काठमाडौँ । साउथ सुपरस्टार अल्लु अर्जुनको घरमा उस्मानिया विश्वविद्यालय संयुक्त कार्य समितिको सदस्य भएको दाबी गर्ने व्यक्तिहरूको समूहले तोडफोड गरेको छ । यस घटनामा ६ जनालाई पक्राउ गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेको छ ।
उस्मानिया विश्वविद्यालयको संयुक्त कार्य समितिका सदस्यहरूले हैदरावादको जुबली हिल्समा रहेको अर्जुनको घरमा आक्रमण गरेको भिडियो पनि सार्वजनिक भएको छ।
भिडियोमा उनको घरमा ढुंगा हानेको देख्न सकिन्छ । आइतवार, उस्मानिया विश्वविद्यालयका विद्यार्थीहरूको एक समूहले अर्जुनको घर बाहिर हंगामा मच्चाए र टमाटर फ्याँकेका थिए । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको बताइएको छ ।
घटनाको समयमा अल्लु अर्जुन घरमा थिएनन् । अल्लु अर्जुनको घरमा जबरजस्ती प्रवेश गर्न खोज्दै भागदौडमा निधन भएका रेवतीको परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेका थिए भने भागदौडमा घाईते भएका र हैदरावादको एक निजी अस्पतालमा उपचार गराइरहेका ९ वर्षीया बालिका सृतेजलाई न्याय दिन पनि माग गरेका थिए ।
अल्लु अर्जुनले आइतबार एक विज्ञप्ति जारी गरेपछि घटना भएको जानकारी दिदै आफ्ना फ्यानहरूलाई कुनै पनि अपमानजनक भाषा वा व्यवहारबाट बच्न अनलाइन र अफलाइनमा संध्या थिएटर स्टम्पेड केसमा आफूमाथि लगाइएका नयाँ आरोपहरूको पोष्टमा नजोडिन आग्रह गरेका थिए ।
उनले पोस्टमा लेखेका छन्, 'म मेरा सबै फ्यानहरूलाई सधैं झैं जिम्मेवारीपूर्वक आफ्ना भावनाहरू व्यक्त गर्न र अनलाइन र अफलाइनमा कुनै पनि प्रकारको अपमानजनक भाषा वा व्यवहारको सहारा नगर्न अपील गर्दछु । आफुलाई मेरो फ्यान भनी गलत परिचय दिएर फेक आइडी र फेक प्रोफाईलबाट बदनाम गर्ने पोस्ट गर्ने विरुद्ध कडा कारबाही गरिनेछ । म फ्यानहरूलाई त्यस्ता पोष्टहरूमा संलग्न नहुन अनुरोध गर्दछु ।'
डिसेम्बर १३ मा, अल्लु अर्जुन हालै रिलिज भएको फिल्म पुष्प २: द रुलको प्रिमियरको क्रममा सन्ध्या थिएटरमा भएको दुखद भागदौडको सम्बन्धमा पक्राउ परेका थिए, जसमा रेवती नामकी एक महिलाको मृत्यु भएको थियो र घाइते भएका उनका छोरालाई आइसीयुमा उपचार भइरहेको छ । यस प्रकरणमा अल्लु अर्जुनले जेलमा एक रात बिताएपछि जमानत पाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: