काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य गणेश पराजुलीले हालको प्रदेश संरचनामा पुनर्संरचना आवश्यक रहे पनि संघीय प्रणाली समाप्त गर्ने पार्टीको धारणा नभएको बताएका छन्।
उनले प्रदेश सभाको वर्तमान स्वरूप खर्चिलो र प्रभावहीन बनेको भन्दै प्रदेशलाई चुस्त प्रशासनिक तथा समन्वयकारी संरचनाका रूपमा पुनर्संरचना गर्नुपर्ने धारणा राखे। प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र सानो मन्त्रिमण्डल रास्वपाको प्रस्ताव रहेको उनको भनाइ छ।
पराजुलीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विषयमा पार्टीभित्र कुनै मतभेद नरहेको पनि बताए। राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये कसलाई प्रत्यक्ष निर्वाचित बनाउने भन्ने विषय संविधान संशोधन र राष्ट्रिय सहमतिबाट टुंगो लाग्ने भए पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्नेमा पार्टी एकमत रहेको उनले स्पष्ट पारे।
महाधिवेशन व्यवस्थापनमा देखिएका कमजोरी स्वीकार गर्दै उनले प्राविधिक समस्याका कारण प्रक्रिया प्रभावित भएको बताए। डिजिटल मतदान प्रणालीमा डाटा व्यवस्थापन र प्रतिनिधि प्रमाणीकरणमा समस्या आउँदा महाधिवेशन लम्बिएको उनको भनाइ छ। आगामी दिनमा यस्ता कमजोरी सुधार गर्दै अझ व्यवस्थित र प्रविधिमैत्री अभ्यास गरिने उनले बताए।
पार्टी सभापतिलाई दिइएको मनोनयन अधिकारलाई लिएर उठेका प्रश्नबारे उनले विभिन्न समुदाय, वर्ग र स्वतन्त्र अभियन्तालाई समेट्ने संक्रमणकालीन व्यवस्थाका रूपमा उक्त अधिकार दिइएको बताए। अर्को महाधिवेशनसम्म पूर्ण रूपमा निर्वाचित प्रणालीमा जाने लक्ष्य रहेको उनको भनाइ छ।
सरकार सञ्चालनबारे उनले रास्वपा र प्रधानमन्त्रीबीच न्यूनतम साझा कार्यक्रमअनुसार सहकार्य भइरहेको बताए। सुशासन र सेवा प्रवाहका विषयमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीका मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमा स्वतन्त्र रूपमा काम गरिरहेको उनले बताए। भ्रष्टाचारविरुद्ध रास्वपाको अडान यथावत रहेको र कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा पार्टी दृढ रहेको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - ०८:१६
काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...
आषाढ़ १९ गते, २०८३ - ०८:१३
काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...
आषाढ़ १९ गते, २०८३ - ०८:११
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १९) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो ने...
आषाढ़ १९ गते, २०८३ - ०८:०९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य सूचीअनुसार बजारमा अधिकांश फलफूलको मूल्य स्थिर रहे पनि लिचीको मूल्य...
आषाढ़ १९ गते, २०८३ - ०८:०५
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म...
आषाढ़ १९ गते, २०८३ - ०७:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...
आषाढ़ १९ गते, २०८३ - ०७:०९
काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...
आषाढ़ १९ गते, २०८३ - ०७:०७
खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...
आषाढ़ १९ गते, २०८३ - ०७:०४
काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...
आषाढ़ १९ गते, २०८३ - ०७:०२
रुपन्देही । रुपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न ५ जनालाई प्रहरीले चोरी गरिएका गहनासहित पक...



प्रतिकृया लेख्नुहोस्: