Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

ट्रम्पद्वारा आफ्नो सेना खटाए बापत चर्को शुल्क लिने घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जालबाट आफ्ना नीति एवम् योजना घोषणा गर्ने र विवादास्पद टिप्पणी गर्ने नेताका रूपमा चिनिन्छन्। तर उनको यो बानी सामाजिक सञ्जालमा मात्रै सीमित छैन। सञ्चारमाध्यमसँग कुराकानी गर्दा होस् वा सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दा होस्, उनी अरूलाई छक्क पार्ने गरी केही न केही गरिहन्छन्। क्रिस्मसको राति आकस्मिक रूपमा इराक पुगेका उनले अबदेखि अमेरिकी सेनाबाट सुरक्षा खोज्ने राष्ट्रले त्यसको शुल्क तिर्नुपर्नेु आशयको टिप्पणी गरेर सबैलाई फेरि चकित पारिदिएका छन्। व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुनाले ट्रम्पको नीतिमा आर्थिक आयाम हुनु अस्वाभाविक नमानिएला। तर उनी अमेरिकाका राष्ट्रपति भएकाले ट्रम्पको टिप्पणीलाई व्यक्तिगत मात्रै मान्न सकिने स्थिति छैन। के अमेरिकी नीति फेरिएको हो ? ट्रम्पका कार्यशैली र पदीय प्रभावले अमेरिकाको परम्परागत परराष्ट्रनीतिमा भने केही विचलन आएको सङ्केत पाइन्छ। ट्रम्पको नेतृत्वमा बसेर काम गरेका केही वरिष्ठ अधिकारीहरूले उनीसँग मतभिन्नता भएपछि राजीनामा दिएका छन्। नेपाली कूटनीतिज्ञ जयराज आचार्य भन्छन्, \'अमेरिकी राष्ट्रपतिहरूले आफ्ना व्यक्तिगत अवधारणाहरू व्यक्त गर्दै आएको पाइन्छ। ट्रम्पले त झनै आफ्ना व्यक्तिगत विचार व्यक्त गर्दै आएका छन्। र, उनका धेरै सहयोगीले छोडेका छन्।\' तर ट्रम्पले अहिले जे भनेका छन् त्यो एउटा \'फेज\' मात्र भएको र अमेरिका अहिलेको विश्वपरिस्थितिमा सुरक्षा प्रदान गर्ने शक्तिको रूपबाट पन्छिहाल्न सक्ने स्थितिमा नरहेको उनको धारणा छ। उनी भन्छन्, \'अमेरिकाले विश्वसुरक्षामा भूमिका खेल्न छोडेको परिस्थिति कल्पना गर्न सकिँदैन।\' क्षेत्रीय शक्तिसन्तुलनका कारणले पनि विशेष गरेर दक्षिण एशिया, दक्षिणपूर्वी एशिया, पूर्वी एशिया र मध्यपूर्वमा अमेरिकाको उपस्थिति झन् बढ्ने उनको आकलन छ। इराक, अफगानिस्तान र सिरिया आदि देशमा सैन्य हस्तक्षेप गरेकाले भनेर अमेरिकाको आलोचना हुनेगर्छ। तर अहिले भने उसको नीतिमा केही परिवर्तन हुन थालेको विश्लेषण गरिएको छ। के भने ट्रम्पले इराकमा ? डोनल्ड ट्रम्पले अमेरिका सेनाले इराकमा गरेको कामप्रति आफू कृतज्ञ भएको बताए इराकमा खटिएका अमेरिकी सैनिकहरूलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले सधैँ विश्वको सुरक्षामा खटिने ुप्रहरीुका रूपमा काम गर्न नसक्ने बताए। उनका अनुसार सधैँ सबै भार अमेरिकामा पर्नु न्यायसङ्गतु हुँदैन। उनले भने, \'हामीलाई प्रयोग गर्ने र हाम्रो असाधारण सेना प्रयोग गरेर आफ्नो रक्षा गराउने राष्ट्रहरूले अबदेखि हाम्रो फाइदा नलिऊन् भन्ने हामी चाहन्छौँ। उनीहरूले त्यसका लागि केही तिरेका छैनन्, र अबदेखि उनीहरूले त्यसो गर्नेछन्।\' इराकमा खटिएका सैनिकलाई उनीहरूको सेवा, सफलता र त्यागका लागि ट्रम्पले धन्यवाद दिए। अमेरिकाले सुरक्षा प्रदान गरेबापत आर्थिक लेनदेन हुनुपर्ने कुरा ट्रम्पले पहिलो पटक गरेका हैनन्। आचार्य भन्छन्, \'पैसा तिराउने कुरा उनले पहिला पनि गरेका छन्। जापान र दक्षिण कोरियामा अमेरिकाको ठूलो सैन्य उपस्थिति छ। सित्तैमा सुरक्षा प्राप्त गरेकाले उनीहरूले व्ययभार वहन गर्नुपर्छ भनेर उनले पहिला पनि भनेका छन्।\' के उसोभए अमेरिकाले पैसा नलिई आफ्नो सेना नखटाउलारु यसको उत्तर भने स्पष्ट छैन। दुई वर्षअघि राष्ट्रपतीय निर्वाचनको अभियानमा ट्रम्पले तत्कालीन राष्ट्रपति बाराक ओबामाको परराष्ट्रनीतिको आलोचना गर्दै \'अमेरिका पहिला\' को नारा दिएका थिए। राष्ट्रपतिको पदभार ग्रहण गर्दा पनि उनले आफ्नो सम्बोधनमा अमेरिका पहिला को नारालाई अमेरिकाको औपचारिक नीतिकै रूपमा अवलम्बन गरिने सङ्केत दिएका थिए। आफ्ना समर्थकलाई प्रसन्न बनाउन उनी आफू राष्ट्रवादी भएको दाबी गरिराख्छन्। इस्लामिक स्टेट लडाकु समूह पराजित भइसकेको भन्दै गतहप्ता ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने विवादास्पद घोषणा गरेका थिए। पत्नी मेलानिया र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनसहित ट्रम्प क्रिस्मसको राति बाग्दादनजिकै रहेको अल(असद एअरबेस पुगेका थिए। तीन घण्टा त्यहाँ बिताएका ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्न ढिलो नगरिने बताए। हाल सिरियामा झन्डै पाँच हजार अमेरिकी सैनिक खटिएका छन्। के भन्छन् सहकर्मीरु ट्रम्पका निर्णय र कार्यशैली अमेरिकाको परम्परागत नीतिभन्दा पृथक् रहेको बुझाइ उनका पूर्वसहयोगीहरूको पनि छ। ट्रम्पको कार्यशैली र नीतिसँग असहमति जनाउँदै गतहप्ता राजीनामा दिएका रक्षामन्त्री जेम्स म्याटिसले सिरियाबाट सबै सैनिक फिर्ता गर्नु अमेरिकाको रणनीतिक भुल हुने चेतावनी दिएका छन्। आईएसविरुद्धको युद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका वरिष्ठ कूटनीतिज्ञ ब्रेट मिक्गर्कले पनि केही समयअघि राजीनामा दिएका थिए। ट्रम्पको निर्णयले नीति उल्ट्याएकोु र त्यसबाट गठबन्धनका साझेदारहरूलाई अलमलमा पारिदिएको एवम् लडाइँमा सहकार्य गरेकाहरूलाई किम्कर्तव्यविमूढ बनाइदिएकोु धारणा उनको रहेको विवरणहरू प्रकाशित भएका छन्। अहिलकै स्थितिमा अमेरिकाले सिरियाबाट सेना फिर्ता गरे त्यहाँ आईएस समूह फेरि सक्रिय हुन सक्ने आशङ्का राष्ट्रपति ट्रम्पको दल रिपब्लिकन पार्टीका नेता र अमेरिकासँग सहकार्य गर्दै आएका अन्य शक्तिराष्ट्रले पनि गरेका छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies