गरेको छ । मकवानपुरका सेन राजाले गोरखाली फौजसँग राज्य जोगाउन बनाएको कान्द्राङ्गढी संरक्षणको अभावमा भग्नावशेष बनेको थियो । देवीदत्त गण गजुरीको ८० जनाको समूहले दुई दिन लगाएर सो गढीको मर्मत गरी जीर्णोद्धार गरेको नेपाली सेनाका सेनानी गौरव सिलवालले बताए । सेनाले ऐतिहासिक गढी, कोट संरक्षण र प्रवद्र्धन गर्न तथा एतिहासिक महत्वका यस्ता ठाउँ भावी पुस्ताका लागि सुरक्षित रख्न लागेको देवीदत्त गणका प्रमुख सेनानी सुदीप बानियाँले जानकारी दिए । सेन राज्य संरक्षण गर्न करीब दुई सयवर्ष पहिले निर्माण गरिएको गढीको भग्नावशेष मात्र फेला परेको र शिलालेख तथा अन्य ऐतिहासिक सामग्री गढीबाट केही वर्ष पहिलेदेखि हराएको गाउँवासीले बताएका छन् । पचासदेखि ६० व्यक्ति गढीभित्र बस्न मिल्ने र आफ्नो सुरक्षाको प्रबन्ध गर्नका लागि मुख्य गढी बनाइएको पाइन्छ । सँगै उत्तरपट्टी सहायक गढी भेटिएको छ । जीर्णोद्धारको क्रममा सेनाको टोलीले सहायक गढी पनि फेला पारेको थियो । पहिले गढी भएको सो क्षेत्रमा केही मानिसले मात्र खेती गरेका थिए । हाल गढीको भित्रपट्टिसमेत खेती गरेर गढी भत्काइएको अवस्था छ । सेनाले गढीसम्म जान तल चौकीदेखि गोरेटो बाटो निर्माण गरेको छ । गढीमा सूचना पाटीसमेत राखेर सफा पारिएको छ । भत्किएको पर्खाल लगाइएको छ । मुख्य गढीको पूर्वपट्टि रहेको बलि दिने मौलाको समेत सरसफाइ गरिएको छ । गढीको वरिपरि केहि सुरुङसमेत भेटिएको छ । यसको खोजी गरिएको छैन । केही सुरुङबाट तातो हावा आइरहन्छ । भग्नावशेष गढीको संरक्षण गर्न योजना बनाएर गाउँपालिकासमेत लाग्ने बेनीघाट रोराङ गाउँपालिका–२ का वडाध्यक्ष टङ्कबहादुर थापाले बताए । चेपाङ बसोबास क्षेत्रमा रहेको कान्द्राङ्गढी पुथ्वी राजमार्गको मलेखुबाट २२ किलोमिटर मलेखु–भण्डारा पर्यटकीय चेपाङ मार्गअन्तर्गत कच्ची सडक यात्रापछि पुगिन्छ । यो स्थान समुद्र सतहबाट एक हजार ४५० मिटरको उचाइमा रहेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy