Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सुकुम्बासीको समस्या समाधानका गर्न सरकार गम्भीर- मन्त्री यादव

लहान। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । नेपालमा बसोवास बस्ती संरक्षण समाजको २ नं प्रदेश अधिवेशनको आज लहानमा उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले भूमिहीन सुकुम्बासी समस्याबाट वास्तविक तथ्य पत्ता लगाएर समाधानका लागि सरकार तत्पर रहेको छ भने । प्रदेश नं २ मा सबैभन्दा बढी सुकुम्बासी र भूमिहीनताको समस्या रहेको उल्लेख गर्दै वास्तविक भूमिहीनहरुको पहिचान गरी उनीहरुको समस्या समाधानका सरकारले योजना अघि बढाइसकेको बताए । संविधानले नै भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापनका लागि सुनिश्चित गरिसकेको चर्चा गर्दै उनले भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापन नभएसम्म देशको समग्र विकास सम्भव नहुने दाबी समेत गरे । वास्तविक भूमिहीन सधैँ भूमिहीन नै भइरहने, हुकुम्बासी चाहीँ सुकुम्बासीको नाममा लुटिरहने प्रवृत्ति देखिदै आइरहेको छ, सङ्घीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले भने,“यो असाध्यै दुःखद् कुरा हो, यस्तो प्रवृत्तिको अन्त्य नभएसम्म सुकुम्बासी र भूमिहीनताको समस्या समाधान हुन सक्दैन् ।” पटकपटक सुकुम्बासी समस्या समाधानका लागि आयोग बने तर, ती आयोगबाट समेत सन्तोषजनक काम हुन नसकेकाले अब सचेत हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल बसोवास बस्ती संरक्षण समाजका महासचिव कुमार कार्कीले प्रदेश नं २ मा मात्रै करीब रु तीन लाखको हाराहारीमा भूमिहीन सुकुम्बासीहरु रहेको चर्चा गर्दै समस्या समाधानका लागि दबाब दिनुपर्नेमा जोड दिए । नेपाल बसोवास बस्ती संरक्षण समाजका नं प्रदेश २ संयोजक सुभेन्द्र दासको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेकपाका युवा नेता तथा सार्थक अभियान नेपालका अध्यक्ष भरत गौतम, सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य रेखा यादव, अधिकारकर्मी विनोदकुमार विश्वकर्मालगायतले भूमिहीन सुकुम्वासी समस्या बारे बोले ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending